हातभरी फोरा उठायर मिहिनेत गरेपनि परिस्थिति ले भोको राख्दो रहेछ ,अन्तिम दिन कहिले कहाँ हो थाहा छैन ठाउँ ठाउँ मा ईष्ट राख्दै जाउ आजै अन्तिम दिन सम्झेर रमाउदै जाउ
अनुमती विना प्रवेश निषेधित क्षेत्रमा प्रवेश गर्दै हुनुहुन्छ,कृपया फ्लोब्याक पाउने आशाले फ्लो गर्न कष्ट नगर्नुहोला।हामी संख्यात्मक भन्दा गुणात्मक मा ध्यान दिने छौ,धेरै साथि बनाएर अपरिचित हुनभन्दा थोरै सहि धेरै समय बिताउन चाहान्छौ। शुभ दिन
"सिकाई को कहिल्यै अन्त हुदैन"
भन यो योगदान कस्को
न झरि न बादल
सधै उहि ठडिनु
उसैमा लत्रिएर बर्षौ देखि
अग्नि ज्वाला भन्दा कडा तरङ्ग
बोकेर हिड्ने यि तारहरु
उसै तारमा तुर्लुङ्ग झुण्डिने बल्ब
जसले प्रकाशमय बनाईदिन्छ
त्यो कालो रात
हो त्यस्तै छ
मेरो जिन्दगी तनाई
र मेरो प्रेम
म शब्द हुँ,
तिमी अर्थ निकाल
या अनर्थ निकाल
अश्लीस्ता निकाल
पर्याबाची निकाल या
उल्टो अर्थ निकाल
तिम्रो दिमाखमा जसको
हैकम बढि छ
त्यहि नै निकाल्ने नै हौ
म प्रयोग हुँ
तिमी खेतालो
जुन हिसाब ले लगाए पनि
लगाउ त्यहा तिम्रो दिमाख चल्छ
मेरो होइन किनकी
म शब्द हुँ
प्रयोग हुँ
अर्थ लगाउने
तिमी सफलताको शिखर चुम्दै जानू
बदनामीको ओराली झर्ने म छदैछु नी
तिमी अक्सीजन बनेर जीवन रक्षा गर्नु
कार्वनडाईअक्साईड बनेर बाहिरिने म छदैछु नी
तिमी खुल्ला आकाशमा स्वतन्त्र उडिरहनु
गिद्व,बाज शिकारीसँग लड्ने म छदैछु नी
मंसीर आयो सकेसम्म खोज्नु एनआरएन
हैनर प्यारी कोहि नपाए म छदैछु नि
तिमीले मेरो कोहि छैन भनि भनि संसार आफ्नो बनायौ
मेरो सब तिमी भन्ने अहंकार थियो तिमीले रित्तो बनायौ
सबै मन उस्तै ,सबै बिचार उस्तै हुदैनन् बाठो बन्नु बेकुपी
मख्ख पार्यौ भावुक हुदै बस्यो माया चारतिर खनायौ
म किन हराउछुु त्यो तिम्रो नजरमा खै किन
सिजन हरायको बस्त्र खोजि हुदैन बजारमा झै किन
भिन्न रङ्ग स्वाद त्यो मुला अनि गाजरमा खै किन
मिलेन तन मन मोबाइल को भिन्न चार्जर झै किन
जति मिठो बोले पनि तिमी बोल्छौ जर्जर किन
अरुसँग मस्केर बोल्दा पनि रोप्छ खञ्जर झै किन
नजरले चाहेको नदेख्दा दिनहुँ छाती चिरीयो
शान्त हुन्थ्यो मन जतिदिन तिम्रो तस्बिर हेरीयो
चिठि पठाउन ठेगाना फोन गर्न नम्बर छैन
देखेनौ कि बुझेनौ भाव यहाँ कति शब्द कोरीयो
प्रेमील मान्छे म एकान्तमा रमाउथे शब्दमा खेल्थे
बिग्रीयो मन भट्टिमा रम्छ अजकल गन्तव्य फेरियो
एउटा
मुश्किलले घडेरी जोडेको
दश वर्ष मरुभूमि को खटाईले
दलालको चक्करमा परेछु
किनेछु बाटो बिनाको
बाटो किन्दा
घडेरीको मुल्य हिड्यो
अहिले बाटो आयो
त्यहि बाटोले घडेरी खायो
न मरुभूमि पस्ने उमेरछ
न बस्ने बाँस
जिन्दगी धेरैको पिडा छ
बुझ्दा गम्भीर छ
पुर्खा को पाला बाटो खन्नु
तिमी फुल म काँडा कोहि बनोस पातहरु
माया पातलाई गाली खाने छदैछ सुरक्षा दिने हातहरु
धेरै सुन्दर ,मगमगाउदै वारीपारी ,आर्कषणमा परे नजर
हर कोही मोहित भई आए बोकेर बैशको मातहरु
ज्ञानि बुद्धिजीवी दार्शनिक किन नहोस अचम्म यो मोहनी
एकाएक नाङ्गीन चाहान्छन् देखाउदै आफ्नो असली अौकातहरु
तिमीसँग
बोल्न कुनै कारण नै चाहिन्न
तिम्रो भावाना नबुझी
म मेरो मन बुझेर
बोलीरहेको हुन्छु
खै
थाहा छैन तिमीलाई
असहज लाग्छ या दिक्क
तै पनि बोलाई बोलाई बोल्छु
घुर्सी घुर्सी बोल्छु
तिम्रो मन भएपनि
तिम्रो मन नभएपनि
साथ दिदै गरे है
