prakash khadka Profile Banner
prakash khadka Profile
prakash khadka

@khadkap21

1,102
Followers
1,874
Following
903
Media
51,077
Statuses

The greatest discovery is to discover your own fault and the greatest virtue is to say openly that I was wrong.

Kathmandu, Nepal
Joined August 2014
Don't wanna be here? Send us removal request.
@khadkap21
prakash khadka
2 years
@gbudhathoki अब आएगा मजा! बालेनले ढंग नपुर्‍याउलान् काम गर्न तर जुन जुन विषयलाई छुंदैछन्, धेरैको नकाब पनि उतार्दैछन्।😍😍
1
6
63
@khadkap21
prakash khadka
2 years
@manishjhanepal काठमाडौले साहलाई, बिरगञ्जले अमात्यलाई सहर्ष स्वीकारेको देखिन्छ। यो स्वीकार्यता अझ बढेर जाओस् अनि जात विश्लेषक र जातकै आधारमा चलेको राजनीतिको र विज्ञ/अभियन्ताको दोकान/पसल बन्द होस्, शुभकामना !!
2
5
54
@khadkap21
prakash khadka
1 year
@kpdhungana गतिलो,ठूलो,अप्रत्यासित परिवर्तन पनि अराजकहरूले नै गरेका छन् है सर! अविष्कार गर्नेहरू लगभग पागलजस्तै लाग्छन्। 😁😂
2
0
48
@khadkap21
prakash khadka
3 years
वास्तवमा हामीले गणतन्त्र घोषणा मात्र गर्‍यौं। संस्थागत गर्ने क्रममा संविधान बनायौं तर बनाउने क्रममै हामीले बाटो बिरायौं र दलतन्त्र स्थापना गर्‍यौं। गणतन्त्र व्यावहारमा छैन । दलतन्त्र छ अझ यो गुटतन्त्रमा विकसित भएको छ। यो व्यक्तितन्त्रमा जाने भय छ। यसलाई यसको मर्मानुसार सुधार गरौं
1
4
46
@khadkap21
prakash khadka
25 days
@RONBupdates यही कुरा देवनागरी लिपिमा लेख्न सकिन्न? भाषाको माया गरौं, भाषा प्रयोग गरौं, भाषा बचाउन, समृद्ध बनाउन प्रयत्न गरौं।
3
0
47
@khadkap21
prakash khadka
1 year
@roshankhadka3 १२० जनालाई उताबाट न्यानो आतिथ्यता पाइयो, मीठो परिकार पाइयो, धाप पाइयो, निकैबेर हल्लिने ह्याण्डसेक पाइयो, गोप्य मन्त्रणा पाइयो। अरू लिन त अध्ययन, तयारी, नेगोसिएटिङ्ग कौशल, आत्मविश्वास, देशभित्र सहमतीय बल चाहियो जुनमा हामी निकै निम्छरा भइसकेका छौं।
1
3
46
@khadkap21
prakash khadka
1 year
@rudrarajpandey अनि कस्लाई, किन दिने भन्ने document बिना त्यत्रो पैसो उठाएर यतिका समय आफ्नो खातामा कसरी राखियो? त्यसको ब्याज कसले लियो?
