Dr Shekhar Koirala Profile Banner
Dr Shekhar Koirala Profile
Dr Shekhar Koirala

@Shekharnc

70,352
Followers
327
Following
895
Media
1,168
Statuses

Central Committee Member of Nepali Congress Party, Member of Parliament,Nepal, Former Vice-Chancellor Of BPKIHS.

Biratnagar
Joined February 2015
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@Shekharnc
Dr Shekhar Koirala
7 months
नेपाली कांग्रेस महासमिति बैठकमा कांग्रेस सुदृढीकरणका लागि के-कस्ता विषयको उठान गर्नु आवश्यक छ, आफ्नो विचार राखिदिनुहोला । धन्यवाद, जय नेपाल ।
Tweet media one
153
21
173
@Shekharnc
Dr Shekhar Koirala
3 years
यो भन्दा बाहेक मेरो अर्को कुनै ट्विटर आई डि नभएको जानकारी गराउँदछु।
109
106
3K
@Shekharnc
Dr Shekhar Koirala
2 years
वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले बिधिको शासनको खिल्ली उडाउँने काम गरेको छ। सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक बिवादमा ल्याएको छ।
96
151
1K
@Shekharnc
Dr Shekhar Koirala
3 years
Tweet media one
55
70
1K
@Shekharnc
Dr Shekhar Koirala
4 years
सरकार एकातिर जेठ ३२ सम्म लकडाउन घोषणा गर्छ, अर्कोतिर जेठ २५ सम्म कर बुझाउ भन्दैछ। उद्योग कलकारखाना ठप्प छ। श्रमजीवी मजदूरहरुको चुलो बल्न छाडिसक्यो।ब्यापार ब्यवसाय चौपट छ। यही हो सरकारको विवेक? नागरिकप्रति राज्यको दायित्व यही हो?
48
114
1K
@Shekharnc
Dr Shekhar Koirala
4 years
सरकारको बिरोध गरेको भन्दै साईबर अपराधको मुद्दामा एक जना पुर्व सचिव प्रहरी हिरासतमा छन।तर, अर्को तिर पुर्वप्रधानमन्त्रीको साथमा अपहरित व्यक्ति आफै उपस्थित हुँदा पनी प्रहरी अपहरणको मुद्दा दर्ता गर्न मान्दैन।अजबको सरकार-गजबको कानुन। अनी सर्वसाधारणले कस्लाई के बिश्वास गर्ने?
42
121
996
@Shekharnc
Dr Shekhar Koirala
2 years
अध्यादेश मार्फत कानुन संशोधन गरि अदालतले दोषी ठहर्‍याएकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु हो। आफू अनुकुलको राजनीतिक सहजताको लागि कानुनलाई बङ्ग्याउँने छुट कसैलाई छैन। भोलि यसले गलत नजिर बस्न जान्छ।
67
126
984
@Shekharnc
Dr Shekhar Koirala
11 months
नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिवाट अलग रहेको संस्थामा माओवादीको पुर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन । सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौं । सम्बन्धित निकायहरुलाई यो कुराको हेक्का होस ।
113
200
919
@Shekharnc
Dr Shekhar Koirala
4 years
एकातिर सरकार भन्छ ढुकुटी रित्तियो,अर्कोतिर कर तिर्न जाँदा कार्यालयका कर्मचारी लिन मान्दैनन्।सवारी कर तिर्न आज म आफै गएको थिएँ।कर्मचारीले भने केन्द्रवाट लकडाउनको अबधिको जरिवाना छुट आदीवारे कुनै परिपत्र नआएकोले लिन मिल्दैन।मैले अग्रिम करको रुपमा लिन आग्रह गरें,त्यो पनि मिल्दैन भने।
29
94
827
@Shekharnc
Dr Shekhar Koirala
4 years
प्रधानमन्त्रीले संसदमा नवुझी वोलेका कुरामा पनि ताली वजाउने सांसद देखेर मलाई केटाकेटीमा पढेको “The Emperor's New Clothes" कथा झल्झल्ती याद आयो ।
40
52
780
@Shekharnc
Dr Shekhar Koirala
4 years
प्रधानमन्त्री देखि गृहमन्त्री हुँदै मुख्यमन्त्रीसम्म सडकमा निस्केर शक्ति प्रदर्शनका नाममा बन्द हडतालमा उत्रेका छन्। यस्ता प्रवृत्तिका व्यक्तिहरुबाट जनताले के आशा गर्ने? देशले के अपेक्षा गर्ने?
45
91
773
@Shekharnc
Dr Shekhar Koirala
6 years
हिजो नन्दप्रसाद अधिकारीको लागी गोही आँशु झार्ने मानव अधिकारकर्मीहरू आज बालकृष्ण ढुंगेलको रिहाईमा किन “चूँ” सम्म गर्दैनन् ?
