मनिषा कोइरालाले बलिउडसँग दयाको भिक्षा मागेकी होइनन्। उनले आफ्नो कला, क्षमता र संषर्घले त्यहाँ आफ्नो स्थान बनाएकी हुन्। उनले आफ्नो जीवन र पसिना दिएकी छिन् बलिउडलाई। मनिषालाई अपमान गर्ने रत्तिभर अधिकार कुनै पनि भारतीयलाई छैन।
संसारमा यस्ता दुर्लभ व्यक्ति पनि छन् भन्दा मानवजाती हुनुप्रति गर्व लाग्छ। यस्ता दुर्लभ जो न्यायका पक्षमा र विभेदविरुद्ध अटल रहन्छन्। जस्तो टर्की शासकको ज्यादतीविरुद्ध २३८ दिन सत्याग्रह गरेर ज्यान गुमाउन बाध्य इब्रु तिम्तिक। श्रद्धासुमन तिमीलाई।
प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अलीजीले एउटा न्युज पोर्टलबाट अनाधिकृत रुपमा समाचार गायब पारेको खबर आयो। यदि यो सत्य हो भने सिंगो प्रेस जगत र नागरिक समाजले यो कुकृत्यको विरोध गर्नुपर्छ। यस्तो अपराध गर्ने अधिकार उनलाई कसले दियो? अस्गर सजायको भागिदार हुनुपर्छ।
१७ हजार प्राण स्वाह। हज्जारौं अंगभंग। अर्बौंको सम्पत्ती सत्यानाश। सबै गरेर प्रचण्डपथ केपी ओलीको पाउमा विसाएका पुकदा भन्छन्, 'नेपाली क्रान्ति नयाँ चरणमा प्रवेश।'
लाज भन्ने कुनै भाव हराएकै हो?
नागरिक समाजका नाममा नाक ‘कमोड’मा जोत्नेहरुलाई चिनौं है।
३ सय किलोमिटर पैदल हिँडे अपलत्र, चुप। खान पाएनन मजदुर, चुप। संकटमा त्यत्रो भ्रष्टाचार र वेथितिको कुरा आयो, चुप। दिउसै सूर्यलाई हत्केला देखाइयो, चुप। अहिले प्रमको कुर्चीमा मुटुको धड्कन? लाज लाग्दैन?
प्रदीप गिरि भन्नुहुन्थ्यो– ‘मच्छड मारेर केही हुँदैन। समस्या त फोहोरमा छ।’ हामी कति पत्रु छौं भने– आत्मदाह रोक्न जर्किन र बोटलमा पेट्रोल बेच्न प्रतिबन्धको उर्दि जारी गरिरहेका छौं। राज्य बुझ्न यही उदाहरण काफी छ।
एक से एक ठूला र सैद्धान्तिक गफको बिस्कुन सुकाउनेहरु विधी, प्रक्रियाको हेपाहा र चरम् अपमानका विरुद्ध उभिन डराए। तर रामकुमारीले यो विम्ब र अलंकार तय गरिन्। संकटमा साथको जग र उर्जा ०६२-०६३ को आन्दोलन हो। उपलब्धी रक्षानुक्रमको यो मेटाफोरका लागि रामकुमारीलाई सलाम।
महेन्द्र चाहिएको छ। महेन्द्रमाला चाहिएको छ। हजुर, गरिस्योस् र बक्सियोस् चाहिएको छ। शान र मानका पुराना पिर्का चाहिएको छ। तर उभिएको छ हज्जारौ जनताको रगत, पसिना र सपनामा। बयलगाढा चढेर भेटेको गणतन्त्र मात्तिदो छ। जनताको गणतन्त्र आत्तिदो छ।
लकडाउनको ४१ औ दिन: आफ्नी श्रीमतीलाई डायलसिस गर्न यसरी अस्पताल लैजादै गरेको दृश्य देखेछन् फोटो पत्रकार सत्यनले। सत्यनको तस्बिरले संकट, सत्य र सन्दर्भलाई जोड्यो।
एकक्षण म त निशब्द:
कसले खिच्यो थाहा छैन, तर कान्तिपुरमा कार्यरत भाइ मकरको यो फोटो चाहिँ अर्थपूर्ण छ। तस्बिर हेरेपछि मैले मेरो शैशव छोरी हुँर्काउँदाका संघर्षशील तर सुन्दर दिनहरु सम्झेँ। भावुकतै सही, 'बा' केवल सम्बोधन मात्र हैन दायित्व र मुटु पनि हो।