3
1
45
@khadkap21
prakash khadka
5 months
@brb1954 यो ट्विट चैं मनपर्‍यो है सरको! तर तपाईंहरूको संघीय लोकतान्त्रिक गणतन्त्रमा न लोक छ, न गण। त्यहाँ स्वार्थहरूको संघ छ, एक से एक उथलपुथलवाला चमात्कारिक तान्त्रिक छन्, तन्त्र छ अनि सत्ताको मन्त्र छ। 🙏🙏
0
2
45
@khadkap21
prakash khadka
3 years
@OliKomal @kpsharmaoli विश्व चकित भयो भएन थाहा भएन तर म चाहिँ चकित भएँ किनकी- १. कुनै योगदान नै नगरी भक्तिगानकै भरमा के.स. वक्सिस पाउनुभयो। २. आम मानिसमा एउटा छाप र स्तर बनाइसकेको मान्छे यति चाँडै यति व्यक्तिपूजक संकुचित बन्नुभयो। ३. एउटै मान्छे कति चाँडै राजभक्त, राप्रपाभक्त र केपी ओलीभक्त बन्नुभयो।
0
0
42
@khadkap21
prakash khadka
1 year
@Vijaykumarko तपाईंले भन्ने गरेको वैश्ययुगमा हुने नै यही हो। जे बिक्छ, त्यही उत्पादन गर्ने हो। जे भन्दा, देखाउँदा उपभोक्ता खुशी हुन्छन्, त्यही भन्ने, देखाउने हो। स्थापित दलले राजनीति आफ्नो नैसर्गिक सम्पत्ति, अधिकार ठानेर विधि, सिद्धान्त, नीति छोडेर हिँडेपछि अरू के आओस् र?🤣🤣
0
1
42
@khadkap21
prakash khadka
5 months
@MilanPandey सचिव, सहसचिव लगायतका कर्मचारीले नेताले भनेको मान्ने हो कि कानून, विधि, स्थापित प्रणालीले भनेको मान्ने हो पान्डेजी? कर्मचारी नेताका आदेशपालक हुन् र? उनीहरूले पालना गर्ने कानून कसले बनाइदिएको हो? पञ्चायतकालीन कर्मचारीहरू कति छन् अहिले? ती कुन कालका कानूनानुसार त्यहाँ पुगेका हुन्?
1
0
42
@khadkap21
prakash khadka
1 month
@RekhaNeupane5 @kpsharmaoli हो नि! राज्नेताले धेरै पर हेर्नुहुन्छ, परको देख्नुहुन्छ। भूइँको पो देख्नुहुन्न त। अब त्यो टावरबाट चढेर दूर्बिनबाट हेर्नू भो भने त पूरै एशियाको बीस वर्षपछिको भविष्य देख्नुहोला। 😃😃
2
2
41
@khadkap21
prakash khadka
2 years
नेपाली सत्ताको कुर्सीमा वर्षौंदेखि माइलाजस्तै स्वाँठहरू बसेका छन्। सौंचौं त देशलाई कति घाटा भा होला। यो स्वाँठ माइलालाई तारबाट झारेजस्तै राजनीतिका स्वांठहरूलाई झार्न ढिलो गर्नुहुन्न। नत्र देशलाई पुग्ने घाटा क्याल्कुलेटरमा अट्दैन। आउने पुस्ताको जिन्दगी हामीलाई गाली गर्दै बित्नेछ।
4
5
39
@khadkap21
prakash khadka
11 months
@KanakManiDixit तपाईंहरूलाई घुमिफिरी धर्मकै कुरा, त्यो पनि हिन्दूको प्रतिकूल चैं किन गरिरहनुपरेको होला? त्यो २०% को डाटा कसरी ? कुनै श्रोत? नागरिकबीच सौहार्दता बढाउने कुरा गर्ने कि एउटा पक्षकालाई लखेटिरहने? यो स्वतन्त्र पत्रकारिता भयो?
0
2
37
@khadkap21
prakash khadka
3 months
@Vijaykumarko @KoiralaBhagawan दान आफैमा प्रशंसित कार्य हो। तर दाताको पवित्रता पनि आवश्यक हुन्छ यसमा। ललिता निवास, भ्याट, कर छलिमा आरोपित, राज्यका निकायमा मुद्धा चलिरहेको मीन बहादुरको यो सहयोगमाथि प्रश्न उठलान् है सर! नउठे अस्पताललाई ठूलै सहयोग हुने नै छ।
4
0
37
@khadkap21
prakash khadka
2 years
@belakoboli अनि तपाईंलाई पनि पढ्या लेख्या, कपाल फुलेको, अनुभवले खारिएको मान्छे भन्छन् । त्यस्तो मान्छेले यस्तो ट्वीट गर्छ त?