49
151
709
@Shekharnc
Dr Shekhar Koirala
4 years
मेरा आदरणीय दाजु निरुदा को आज विहान नयाँदिल्लीमा भएको निधनले म, मेरो परिवार र भतिजाहरु मर्माहत भएका छौं।म आफु आजबाट अभिभावक विहीन भएको छु। उहाँको उपचारमा संलग्न चिकित्सकहरु प्रति धन्यवाद दिंदै विभिन्न माध्यमबाट उहाँको स्वास्थ्यका बारेमा पुछताछ गर्नुहुने सबैप्रति हामी आभारी छौं।
Tweet media one
294
30
700
@Shekharnc
Dr Shekhar Koirala
4 months
आफु दोहोरो पासपोर्ट लिंदै हिंड्ने र सहकारी ठगीको आरोप विरुद्ध छानविन हुन नदिने तर ३ दशकदेखि सुचना प्रवाह र लोकतन्त्रको पहरेदार भई उभिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन । प्रहरीले सही र गलत छुट्याँउनेमा विश्वस्त छु ।
503
134
716
@Shekharnc
Dr Shekhar Koirala
1 year
Tweet media one
117
125
660
@Shekharnc
Dr Shekhar Koirala
4 years
जम्मा संक्रमित २३००, मृत्यु ९ जना।क्वारेन्टाइनको गुणस्तर कस्तो छ र त्यहाँ रहेकाहरुले खान सम्म नपाएको कुरा संचार माध्यमले देखाईसकेका छन।अनी कोरोना नियन्त्रणमा सरकारी खर्च १० अर्ब ? यदि देशमा भ्रष्टाचार सम्बन्धि नियमन गर्ने निकाय छ भने कुनै दिन यो चरम राज्य लुटको हिसाबकिताब होलानी।
45
93
610
@Shekharnc
Dr Shekhar Koirala
8 months
हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठवन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरु नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन् । कारण स्पष्ट छः सत्ता गठवन्धनका कुनै दललाई टिआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ । अनि एमाले ?
75
118
622
@Shekharnc
Dr Shekhar Koirala
3 years
संविधानको धारा ७६/३ अनुसार नियुक्त प्रधानमन्त्री केपी ओलिले विश्वासको मत नलिई वा राजिनामा नगरी धारा ७६/५ लागु गर्नु र सो अनुरुप राष्ट्रपति अगाडि बढ्नु संविधानको धज्जी उडाउनु मात्र नभई प्रधानमन्त्री र राष्ट्रपतिको संविधान समाप्त गर्ने र मुलुकलाई द्वन्द्वमा लैजाने षडयन्त्र हो।
39
83
597
@Shekharnc
Dr Shekhar Koirala
4 years
न क्वारेन्टाइनको ब्यवस्थापन राम्रो छ। न संक्रमितहरुको उचित ब्यवस्थापन छ।आरडिटी नेगेटिभ देखिएर घर फर्केकामा संक्रमण फैलँदै गएको छ।पिसिआर रिपोर्टका लागी हप्तौं कुर्नुपर्ने अवस्था छ।मृत्यु र अन्त्येष्टि पश्चात पिसिआर परिक्षण गरिन्छ।जनताको स्वास्थ्यप्रति सरकार किन यति निरिह र लाचार?
32
73
596
@Shekharnc
Dr Shekhar Koirala
4 years
प्रधानमन्त्री जस्तो व्यक्तिले "म सुरक्षित छैन,मेरो ज्यान खतरामा छ" भन्दा सुरक्षा निकायको मनोबल कस्तो होला? प्रधानमन्त्री नै सुरक्षित छैनन् भने यो देशमा को चाही सुरक्षीत छ? सर्वसाधारण जनता चाही सुरक्षित छन त?
43
36
581
@Shekharnc
Dr Shekhar Koirala
4 years
डा गोविन्द केसीको मागप्रती राज्य किन यति निर्मम र कठोर ? लोकतन्त्रमा समेत सत्याग्रहीको आवाज सुनिदैन भने राज्यबाट के अपेक्षा र आशा गर्ने ? उहाँको मागको छिटो भन्दा छिटो सम्बोधन गरियोस।
24
74
544
@Shekharnc
Dr Shekhar Koirala
4 years
यतिवेला नेपाल कोरोना भाइरसका कारण आक्रान्त र असुरक्षित छ।राष्ट्रिय संकट समाधान गर्न सरकारका राम्रा कार्यमा सहयोग,नराम्रा कार्यमा आलोचना र जनतालाई सुसूचित गर्ने प्रतिपक्षको भूमिका हो।अहिले पार्टी राजनीति भन्दा माथी उठेर जनसेवा गर्नुपर्छ।अहिले मध्यावधि निर्वाचन माग्नु ठिक होइन।
26
66
534
@Shekharnc
Dr Shekhar Koirala
4 years
दण्डहिनताले सिमा नाघिसक्यो। व्यक्ति हत्याको आरोपमा मुद्दा दर्ता गर्न जाँदा प्रहरी मुद्दा दर्ता गर्न मान्दैन। तैपनि हामी कानूनी राज्यको कुरा गर्छौं। तर कहाँ छ कानूनी राज्य ? जनता न्याय माग्न कहाँ जाने ?
20
68
536
@Shekharnc
Dr Shekhar Koirala
4 years
आज प्रधानमन्त्रीले विराटनगरमा अदालतका बारेमा गरेको टिप्पणी अत्यन्तै अमर्यादित र गैरजिम्मेवार छ। प्रधानमन्त्री पदमा रहेको व्यक्तिको मुखबाट यस्ता अभिव्यक्ति आउँनु दुखद हो। प्रधानमन्त्रीको यो अभिव्यक्तिले उहाँबाट लोकतन्त्रको रक्षा हुन सक्दैन भन्ने कुरा फेरि एकपटक प्रमाणित भएको छ।
16
56
529
@Shekharnc
Dr Shekhar Koirala
4 years
आजको सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले संविधानको रक्षा गरेको छ । साथै देश राजनीतिक स्थिरता तर्फ लागेको छ । अदालत दबाबमा नपर्दा आम जनसमुदायमा न्यायलय प्रति गर्व भएको छ।
13
41
532
@Shekharnc
Dr Shekhar Koirala
4 years
एकातिर हामी अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गराउदैछौं अर्को तिर आफ्नो सम्पूर्ण जीवन पार्टीमा व्यतीत गरेका बरिष्ठ नेताहरूलाई पार्टीबाट निष्कासन गर्छौं। यसले पार्टी र कार्यकर्तामा के सन्देश जान्छ?