पत्रकार अजयबाबु शिवाकोटीलाई छिसिक्क तलमाथि केही भयो भने, त्यसको जिम्मेवारी महरा सर र उहाँसम्बद्ध दलले लिनुपर्नेछ। तिमीहरूको नौंटकी दुनियालाई थाहा भो। बाँकी राम तेरी गंगा मैली।
देशको बैध निकायले औपचारीक रुपमा नक्सा सार्वजनिक गरिसकेपछि यसरी नेताको हात–हातमा नक्सा दिनुको शन्देस के हो? मैले त केही बुझिनँ है। बुझेकाले केही भनौं।
भारतीय दूतलाई यसरी नक्सा बुझाएको भए चाहिँ अर्थ हुने थियो।
कांग्रेस नेता प्रकाशशरण महतले मध्यावधी निर्वाचनको च्याँखे थापेका हुन् भने उनलाई राजनीतिको 'र' पनि थाहा छैन भन्ने बुझौं। यति धेरै लम्पट, गैरजिम्मेवार र सन्दर्भहीन नेताहरु नेपालले अर्को सात जुनीसम्म पनि देख्न नपरोस्।
- यस्तो बेला। लज्जाशरणम्।
रवी [
@hamrorabi
] ले मन्त्रीलाई सोधेछन्, ‘मैले सिलिण्डर जोडेँ, तपैँले के गर्नुभो? मन्त्री नाजवाफ। भागेछन्। पत्रकार मित्रहरु 'रवीले अक्सिजन पुगेन भन्ने हो जोहो गरेको गलत' भन्दै रहेछन्, यो संकटमा। पत्रकारिता पेशा हो, संकटमा पेशा भन्दा कोही माथि उठ्छ भने उठ्न देऊ। सेवाको सम्मान गर।
डियर कुलमान! तपैंले झुण्डिएर मर्ने कुरा गर्न सुहाउँदैन। मर्नै हुन्न। कल्पना पनि गर्न हुन्न। झुण्डिएर मर्ने त उनिहरूलाई बनाउनु पर्छ जसले हाम्रो जीवनवाट उजेलो खोसे। हामीबाट न्याय लुकाए र अब स्वतन्त्रता पनि खोस्दैछन्।
झट्ट हेर्दा ओली बलिया भए भन्ने लाग्छ। गेम जिते भन्ने लाग्छ। तर उनमा रहेको आत्मविश्वासको तहभित्र भयंकर खतराको संकेत देखिन्छ। विस्तारै उनले राजनीतिको खेल हार्नेछन्। यतिधेरै अन्धभक्त र स्वयं उनको अभिमानको पतन निश्चय छ। ढुक्क हुनुहोला, राजनीतिमा यस्तो अहंले जितेको रेकर्ड कतै छैन।
वास्तवमा पोलमा झुण्डिनु पर्ने तस्बिर यो पो थियो। पत्रिकाको ‘ज्याकेट’ र अनलाइनका ‘रोडब्लक’ मा विस्कुन हुनुपर्ने सपना र संवेग यही तस्बिरका थिए।
pic- अज्ञात
डा. गोविन्द केसीजस्तो सन्त र यायावरी सेवकप्रति के को रिस हो? के को घृणा हो? के को बदलाभाव हो? जव राज्य र प्रणालीबाट जनसम्मान भन्ने भाव विलय हुँदै जान्छु, बुझ्नु त्यो राज्य खोक्रो बन्दैछ। डाक्टर केसीले भएको दिएका छन्, लिएका केही छैनन्। थोडा शरम् करो।
औषधी किन्न औषधी पसल पुगेका सर्वसाधारणलाई भाटा बर्साउने नेपाली प्रहरीले ‘लक–डाउन’का बेला सत्ता–सारथीहरुलाई काठमाडौंको मुटुमा परेड खेल्दै नारावाजी गर्न दिएछ। यही त हो विभेद भनेको। यही त हो शक्तीको उन्माद भनेको।
तस्बिरसँगै सम्झना:
- ठमेलस्थित छोरी श्रुतीको घरतिर पैदल जाँदै गर्दा मित्र
@Narendraphoto