कमसेकम
यो मनको शितलको लागी………………
शब्द धेरै कोरीए तर शब्दमा कोहि कोरीएन
तस्बिर धेरै कोरीए तर तस्बिरमा कोहि कोरीएन
धनयुद्व र प्रेमयुद्व एकैपटक गरु कसरी होइन र
तसर्थ तर्केर हिडे आफै कसैको मन चोरीएन
देखिदैन हजुर मन जलेको
महशुस मात्रै हो मन जलेको
लाख कोशीष गर वास्ता हुदैन
सबैले ताप्ने आखिर आगो बलेको
सहायता सदायता मनोमानी मन
देख्दैन कसैले हृदय पोलेको
खोजीनिती हुदैन गुणस्तर यहाँ
चलाउछन् सबैले सामान बजारमा चलेको
नदि समुन्द्र भेट्न दौडिन्छ
खोला खोल्सी नदि भेट्न दौडिन्छ
कुलो कुलेसा खोली खोल्सी भेट्न दौडिन्छ
यस्तै छ हाम्रो प्रेम पनि
म तिमी भेट्न दौडिने
तिमि उसलाई भेट्न दौडिने र
त्यो उसले झन् अर्को उसलाई भेट्न दौडिने
जुन दिन
एऊटा सुल्टो अर्को उल्टो दौडिन्छ
त्यो ईतिहास बन्छ
चाहे तिमीले घुचुक्मा प्रहार गर या छातीमा
तितो भएपनि धेरै फरक छ करेला र पातीमा
दिन त जसो तसो कट्दो रहेछ दुँनियादारी हेरेर
समय बिताउन कठिन भनेको केवल रातीमा
तिमी सधै सफा मौसम खोज्छौ रमाइलो पल
त्यो सङ्लो तेल छानिएको हो पिना ,कातीमा
बारम्बार घुर्क्याउदै पर्दैन यो ज्यान जलाउन
आफ्नो काम निकाल्न स्वार्थ को फुल फलाउन
सुनलाई भन्दा धेरै गाह्रो फलाम हुन्छ गलाउन
कहाँ सजीलो हुन्छ र हजुर पिरतीको डुङ्गा चलाउन
धेरै अवरोध खडा हुन्छ पर्छ चलाखीले छलाउन
परिस्थिति उल्टिय राक्षस झै पर्छ तहलाउन
समय यस्तो छ
यस्तै चलिरहेछ
अन्न पानिको ज्यान
अकल्पनीय कुरा हुन्छ
कल्पनिय हुदैन
एका तिर काम अर्को तिर धन्दा
यसो बिचार गर्यो
भोली जाति होला आज भन्दा
मिलनको आशा छ
र बाचेको छु
नत्र
मरुभूमि को चर्को घाम
साहुँको रुखो बचन
र मेष को खानाले
बच्न त एक रति सहयोग गर्दैन
बिहान गयो
दिन गयो
रात गयो
फेरि बिहान आयो
अँ ह तिमी आईनौ
अँ ह केही खबर पठाईनौ
समयको पावन्दि
सबैमा छ
तिमिमा र म मा पनि
कमसेकम
केही समचार
पठाउने परिस्थिति भएन र
अचम्म छु
सोचमग्न छु
मान्छेले कसरी
झ्याप्पै मन मार्न सक्छ भनेर
एक झल्कध आएन
ईत्ती पनि याद आएन
बाडुली लागेन र
तोड्यो सम्मान जति सबै अहंकार ले नातामा
बिचराले के जोडेको थियो दुईवटा घडेरी बाटामा
ओछ्याउदा ओड्ने थिएन ओडे ओछ्यान खाटमा
फुर्ती लगाउछ भात खान दशै कुर्थे सधै छाक टर्थो आँटामा
आज मान्छेलाई मान्छे गन्दैन उसले धनको मातमा
कोहि बेला टिलाको लागि कौडि थिएन उसको साथमा
यदि मेरा बचनका बाणले घायल भए त्यो बाण मलाई नै निकाल्न लगाउनु किनकी तड्पाई देख्न सकु चित्कार सुन्न सकु ,अन्यत्र झिकेर आएमा अर्को बाण खान तयार हुनुस प्रहार भैरहन्छ
लेक पुगे बेंसी झरे
भञ्ज्याङ पुगे
गैरी खेत पुगे
अहँ कहि कतै देखिन पदछाप
पध्यरीमा
अध्यारो हुदा सम्म बसे
तिमी आईनौ
चौतारी मा चिनो थिएन
कता जादै छु भन्ने हाम्रो ईशारा
अन्यौल मा रन्थनिदै थिए
यति धेरै परिक्षा किन
बेगम
निद लागेन बसाँई सर्ने कुराले
एक फेर भेटनभई मर्ने कुराले
आनन्द आउछ र आँशु झर्ने कुराले
पिडाका शब्दले सधै मन भर्ने कुराले
पिडा माथि छट्पटी पिर पर्ने कुराले
हाँसु या रुदै बसु तिमीले गर्ने कुराले
पहिलो पटक बोल्न डराउने लाछीहरु,कायर ओठ काँपेर हड्बड गर्दै प्रस्ताव स सम्मानको साथ
अलिकति घुलमिल भएपछि हैकम जमाउदै मुड्क्याउने धम्की दिने ,नामर्दै
पीडा हजुर छिमेकी बेडको रडाको सुत्न दिदैनन् झगडा ले