#गजल
महल खोज्यौ तिमिल म सँग घर थिएन
छानो त थियो छानो छाउने खर थिएन
उपचार खर्च जुटाउन मुग्लान छिरेथ्यो
बाउ चितामा जल्दा सम्म खबर थिएन
कोलाहल र भिडमा खेल्ने, रमाउने रैछेउ
मेरो मन त शान्त गाउँ थियो,शहर थिएन
उनको प्रश्न थियोल तिमि कति माया गर्छौ
आफैंलाइ भुलेको थिए मसग उत्तर थिएन
#मुक्तक:
अनेक नाटक रचना गरि , एक्लै भेट्न खोज्छन्
झुटो माया जालमा पारि , तृष्णा मेट्न खोज्छन् ।
मानव समाज यति बिघ्न , क्रुर बन्दै गयो अचेल
अचानोमा गर्धन राखि , चुलेँसीले रेट्न खोज्छन् ।।