81
44
509
@Shekharnc
Dr Shekhar Koirala
3 years
प्रधानमन्त्रीको सरकारी निवासमा भएको सर्वदलीय बैठकमा बिपक्षी दल कांग्रेस पार्टीको महाधिवेशनका बारेमा कुरा उठ्नु र प्रधानमन्त्रीले कांग्रेसको महाधिवेशन सर्न सक्ने भन्ने आशयको कुरा राख्नु दुर्भाग्य हो।महाधिवेशन कांग्रेस पार्टीले गर्ने हो। यसमा कसैको अमुर्त स्वार्थ स्विकार्य हुँदैन।
39
45
504
@Shekharnc
Dr Shekhar Koirala
4 years
Tweet media one
31
4
504
@Shekharnc
Dr Shekhar Koirala
2 years
एकातिर स्वयं प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौं भन्दै हुनुहुन्छ तर एकाएक आएर सरकारले संबिधानले चिन्दै नचिनेको जनयुद्ध दिवस का नाममा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको? देश कता जाँदैछ? कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ?
76
55
504
@Shekharnc
Dr Shekhar Koirala
6 months
राजनीतिमा गठबन्धन वन्नु,तोडिनु र फेरि बन्नु सामान्य हो तर हिजोको घटना सामान्य होईन। कमजोर,अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महङ्गो सावित भयो। यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि? भविष्यको लागि सजग बनौं ।
91
39
500
@Shekharnc
Dr Shekhar Koirala
4 years
पृथ्वीनारायण शाहले गरेको नेपाल एकिकरणको अवमूल्यन कुनै हालतमा गर्न मिल्दैन। आज २९९ औं पृथ्वी जयन्तीको अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन ।
Tweet media one
20
30
494
@Shekharnc
Dr Shekhar Koirala
4 years
व्यास नगरपालिकाले निर्माण गरेको पूल उदघाटन गर्न गृह जिल्ला तनहुँ पुग्नुभएका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर प्रशासनले कानुनी राज्यको धज्जी उडाएको छ। यस घटनाको घोर भर्त्सना गर्दै नेता पौडेललाई तत्काल ससम्मान रिहाइको माग गर्दछु।
30
52
493
@Shekharnc
Dr Shekhar Koirala
4 years
राष्ट्रपति सामान्य र राजनीतिक व्यक्ति होइन। साझा,सम्मानित र सर्वोच्च निकाय हो। राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्छ।पछिल्ला दिनमा नेकपा भित्रको आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु देश र लोकतन्त्रको लागी अत्यन्तै दुःखद हो।
34
55
480
@Shekharnc
Dr Shekhar Koirala
4 years
संसद विघटनको सिफारिस असंबैधानिक मात्र होइन अत्यन्तै गैरजिम्मेवारपुर्ण पनि छ । राष्ट्रपतिले यो प्रस्ताव कुनै पनी हालतमा स्विकृत गर्नुहुन्न।
32
52
457
@Shekharnc
Dr Shekhar Koirala
3 years
सरकार सञ्चालनको सुबिधाको लागि राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याईएको हुनसक्छ तर अध्यादेशवाट राजकाज चलाउने साेचकाे समर्थन गर्न सकिन्न। सरकारले संसदबाट परिमार्जन र सुधार सहित बजेट पास गर्ने तर्फ सकृयता देखाउनु पर्थ्यो। याे चुक प्रधानमन्त्रीबाट भयाे। यो कांग्रेसको संस्कार होइन।
20
68
463
@Shekharnc
Dr Shekhar Koirala
2 years
नेपालको पछिल्लो परिबर्तीत राजनीतिप्रति मेरो दृष्टिकोण:
Tweet media one
53
46
461
@Shekharnc
Dr Shekhar Koirala
4 years
आज सम्माननीय राष्ट्रपतिज्युले देशका विभिन्न पार्टीका नेताहरुलाई शितल निवासमा वोलाएर राष्ट्रिय मुद्दामा हाल देखिएको अभुतपूर्व एकताका लागि खुशी व्यक्त गर्दै भविष्यमा पनि त्यस्तै हुने विश्वास व्यक्त गर्नुभयो। म आफु पनि उपस्थित सो भेटलाई मैले अत्यन्तै सकारात्मक रुपमा लिएको छु।
23
23
456
@Shekharnc
Dr Shekhar Koirala
2 years
स्व. प्रदीप दाईप्रति भावपूर्ण श्रद्धाञ्जली।
Tweet media one
69
28
452
@Shekharnc
Dr Shekhar Koirala
4 years
नेपाली कांग्रेसले बिभिन्न संवैधानिक आयोगहरुमा भागबण्डा खोज्नुभन्दा संवैधानिक परिषदको (उपसभामुखको निर्वाचन) पुर्णतामा दवाव दिनुपर्ने होइन र? परिषद सदस्य समेत रहेको उपसभामुखको पद यति लामो समयसम्म रिक्त रहॅदा प्रतिपक्ष, बुद्धिजीवीहरू र कानुन व्यवसायी किन मौन?