0
0
35
@khadkap21
prakash khadka
5 months
@rajancbhl यहाँ पनि बालुवाटारमा लामै समयसम्म बस्नुभो क्यारे शक्तिशाली सरकारको झन् शक्तिशाली सल्लाहकार भएर! त्यतिबेला यी निमुखाहरूको व्यवस्थापन गर्नुपर्छ भन्ने नसोचिएको हो कि नगरिएको? कोभिडको बेला खान नदिई लखेटिएकाहरू मुखा थिए कि निमुखा? अहिले देशभरबाट खाली खुट्टा हिँडेर आएका मुखा कि निमुखा?
0
1
34
@khadkap21
prakash khadka
2 years
@kishorenepal पुनर्निर्माण गर्नको लागि लोकतान्त्रिक नेताहरूले प्राधिकरण नै खडा गरेका थिए। काम गरेनछन्? राजा निरंकुश भए, अब यिनले देश र जनताको भलो गर्दैनन्। तिमी छोड, हामी देशलाई स्वीट्जरल्यान्ड, सिंगापुर बनाउंछौं भनेको होइन?
0
0
35
@khadkap21
prakash khadka
1 year
@ghimiresansar शिक्षालाई सीपसंग, सीपलाई उत्पादनसंग, उत्पादनलाई उत्पादकत्वसंग र बजारसंग, बजारलाई अर्थतन्त्रसंग जोड्ने र आफैप्रति इमान्दार, विस्वासिलो हुने काम हुन्न, तबसम्म यस्तै हो। सीप भएकाहरू कमै बेरोजगार होलान्।
1
2
34
@khadkap21
prakash khadka
3 years
@Rajanktm अरू चाहिँ होइन, तपाईंको विवेक र तर्कको स्तरमा सिन्धुपाल्चोकमा झै पहिरो गइरहेको देखिन्छ। बेलैमा रोकथाम गर्नुहोस् है! नत्र कुनै दिन बार्दलीबाट चिच्याउने हुनुहोला! जस्टिन ट्रुडो हुनु पर्‍यो, देशलाई क्यानाडाजस्तो बनाउनुपर्‍यो, जनसेवा गर्नुपर्‍यो अनि उसले भनेजस्तो निर्णय गर्न पाइएला ।
2
1
31
@khadkap21
prakash khadka
1 month
@SPORTYVISHAL Aus may not be knocked out even if Ind defeats it. Afg has to beat Bangladesh to qualify. 😃😃
1
0
33
@khadkap21
prakash khadka
1 year
@TimalsenaSachin यता बालाजु माछापोखरीतिर बिहान ७:०० बजेसम्म सडक छेउमा व्यापार गर्न दिन्छ त। साइकल ब्यापारीहरूले त्यसको उपयोग गर्नुपर्‍यो। आँखा छल्दै जतासुकै जहिलेसुकै व्यापार गर्नुभएन। व्यवस्थित व्यापार गर्नेभए सटर लिने भाडामा। अहिले त To let जतासुकै देखिन्छ। भाडादर घटेको पनि होला।
0
2
33
@khadkap21
prakash khadka
2 years
@kpdhungana श्री केपी ढुंगानाज्यू, विषय:-बढी ल्याङ्गल्याङ्ग नगर्ने बारे! विषय उठान गर्नुभयो, जानकारी भयो हामीलाई । यो विषय नि.आ.ले हेर्छ, उसले नहेरे अदालतले हेर्छ। अब भयो।अरू थुप्रै विषय छन् योभन्दा महत्त्वपूर्ण देशमा। त्यतातिर लाग्नुहोस्। एउटै विषयमा ल्याङल्याङ्ग नगर्नुहोला! उही ट्विटे!😂😂
2
1
31
@khadkap21
prakash khadka
1 year
गरीबको लागि लड्दालड्दै नेता धनी हुने, अधिकारको लागि लड्दालड्दै अधिकारवादी धनी हुने, शरणार्थीको लागि लड्दालड्दै त्यसका अगुवा धनी हुने, सुशासनको लागि लड्दालड्दै त्यसका अगुवा धनी हुने, भ्रष्टाचारकोविरुद्ध लड्दालड्दै त्यसका अगुवा धनी हुने, गज्जबको व्यवसाय बनेको छ नेपालमा!