ले खिचेको वीरेन्द्र-ऐश्वर्याको यो तस्बिर मलाई साह्रै मन परेको र अर्थपूर्ण तस्बिर लाग्छ।
‘सर्वोच्च छलफल’बारे समाचार, चासो–चर्चा, सद्भाव र आलोचना सबै स्विकार्य छन्। सबैलाई धन्यवाद। पत्रकारिताको मूल्य, मान्यता र प्रक्रियाबाट डगमग हुने कुरा भएन। झण्डै साढे दुई दशकदेखि जुन मर्मसहित पत्रकारिताको अभ्यास गर्दैछु। गरिरहनेछु।
पत्रकारको कामै जहाँ अनियमितता छ त्यो खोज्ने हो। लेख्ने हो। प्राइभेट नम्बरबाट फोन गर्दै धम्काउने र नहुँदा आपक्षेप लगाउने कुत्सित कर्मले कलम रोकिँदैन। मलाई र मेरो टिमका कुनै पनि सदस्यलाई ठेस मात्र लाग्यो भने त्यसको जिम्मा कसले लिनुपर्छ भन्ने जगजाहेर छ। बाँकी आफ्नै बुझ्नु।
कसैले 'कति कमाइस् भन्छ भने त्यो कलेजको साथी हो। 'कति जोगाइस्' भन्छ भने पेशाको साथी हो। तर कसैले 'कति खुशी छस्?' भनेर सोध्छ भने त्यो बाल्यकालको साथी हो।
- एउटा पुरानो फेबु स्टाटस याद आयो।
निर्धन भइयो भने त आफन्तहरूको जमघटमा सहभागी हुनु झन् निर्मम हुँदो रैछ । " फलानोले यति कमायो, फलानोले यति जग्गा जोड्यो, फलानोले केही गरेन, हुतिहारा।" हैट, सामाजिक मनोविज्ञान! कसी बदलियो है समाजको !
आस्था राउत प्रकरण मानवीय कमजोरीको उपज होला तर उनलाई जेलै हालेर हुर्मत लिनुपर्छ भन्ने प्रहरीको जुन अप्राकृतिक अभ्यास सुरु भएको छ, यो खतरनाक छ। यसले प्रहरी र समाजको सम्बन्ध झन् खराब गराउँछ।
प्रचण्डमाथि जुत्ता प्रहार, अशोभनीय र निन्दनीय। तर प्रश्न के भने, ‘जनयुद्ध’मा बाब् गुमाएका रतन र उनको पुस्ताले प्रचण्डको काटमारको राजनीतिबाट के पायो? केवल श्रीपेचविनाका राजाहरु कि अरु पनि? घटनाको पिँधसम्म यस्तै ठूला प्रश्नहरु छन्।
अबको यात्रा नेपालसमय (
@nepal_samaya
) बाटः
शुभकामना र बधाइ दिने सबै प्रियजनहरुलाई हार्दिक धन्यवाद। गल्ती हुँदा देखाइदिनुहोला। म सच्चिन र सच्याउन सदा तत्पर छु।पत्रकारितामा मर्म र मूल्यसहितको बाटो हिँडिरहन पाइयोस्।
'हिट एण्ड रन' को मुद्दामा आज सर्वोच्चले जे भन्यो त्यो पीडितका पक्षमा छैन। सपना प्रधान मल्लको बेञ्चबाट पीडकलाई राहत र पीडितलाई आहत बनाउने निर्णय होला भन्ने अपेक्षा थिएन। अपराधको तह तौलिने तराजुमा खिया लागेछ भन्दा सम्मानित अदालतको अपमान नठानियोस्। 🙏
पूर्वसचिव भिम उपाध्यायसँग असहमत हुन सकिन्छ तर उनी असहत हुने अधिकार लोकतान्त्रिक देशमा खोसिन सक्दैन। अभिव्यकति स्वतन्त्रताको धज्जी नउडाऊ। उनलाई तुरून्त रिहा गर।
शसांक कोइरालाजीहरूले अरूलाई फुटाएर आफ्नो स्पेश खोज्ने थोत्रो सूत्रको खोजी भन्दा आफू बलियो हुने जग निर्माण गर्दा राम्रो। अरूको विग्रहमा आफ्नो ताकत देख्नूलाई "स्याल सिद्दान्त" भन्छन् मान्यवर!