24
57
445
@Shekharnc
Dr Shekhar Koirala
4 years
बिदेशमा परिश्रम गरेर देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने नागरिकहरुलाई चार्टर फ्लाईट मार्फत स्वदेश ल्याउने बहानामा सरकारले उनीहरुबाट दोब्बर हवाई भाडा असुलिरहेको छ।होटल,घरसम्म जाने र क्वारेन्टाइन खर्च पनि उनीहरुले नै तिर्नुपर्ने।आफ्नै नागरिकको चरम शोषण कहिले सम्म सरकार?
30
72
440
@Shekharnc
Dr Shekhar Koirala
3 years
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको लागि काठमाडौँ आउनु भएका महाधिवेशन प्रतिनिधि, पर्यवेक्षक साथीहरू तथा विभिन्न देशबाट आउनु भएका पाहुनाहरूलाई हार्दिक स्वागत गर्दछु। जय नेपाल।
Tweet media one
13
18
429
@Shekharnc
Dr Shekhar Koirala
4 years
संविधानको मर्म र भावना विपरीत ल्याईएको "संवैधानिक परिषद सम्बन्धि अध्यादेश" तुरुन्तै खारेज गरियोस। यो अध्यादेश हामीले भन्दै आएको अधिनायकवादको सिंढी हो।
15
36
433
@Shekharnc
Dr Shekhar Koirala
3 years
कमिसन नमिलेकै कारण प्रधानमन्त्री निकट व्यावसायीहरु बिजय दुगड र रिता वैद्यले कोरोना भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको छ।महामारीको कहालिलाग्दो समयमा जनतामाथि यति ठुलो धोका?.........
Tweet media one
30
64
432
@Shekharnc
Dr Shekhar Koirala
3 years
प्रेस बिज्ञप्ति प्रिय साथीहरु, नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट पार्टीको केन्द्रीय सभापति चयन गर्ने प्रकृया पूरा भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुनुभएको छ । म उहाँलाई बधाई र शुभकामना दिन चाहन्छु । साथै.......
Tweet media one
Tweet media two
21
44
426
@Shekharnc
Dr Shekhar Koirala
4 years
रेल र पानी जहाजको सपनाको भर्याङ् चढेर सत्तामा पुगेको सरकारले त्यही जनताको सपनाको रेललाई सीमित शिर्ष नेता नजिकका ठेकेदारहरुलाई काम दिएर भ्रष्टाचारको अखडा वनाउॅनु निन्दनीय छ । यस्तो वेथितिका विरुद्ध सवै एकजुट वनौं ।
16
38
412
@Shekharnc
Dr Shekhar Koirala
3 years
लोकतन्त्र व्यवहार र आचरण पनि हो: एकातिर आफै सरकार चलाउँने अर्कोतिर संसद छाडेर अध्यादेशबाट बजेट ल्याउँने यो कस्तो शासन ब्यवस्था हो? लुम्बिनी प्रदेश सरकारको यो कदम लोकतन्त्र विरोधि मात्रै नभई संघियता विरोधि पनि हो।
23
34
413
@Shekharnc
Dr Shekhar Koirala
4 years
सन्दर्भः प्रधानमन्त्रीको अयोध्या वारेको टिप्पणी। देशमा कोरोनो स्थिति नियन्त्रण वाहिर छ, बाढी पहिरोको स्थिति विकराल छ, यस्तो जटिल स्थितिमा र अत्यन्त सम्वेदनशील विषयमा प्रमको हल्का र बेतुकको टिप्पणी हाॅसो उठ्दो छ। यसले संस्कृति पनि जोगिन्न र दुई देशको सम्बन्ध पनि अझै विग्रन्छ।
33
44
405
@Shekharnc
Dr Shekhar Koirala
6 years
काँग्रेस सभापती शेरबहादूर देउवाले महाधिवेशन आउँन अझै ३ बर्ष बाँकी छ भन्नूभएछ। बिधान अनूसार यो कार्यकालको समय अब १ बर्ष ९ महिना मात्रै बाँकी छ। सायद सभापतीजीले बिधान पढ्न भ्याउँनूभएको छैन की !
37
71
401
@Shekharnc
Dr Shekhar Koirala
3 years
आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भयो। राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको छ। संविधानलाई समाप्त गर्ने काम भएको छ। राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुनै सक्दैन।
28
53
400
@Shekharnc
Dr Shekhar Koirala
2 years
प्रेमप्रसाद आचार्यले संघीय संसद् भवन अगाडि दिउँसो आफैंलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेको घट्नाले राज्य लज्जित भएको छ। हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणवारे वहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको श्रृजना गर्ने क�� सत्ताको अंकगणित मै अल्झिरहने?