3
5
31
@khadkap21
prakash khadka
5 months
अब हिजोसम्म यो "सरकार पूर्णत असफल छ" भन्नेहरू ३६० डिग्री घुमेर "सरकार सफल छ, सम्माननीय प्रधानमन्त्री गम्भीर हुनुन्च" भन्न थाल्ने र अर्को पक्षले vice versa भन्न थाल्नेभए। टीएलभरि पुराना र नयाँ स्टाटस राख्दै "घरसे निकलते हि" "कुछ देर चलते हि" वाला बाढी! 😂😂😂
2
2
31
@khadkap21
prakash khadka
1 year
@NirmalPrasai5 किन विद्यासुन्दरले केही लिन्थेनन् र? अहिले त गाउंका वडाअध्यक्षले पनि लिन्छन् हौ सर! तपाईं भए के गर्नुहुन्थ्यो? अवैतनिक सेवा?? कि व्यवस्था फाल्नुपर्‍यो, कि कानून नै बनाएर केही नपाउने भन्नुपर्‍यो नत्र सुविधामा किन कचकच??
1
0
29
@khadkap21
prakash khadka
7 months
@brb1954 तपाईंले अरू किताब जे पढे पनि, जति पढे पनि नेपाल र नेपालीलाई केही प्राप्त होला जस्तो छैन। बरू अब गीता अध्ययन गर्नुहोस्, बुढ्यौलीलाई काम लाग्छ। जय श्रीकृष्ण !!
2
0
29
@khadkap21
prakash khadka
3 years
@bishnurijal1 छिटो गर्ने नाममा तपाइँका बाले गठन र पुनर्गठन गरेर रेकर्ड राखेजस्तो चाहिँ नगरे हुन्थ्यो। यसो भन्दा देउवा सरकार अघिल्लो सरकारभन्दा राम्रो होला भन्ने अपेक्षा पनि छैन। धेरै नेपाली देउवा प्र.म. भएकोमा भन्दा सरकार परिवर्तन र बालुवाटारमा तपाईंहरूको नौटङ्की समाप्त भएकोमा खुसी छन्।
1
0
29
@khadkap21
prakash khadka
5 months
८४ मा एक्लै चुनाव लड्ने अवस्था सृजना हुने नहुने कुरा नेताका सहमति र गोदावरीको घोषणाले होइन, तीनै तहमा पहिलो भएको भनेर गर्व गरेको दलको ८४ सम्म गर्ने कार्यसम्पादन र त्यसको परिणाम र प्रभावकारिताले निर्धारण गर्छ है! 🙏🙏
2
4
29
@khadkap21
prakash khadka
1 year
नमस्कार !! शुभ प्रभात!! तपाईंहरू सबैको दिन उज्यालो, सुस्वास्थ्य, सुख, सुन्दरता र खुसीले भरियोस्!! #शुभदिनको_कामना 💐 🙏🙏💐
6
5
29
@khadkap21
prakash khadka
3 months
@lux_subedi म पनि अवकाशप्राप्त हुँ। मेरो विचारमा पछि आफूलाई के फाइदा होला भनेर आशा नगरी सकेसम्म आफ्नो जिम्मेवारी पूरा गरिदिने हो। छोराछोरी सेटल भए त्यही खुशीको कुरा, त्यही हो फाइदा। उनबाट आफ्ना लागि अपेक्षा गर्नु, आशा राख्नुहुन्न। They have their own responsibility, Learn to live alone! 🙏🙏
3
0
28
@khadkap21
prakash khadka
11 months
हरितालिका तीजको शुभकामना सम्पूर्ण महिला दिदी बहिनीहरुलाई !! शुभ सोमबार, वास्तु दिवस् र विश्वकर्मा पूजाको समेत सबैमा शुभकामना !! सबैको जय होस्!! सबैको कल्याण होस्!! सबैको शुभ होस्!! सबैको समुन्नति होस्!! 🌹🌺🙏🙏🌺🌹
5
3
28
@khadkap21
prakash khadka
3 years