गगनले अर्को शेरबहादुर हुने लोभ नराख्ने हो भने अति भो भनेर सुख्ख पाइन्न। गर्ने हो भने - हस्तक्षेप र शुद्धिकरण जिन्दावाद। नत्र धम्की नै धमनीले धान्दैन। सक्छौ भने आरजुको छायाँबाट दललाई मुक्त गर। नत्र गफ नगर।
देशको एउटा पूर्वप्रधानमन्त्रीले सरकारको आलोचना गरेका शब्दहरु जनताको करबाट चलेको रेडियोबाट बजे भनेर कति साह्रो ग्लानी हो? यतिसम्मको भक्तिगान त रेडियोको शुभप्रभातमा पनि सुनिँदैन।
जो धनी हो उसलाई थाह नै नदिई समाचार डकैत गर्ने अस्गरले 'इसेवा' नामको डिजिटल वालेटबाट मान्छेका लाखौं/हज्जारौं रूपियाँ डकैत नगर्लान् भन्ने केही ग्यारेन्टी छ? इसेवा सञ्चालक अस्गर अलीको नैतिकता संकटमा देखियो। उनले गम्भिर साइबर क्राइम गरे। कारवाही होस् सरकार!
"पत्रकारलाई निशुल्क उपचार" भन्ने कुरो नै फन्टुस् कुरा हो। राज्यले सबै नागरिकसँग कर लिएपछि शिक्षा र स्वास्थ्यको दायित्व पूरा गर्नुपर्छ। यसलाई शुल्क, उसलाई निशुल्क ��न्ने कुरा नै नीतिसंगत हुँदैन। सबै नागरिक बराबर। सबैको हक-अधिकार बराबर! कि कसो?
नैतिकता भनेको कण्डम जस्तो होइन, जब जब जरूरी पर्छ जोहो गर्ने । नैतिकता भनेको सदावहार सर्त हो, राजनीति गर्नेका लागि । कानुनमन्त्रीले नैतिकताले होइन दवावले राजीनामा गरेका हुन् । कुरा क्लियर छ । धन्यवाद ।
जसले जे भनोस्, हामी चाहिँ डा गोविन्द केसीलाई सम्झिन्छम्। यो देशको नालायक सत्ता-शक्ती प्रणालीले तिरस्कार गरेको, गलाएको तर हाम्रो हृदयको विम्ब। सुधारको माग-मर्म। सत्याग्रह हस्तान्तरणको सेतु।
डा गोविन्द केसीप्रति असहमत हुन पाइन्छ। मजाले पाइन्छ। तर उनले चिकित्सा शिक्षा र जनमुखी स्वास्थ्य सेवामा परिवर्तन खोजेर गरेका आन्दोलनकाे अपमान गर्नु भनेको आफु र आफ्ना सन्ततीकाे अधिकारप्रतिको अपमान हो।
- मेरो मत है!
दुबै अध्यादेश किन आए, किन खारेज गरियो? 'अपहरण' सम्मको अपराध किन भयो? यसको जवाफ प्रधानमन्त्री र राष्ट्रपतिले दिनुपर्छ। नत्र राजनीतिबाट जवाफदेयिता भन्ने तत्व गायब भो।