55
35
407
@Shekharnc
Dr Shekhar Koirala
4 years
सत्याग्रहमा बसेका डा गोविन्द केसीलाई प्रहरी प्रशासनले अभद्र व्यवहार गर्दै जसरी अपहरण शैलीमा नियन्त्रणमा लियो त्यो अत्यन्तै आपत्तिजनक र निन्दनीय छ। नागरिकले शान्तिपूर्ण रुपमा आफ्ना माग राख्न पाउॅने संवैधानिक हक माथीको राज्यको यस्तो निर्लज्जता र बर्बरता काम तुरुन्तै बन्द गरियोस।
10
58
400
@Shekharnc
Dr Shekhar Koirala
4 years
नयाॅवर्ष २०७७को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली समुदायहरुको सुस्वास्थ्य,दिर्घायु तथा समृद्धिको कामना गर्दै शुभकामना ब्यक्त गर्दछु।कोरोना भाईरससँग जुधिरहेको यो जटिल समयमा नेपाल र विश्वभर रहनुभएका नेपालीहरुलाई यसससँग लड्न सक्ने क्षमता र आत्मबल बढोस भन्ने कामना पनी गर्दछु।
44
23
395
@Shekharnc
Dr Shekhar Koirala
2 years
जन्मदिनको अवसरमा मलाई प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा स्वदेश र बिदेशबाट विभिन्न माध्यम मार्फत शुभकामना तथा शुभेच्छा प्रकट गर्नुहुने सबैमा धन्यवादका साथै हार्दिक आभार ब्यक्त गर्दछु।
68
8
394
@Shekharnc
Dr Shekhar Koirala
2 years
शुभकामना प्रिय साथीहरू, तपाईं हाम्रो घर आँगनमा नयाँ वर्ष २०७९ प्रवेश गर्दैछ । नयाँ वर्षको सुखद उपलक्ष्यमा तपाईँ, तपाईँको परिवार र आफन्तजनमा म शुभकामना व्यक्त गर्दछु ।...........
Tweet media one
55
18
385
@Shekharnc
Dr Shekhar Koirala
3 years
लामो रस्साकसी पछि सर्वोच्च अदालतले आज जनता र लोकतन्त्रको पक्षमा ऐतिहासिक फैसला गरेको छ। सर्वोच्चको उक्त फैसलाले संविधानको रक्षा गरेको छ।
20
29
384
@Shekharnc
Dr Shekhar Koirala
2 years
Tweet media one
26
8
381
@Shekharnc
Dr Shekhar Koirala
5 years
वाईडबडी र एनसेल प्रकरणमा अर्बौं रुपैयाँको भ्रष्ट्राचार भैरहेको छ।त्यसको छानबिन गर्न राज्य उदाशिन छ। तर सरकार अती सामान्य कुराका लागी पनी बिदेसीहरुसँग अनुदान मागेर राज्य चलाउँदै छ। देसका लागी यो भन्दा दुर्भाग्य के हुन सक्छ?
26
66
371
@Shekharnc
Dr Shekhar Koirala
6 years
सम्पतीको बारेमा आफूलाई प्रश्न सोधेकै भरमा संचार मन्त्रीले नेपाल टेलिभिजनबाट प्रशारण भेरहेको कार्यक्रम "सिधा प्रश्न" बन्द गराउँनु दुर्भाग्य हो।यसले प्रेस स्वतन्त्रताको धज्जी उडाउँने काम गरेको छ।यो घट्नाले सरकार सर्बसत्ताबादतर्फ जाँदैछ भन्ने गतिलो उदाहरण प्रस्तुत गरेको छ।
13
98
363
@Shekharnc
Dr Shekhar Koirala
3 years
कांग्रेस १४औं महाधिवेशनमा प्रदेशसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने/नपाउने विषय शुरु देखि नै “संशय” थियो। कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो।तसर्थ मतदान नगर्नु उपर्युक्त ठानें।यसक्रममा म बाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु।
61
27
360
@Shekharnc
Dr Shekhar Koirala
6 years
बिश्व संस्कृत सम्मेलनमा भाग लिन क्यानडा जान लागेका नेपाल संस्कृत बिश्वबिध्यालयका उपकुलपतीलाई बिमानस्थलबाटै अपराधीलाई जस्तो गरि पक्रेर सरकारले एकदलिय निरंकुश कम्युनिष्ट शासनको गतिलो उदाहरण प्रस्तुत गरेको छ। यो अत्यन्तै आपत्तीजनक र बर्बर घट्नाको घोर भर्त्सना गर्दछु।
18
49
345
@Shekharnc
Dr Shekhar Koirala
3 years
धर्म, संस्कृति, परम्परा र जातिय पहिचान राष्ट्रका सम्पत्ति र धरोहर हुन। तमु समुदायको पबित्र र महान पर्व "तमु ल्होसार" को अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
5
14
345
@Shekharnc
Dr Shekhar Koirala
4 years
आर्थिक वर्षको झण्डै ९ महिना निर्वाध चलेको अर्थतन्त्रलाई ३ महिनाकोे वहानामा सरकारले कोरोनाले देशको अर्थतन्त्र ध्वस्त पार्यो भनी झुठको खेती गर्यो।त्यसैगरी किसानलाई समयमै मल,वीउ र उपकरण दिन नसकेको सरकारले भविष्यमा सलहको वहानामा कृषि उत्पादन घट्यो भनेर नभनोस,यही सचेत गराउॅन चाहन्छु ।
18
36
334
@Shekharnc
Dr Shekhar Koirala
3 years