@Drsudhamshu ढुक्क हुनुहोस् भाइबहिनी हो ढुक्क! तपाईंहरूको भविष्य वहाँजस्तो पावरफुल शिक्षा मन्त्रीको हातमा सुरक्षित छ, सुन्दर छ। वहाँपनि तपाईंहरूको भविष्यको ब्याट्म्यान, सुपरम्यान, मेसी, रोनाल्डो नै हो। त्यो पोशाकले पनि यस्तो दमदार मान्छेको शरीरमा झुन्डिन पाएकोमा गर्व नै महशुस गर्‍यो होला।😍😍
0
1
27
@khadkap21
prakash khadka
1 month
@Vijaykumarko औंरिकामा बृद्ध राष्ट्रपति भएपनि फरक पर्दैन किनकि त्यहाँ प्रणालीले काम गर्ला, शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण राम्रै होला, निजी क्षेत्र भाइब्रेन्ट छ। कामको कदर हुन्छ, परिश्रम अनुसार ज्याला पाइन्छ भनिन्छ। फेरि त्यहाँ राज्यका निकायमा दलतन्त्र नहोला। फरक त छ नि, होइन र? 😎😎
2
0
28
@khadkap21
prakash khadka
1 year
@bishwaprakash77 तपाईंको सरकारी नेताको(सांसद) जीवनको शुरुवातबाट भन्न सकियो तपाइँको राजनीति पनि उही पुराना नेताको निरन्तरताभन्दा गतिलो नहुने भो। उही घोचपेचको बयान, दु:ख लाग्दो। महामन्त्रीको एक वर्षे अवधिको मूल्यांकन गर्ने हो भने लगभग असफल देखिन्छ।न सार्थक पहल,न लोकतान्त्रिक अभ्यास,न संगठन सुधार।
0
2
27
@khadkap21
prakash khadka
2 years
@Nawasilwal प्रदिप भट्टराई, सुर्य थापाकै शैलीमा चैं सरले ट्वीट नगरेको भए हुने के! अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अहिले पनि पहिलेको जस्तै छ र? अनि पूर्वाधार कर जोड्ने काम त खत्याउडा अर्थमन्त्रीले शुरु गरेका हुन्। राजनीतिको रंग दले पछि पढेलेखेका मान्छे पनि यस्तै रंगीन हुनुपर्ने हो र?
0
2
26
@khadkap21
prakash khadka
2 years
@deepshikha_im @bishodip हामीलाई पनि राजनीति गर्नुछैन। गीतमा व्यक्त आशय बुझ्नुहोस् र पेरिसडाँडामा विमर्श गर्नुहोस् । उत्तर पक्कै आउँछ। यता प्रश्न तेर्साउंदै आउनै पर्दैन। कहाँबाट शुरु भै कहाँ आइपुग्नुभएको छ रिभ्यु गर्नुहोस्। एमाले कांग्रेसका बारेमा पनि यो गीत सान्दर्भिक नै हुन्छ थोरै शब्द र सिन चेञ्ज गरे!
0
0
25
@khadkap21
prakash khadka
5 months
@MilanPandey भनेको नमान्ने भन्नुभएको छ। कानूनसम्मत काममा असहयोग गरे त्यस्तोलाई कारबाही गर्ने व्यवस्था कानूनमै छ, प्रयोग गर्नुपर्‍यो। आफ्नो इशारा बुझ्ने कर्मचारी छान्ने काम बन्द गर्नुपर्‍यो। नेता निष्ठावान् र इमानदार भै कर्मचारीलाई कानूनबमोजिम निष्पक्ष सञ्चालन गरे कर्मचारी उत्पादनशील हुन्छन्।
0
2
25
@khadkap21
prakash khadka
11 months
@PradeepgyawaliK संघीय संसद विघटन गर्दा आएको परमादेश र अहिलेको परमादेशमा के फरक रहेछ? हिजो त सर्वोच्चले प्रधानमन्त्रीको अधिकारमा हस्तक्षेप गर्‍यो भनेको होइन? परमादेशी सरकारलाई अस्वीकार गरेको होइन? त्यतिखेरको संसद अवरोध कोशीमा दोहोरिए के भन्नेहोला कमरेट? यस्ता तर्कले जनता खुशी होलान् कि आक्रोशित?