उद्यमी, राजनीतिक अभियन्ता तथा विवेकशील साझा पार्टीका पुर्व अध्यक्ष उज्वल थापा केहि दिनदेखि अस्पतालमा कोभिड-१९ सँग लड्दै हुनुहुन्छ। परम्परागत राजनीतिको शैली फेरिनुपर्छ भन्नुहुने र धेरै उद्यमशिल युवाहरुलाई प्रतिनिधित्व गर्नुहुने उज्वलजी, तपाईंको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
Tweet media one
11
32
332
@Shekharnc
Dr Shekhar Koirala
3 years
Tweet media one
21
5
334
@Shekharnc
Dr Shekhar Koirala
4 years
केही भारतीय मिडियाले नेपालका प्रधानमन्त्रीको चरित्रहत्या गर्ने र दुई देशको सम्बन्धमा आँच आउने सामाग्री प्रशारण गर्नु दुःखद कुरा हो।मिडियाको जिम्मेवारी उनीहरुले नेपालवाट सिक्नुपर्ने देखिन्छ।
11
27
330
@Shekharnc
Dr Shekhar Koirala
2 years
प्रेस बिज्ञप्ती .........कांग्रेस पार्टीको बिभिन्न तहका साथीहरु, भातृ तथा शुभेच्छुक संगठनहरुलाई दत्तचित्त भएर आपसी मनमुटाव थाँती राख्दै, पार्टीभित्र एकता कायम गर्दै चुनावी अभियानमा सहभागी हुन म जोडदार अपिल गर्दछु । जय नेपाल ।
Tweet media one
44
62
330
@Shekharnc
Dr Shekhar Koirala
2 years
राजनीतिक स्थायित्व र भ्रष्टाचारमुक्त समाज निर्माण मेरो प्रतिबद्धता ।
Tweet media one
32
40
325
@Shekharnc
Dr Shekhar Koirala
4 years
सरकारी अकर्मण्यताका कारण आज कृषिप्रधान देशका किसान मलका लागी भौंतारीन बाध्य छन।देशको मेरुदण्डका रुपमा रहेका कृषकप्रती राज्य निर्लज्ज देखिनु लाजमर्दो हो।यसकारण उत्पादनमा ह्रास आउने र आर्थिक अवस्था भयावह हुने निश्चित छ।कस्को स्वार्थको लागी मल उपलब्ध गराईएन?सरकारले जवाफ दिन जरूरी छ।
23
43
330
@Shekharnc
Dr Shekhar Koirala
5 years
प्रदेश प्रमुखहरु हटाएर सरकारले अधिनायकवादी चरित्र देखाएको छ।
54
30
321
@Shekharnc
Dr Shekhar Koirala
1 year
कामपाले सिंहदरवार लगायत स्थानको फोहोर नउठाउनु अराजकता हो,जिम्मेवार निकायको यो व्यवहारको सबैले विरोध गर्नैैपर्छ।अर्कोतर्फ सरकारले पनि महानगरले उठाएका प्रश्नको वेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरवारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब हो।दुबै सच्चिनु पर्छ।
109
24
327
@Shekharnc
Dr Shekhar Koirala
3 years
सरकारले नै सिँहदरवार र सडक कब्जा गरेपछि अब सर्वसाधारण कहाँ जाने? मन्त्री नै माग राखेर सडकमा धर्ना कसेपछि ती माग कस्ले पुरा गर्ने होला? लोकतन्त्रको उपहासको यो भन्दा अर्को अनुपम उदाहरण कहाँ पाईएला खै?
21
19
321
@Shekharnc
Dr Shekhar Koirala
3 years
जन्मदिनको अवसरमा प्रत्यक्ष भेटेर, सामाजिक सञ्जाल, टेलिफोन, म्यासेज लगायत बिभिन्न माध्यम मार्फत मलाई शुभकामना एवं शुभेच्छा प्रकट गर्नुहुँने सबैमा हार्दिक कृतज्ञता र धन्यवाद।
56
10
320
@Shekharnc
Dr Shekhar Koirala
2 years
महामानव विपी कोइरालाले प्रतिपादन गर्नुभएको "राष्ट्रिय मेलमिलापको नीति" को आवश्यकता आज अझ बढेर गएको छ। सहमति, सहकार्य र एकता नै स्थायित्वको जग हो। राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा सबैलाई शुभकामना।
27
20
312
@Shekharnc
Dr Shekhar Koirala
4 years
विना कसुर आफ्ना कार्यकर्ता पिट्ने नेकपाका कार्यकर्ता पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्दा प्रशासनले अटेरी गरेपछी शान्तिपूर्ण प्रदर्शनमा उत्रेका नेपाली कांग्रेस गुल्मीका सभापती भुवन श्रेष्ठ लगायत साथीहरूमाथि भएको प्रहरी ज्यादती र आक्रमणको घोर भर्त्सना गर्दछु।
9
24
305
@Shekharnc
Dr Shekhar Koirala
2 years
जनतालाई महंगीको चपेटावाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाई राख्न सरकारले पेट्रोलियम पदार्थको मुल्यमा लाग्ने पुर्वाधार कर रु१०, सडक मर्मत कर रु४ र भंसार र प्रज्ञापन शुल्क रु२५.२३ को आधा रु१२.६२ गरि जम्मा रु २६.६२ प्रति लिटर अन्तराष्ट्रिय बजारमा मुल्य नघटदा सम्म नलिने निर्णय गरोस।
24
38
301
@Shekharnc
Dr Shekhar Koirala
5 years
खेलकुदको बजेटमा मन्त्रीहरु सहित ४० जना उच्च पदाधिकारीलाई दौरा,सुरुवाल,कोट,टोपी,जुत्ता र मोजा प्रदान गरिएछ।राज्यकोषको यो भन्दा चरम दुरुपयोग के हुन सक्छ? ऐनबाटै लुगा भत्ता दिने प्रावधान समेत हटाईनुपर्दछ।
13
55
305
@Shekharnc
Dr Shekhar Koirala
4 years
आरडिटी र पिसिआरमा भ्रष्टाचार,राहतमा भ्रष्टाचार,क्वारेन्टाइनमा भ्रष्टाचार, चार्टर फ्लाईटमा भ्रष्टाचार। यो सरकार भ्रष्टाचारको चाङमाथी उभिएको छ।त्यसैको परिणाम हो काठमाडौको वालुवाटार लगायत देशका बिभिन्न शहरमा भएको युवाहरुको प्रदर्शन।बधाई स्वतस्फूर्त प्रर्दशनमा उत्रिएका ति युवाहरुलाई।
26
29
301
@Shekharnc
Dr Shekhar Koirala
4 years
सरकारको आन्तरिक र बाहृय सुचना प्रणाली कस्तो रहेछ भनेर अहिलेका केही घट्नाले प्रष्ट पारेको छ।प्रम कार्यलयले सामाजिक संजालमा सार्बजनिक चासोको सुचना राख्छ,अपडेट गर्छ अनि हटाउॅछ।मन्त्रीहरु त्यसैको बचाउमा लाग्छन्।संसारमा कतै नहुने दुर्लभ घट्ना यहीं हुदोरहेछ।गजबले सरकार चलिरहेछ धन्य हो।
9
31
299
@Shekharnc
Dr Shekhar Koirala
4 years
चौतर्फी विरोध हुँदाहुदै पनी नयाँ अध्यादेशमा टेकेर संवैधानिक परिषदको बैठक बोलाईनु प्रधानमन्त्रीको बल मिच्याई हो।आज बस्ने परिषद बैठकले गर्ने कुनै पनि नियुक्ती र निर्णय कांग्रेस पार्टीलाई मान्ने हुने छैन।
9
24
299
@Shekharnc
Dr Shekhar Koirala
4 years
Tweet media one
11
0
301
@Shekharnc
Dr Shekhar Koirala
4 years
हालै कर्णाली प्रदेशको हुम्ला जिल्लाको चीनसँगको सीमाको स्थलगत अध्ययन गरी फर्किएका पार्टीका साथीहरूवाट नेपालको सीमा अतिक्रमण गरेको जानकारी पाएँ। यो गम्भीर विषय हो। यस सम्बन्धमा तुरुन्त बिज्ञहरुको टोली खटाई सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग जोडदार माग गर्दछु।
14
34
302
@Shekharnc
Dr Shekhar Koirala
3 years
गैरसंवैधानिक र गैरराजनीतिक तरिकाले लुम्बिनी प्रदेशमा अल्पमतमा रहेका शंकर पोखरेललाई जसरी मुख्यमन्त्रीको सपथ गराईयो यसले एमाले जसरी पनि सत्ता कब्जाको उद्देश्यमा रहेको स्पष्ट पारेको छ।एमालेको बलमिच्याइँ,जबर्जस्ती र संविधानमाथिको नग्न प्रदर्शन कांग्रेसलाई कदापि स्विकार्य हुनै सक्दैन।
15
31
292
@Shekharnc
Dr Shekhar Koirala
4 years
अलोकतान्त्रिक र असंवैधानिक कदम बिरुद्ध बोलेकै भरमा नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले सर्वसत्तावादी र अधिनायकवादी चरित्र देखाएको छ।यो सरकार जति दिन रहन्छ,देश त्यति नै अनिश्चितताको भुमरीमा फस्ने पक्का छ। झाँक्री पक्राउको भर्त्सना गर्दै तत्काल रिहाईको माग गर्दछु।
2
37
291
@Shekharnc
Dr Shekhar Koirala
3 years
जननायक बिपी कोइरालाद्धारा प्रतिपादित राष्ट्रिय मेलमिलाप ४६ बर्षमा प्रवेश गरेको छ। आजको यस ऐतिहासिक अवसरमा कुनै पनि वाद र विवाद भन्दा माथि मेलमिलाप वादको खाँचो राष्ट्र निर्माणको लागि छ। मेलमिलापको सान्दर्भिकता आज पनि कैयन गुणा बढेको छ।
9
27
289
@Shekharnc
Dr Shekhar Koirala
3 years
२०७८ सालको विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत् तथा छठ पर्वको पावन अवसरमा तपाईं र तपाईंको परिवारमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
Tweet media one
31
15
288
@Shekharnc
Dr Shekhar Koirala
2 years
ग्यास सिलिन्डर विस्फोट भई उपचार गराई रहनुभएकी मेरा मित्र एवं कांग्रेस नेता माननीय डा चन्द्र भण्डारीकि आमा हरिकला भण्डारीको निधनले स्तब्ध भएको छु। स्व. आमा प्रती भावपुर्ण श्रद्धाञ्जली तथा सोही घटनामा परि उपचारत डा चन्द्र भण्डारीको शिघ्र स्वास्थ्यलाभको कामना।
Tweet media one
39
13
286
@Shekharnc
Dr Shekhar Koirala
4 years
आफ्ना घर जान हिडेका मजदुर तथा पैदलयात्रीलाई गन्तव्यसम्म पुर्याउन अनी सिमामा रहेका नेपालीलाई आफ्नो देश भित्र्याउन सरकारलाई अदालतले आदेश दिनुपर्ने। कती लाजमर्दो। हैन सरकार छ र यो देशमा? छ भने जनताले यतीसम्म दुःख पाउॅदा किन बोल्दैन,सुन्दैन र देख्दैन त!