4
3
25
@khadkap21
prakash khadka
22 days
@ekantipur_com त्यो त शिक्षाको खराबी भएन, तिम्रो बेवकुफी, लापरबाही भो। तिम्रो आइक्यु लेवल कम रहेको प्रमाण भो। त्यसमा जानकारी गराइएको हुन्छ। थोरै त विद्यार्थीमा स्मार्टनेस हुनुपर्‍यो । कि कसो? 😃🤪
4
0
25
@khadkap21
prakash khadka
2 years
@SharmaBimmi तपाईंले उल्लेख गरेकामध्ये बाराक ओबामा अमेरिकामा नै जन्मेका हुन्। अनि उनीबाहेकले देशको लागि, मानव विकास, समुन्नतिको लागि के योगदान गरे? श्वास फेर्न त कसले पो रोकेको होला? नागरिकता लहडमा बाँड्ने चिठ्ठा वा पुरस्कार प्रमाणपत्र वा सिके पनि नसिके पनि तालिममा बांड्ने प्रमाणपत्र हो?
0
1
24
@khadkap21
prakash khadka
9 months
@Rose807572201 कुनै नेपाली यहाँ बसेर देश र नागरिकप्रति इमान्दार भएर,निष्ठापूर्वक काम गरिदिए पुग्दैन?उसका विज्ञताले समुन्नतिको लागि योगदान गरे पुग्दैन?उसका श्रीमती, बालबच्चाबारे किन चासो लिंदै चोसो तेर्साउने? यहाँ सबैथोक भएकाले के नापे र अहिलेसम्म? कानूनले रोके परिवर्तन गरौं त्यस्ता कानून। 🙏🙏
1
2
24
@khadkap21
prakash khadka
1 year
@Jayaprakashjee मर्निङ्ग वाक हिंड्नेलाई खेतबारी खन्न लगाए खाद्यान्नमा आत्मनिर्भर भइन्छ। सडक बढार्न लगाए वातावरण सफा हुन्छ। 😃
0
0
24
@khadkap21
prakash khadka
2 years
@AcharyaSarmila सबै एउटै हुनुपर्छ भन्ने छैन। तिलको दानामा प्वाल नखोजौं। अब काम कसरी गर्छन्, हेरौं अनि कमेन्ट गरौं।
1
0
24
@khadkap21
prakash khadka
6 months
ललिता निवास मुद्धामा आएको फैसला कर्मचारीहरूको लागि शिक्षाप्रद छ।फैसला स्वीकार तर न्यायालय ऐतिहासिक नजिर बनाउन भने चुकेको लाग्यो। शायद अभियोजन नै कमजोर बनाएर लगिएकोले हो कि? देशमा नेताबाहेक सब भ्रष्ट,बेइमान, कुशासनका बाहक हुन्। कर्मचारी!अब नेताले भनेको भरमा काम नगर।लिखित आदेश माग!
0
4
23
@khadkap21
prakash khadka
5 months
भूपि शेरचन कति दूरदृष्टि भएका कवि रहेछन् त? हरेक सिजनमा उनका हरेक शब्द, हरफ सत्य, यथार्थ! हामी फगत् क्यारेमका गोटी हौं। स्ट्राइकर अर्कै, स्ट्राइकर हातमा लिने अर्कै, चल्नको लागि स्ट्राइकरले ठेल्नुपर्ने। वीर छौं तर बुद्धू छौं । बुद्धू छौं त्यही भएर वीर! शत् शत् नमन् वहाँलाई!! 💐🙏
1
5
23