32
38
280
@Shekharnc
Dr Shekhar Koirala
5 years
पुस्तक किन्न म नियमित पसल गैरहेको हुन्छु तर आजभोली कुनै पनी बिदेशी पुस्तक भेटिन्न।युनेस्को संगको सम्झौता बिपरित सरकारले बिदेशी प्रकाशनका पुस्तक आयातमा लगाएको १०% करका कारणले पुस्तकको अभाव भएको छ। सर्बसाधारणले ज्ञान लिन पाउॅने अधिकारमाथी लगाइएको अनावश्यक कर तत्कालै खारेज गरियोस।
14
40
280
@Shekharnc
Dr Shekhar Koirala
1 year
Tweet media one
36
51
277
@Shekharnc
Dr Shekhar Koirala
3 years
नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछिको समिक्षात्मक बैठकमा राखेको मन्तव्यको सम्पादित अंश:
Tweet media one
10
37
273
@Shekharnc
Dr Shekhar Koirala
4 years
संसदलाई पिसिआर परिक्षण अनी संक्रमित क्षेत्रका जनतालाई आरडिटी मात्र? यो कस्तो शैली हो सरकार? संसदलाई गरिएको ठिक छ तर जनताप्रति पनि सरकार यस्तै जिम्मेवार भईदिए कस्तो हुन्थ्यो। अनी जनताले राज्य भएको अनुभुती गर्थे होलान।
7
30
263
@Shekharnc
Dr Shekhar Koirala
4 years
समग्र नेपाली जनता असंवैधानिक रुपमा गरिएको "संसद बिघटन सम्बन्धि मुद्दा" मा सर्वोच्च अदालतको फैसला कुरेर बसेका छन्। यसको छिटो भन्दा छिटो फैसला हुन जरुरी छ र विद्धान कानुन व्यावसायिहरुले छिटो फैसला गराउँने तर्फ सहजीकरण गर्नुपर्छ।
7
28
267
@Shekharnc
Dr Shekhar Koirala
4 years
अख्तियारले निजी क्षेत्रलाई समेत छानविनको दायरामा ल्याउने गरी तयार पारेको विधेयक संविधानको प्रावधान विपरित छ । नेपालको संविधानको धारा २३९ ले स्पष्ट रुपमा ‘सार्वजनिक पद धारण गरको व्यक्ति’ भनेर किटान गर्दागर्दै यसरी विधेयक ल्याउनु अधिनायकवाद तर्फको सरकारको अर्को फड्को हो ।
25
45
268
@Shekharnc
Dr Shekhar Koirala
5 years
संबिधानले गाई राष्ट्रिय जनावर भनेको छ।गाईसँग हिन्दुहरुको अत्यन्तै ठुलो आस्था र संस्कृति जोडिएको छ।भर्खरै दैलेखमा भिरबाट खसाएर गाई मारिएको घट्नाले हिन्दुहरुको आस्थामाथी ठेस पुगेको छ।यो घट्नामा संलग्नलाई तुरुन्तै कानुनी कठघरामा ल्याएर कडा कारबाही गरियोस।
17
28
259
@Shekharnc
Dr Shekhar Koirala
2 years
संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनुभएका रामचन्द्र पौडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना।
Tweet media one
17
20
263
@Shekharnc
Dr Shekhar Koirala
4 years
देशको माटो निधारमा लगाएर प्रतिगमनका विरुद्धमा शान्तिपुर्ण प्रदर्शन रहेका नागरिक समाज माथि वर्वरताको निन्दा र भत्सर्ना जति गरेपनि पुग्दैन।त्यो अपराधको दण्डबाट मुक्ति न त मन्दिरमा गरिने क्षमा पुजाबाट सम्भव छ न त कम्युनिष्ट शब्दकोषको आत्मालोचनाबाट नै। सरकार,नागरिक समाजसँग क्षमा माग।
11
41
258
@Shekharnc
Dr Shekhar Koirala
6 years
सरकार एकातिर कानुनी राज्यको कूरा गर्छ अर्को तर्फ बालकृष्ण ढुंगेललाई रिहा गर्ने तयारी गरेर दण्डहिनतालाई प्रश्रय दिन खोज्दैछ।यसले जनमानसमा के सन्देश दिन्छ? र अन्तराष्ट्रिय तहमा देशको छबी कहाँ पूग्छ?
13
54
254
@Shekharnc
Dr Shekhar Koirala
4 years
असंवैधानिक र बदनियतपूर्ण तरिकाले गरिएका संवैधानिक नियुक्तिहरु काँग्रेसलाई कदापि स्विकार्य हुनेछैन् । सबै नियुक्ति तत्काल खारेज गरिनुपर्छ ।
31
27
254
@Shekharnc
Dr Shekhar Koirala
4 years
हामी अझै पनि कोभिडको उच्च जोखिममा छौं। जोखिमकै बिचमा पार्टीका गतिविधि तथा कार्यक्रमहरु गर्नुपर्ने अवस्था छ। कार्यक्रममा सबैले अनिवार्य रुपमा मास्क लगाउँन तथा स्वागत स्वरुप माला एवं खादा लगाईदिने र फूल दिने काम बन्द गर्न पार्टीका सबै तहका साथीहरूमा आग्रह गर्दछु।
Tweet media one
15
24
258
@Shekharnc
Dr Shekhar Koirala
3 years
TO ALL MY FRIENDS AND RELATIVES A HAPPY HEALTHY PROSPEROUS AND PEACEFUL NEW YEAR 2022
17
10
258
@Shekharnc
Dr Shekhar Koirala
3 years
सन्दर्भ वीपी स्मृति दिवशः वीपी अर्थात, लोकतन्त्र, राष्ट्रियता र समाजवादको अर्को नाम। आज हामीले उपभोग गर्दै गरेको कसैले हर्न, चोर्न र खोस्न नसक्ने लोकतन्त्रका द्रष्टा। उहाँका विचार हिजो जति सान्दर्भिक थिए आज अझ बढी भएको छ र भोलि झन बढी हुनेछ। श्रद्धासुमन।
25
27
254