कहिले भाग्य भएन कहिले कर्मैले दिएन कति सपना रहर भावना कति आत्मा भित्रका मनोकांक्षाहरु पुग्दै पुगेन।म लडु उठुं हिडु नियती पसिना दुख शुख खुसी अलिकती के अलिकती के जीवन यतै कतै चली रहन्छ म हिंडि रहन्छु जिवन हिंडि रहन्छ म चली रहन्छु यात्री जो हुं यतै कतै अल्झी रहेछु अनि अल्झी रहने छु।
जोडिएको सम्बन्ध लाई सदा कायम मै राख्नुहोस ,सिमलको भुवा झै उड्न नदिनुस,झुकेर हुन्छ वा सम्झौता मै भए पनि हरेक सम्बन्ध प्रगाढ नै बनाइराख्नुहोस ।#शुभबिहानी
यो मानव निर्मित दुनियाँ हो यहाँ कुनै पनि कुराहरू सदाबहार रहदैनन,त्यो बालापन रहेन यो जवानि सकिदै छ अझ बुढेसकाल रहनेछैन किनकि आफ्नै गतिमा चलेको समय संगै आएको बसन्त रहदैन झरि सकिन्छ बादल हराइजान्छ एक सकिएकै हुन्छ अर्को आएकै हुन्छ त्यसैले म सधैंयस्तै रहन्छु कसैले नसोचे हुन्छ।शुभपल🌷
जहाँ हामीले लिने हावा देखिने आकाश पोल्ने घाम टेक्ने जमिन अनि समय एउटै छ प्रिय त्यहा एक पल पनि अलग हुने कुरा नहोस् आउ प्रिय एक कप चिया अनि माया लिएर आउ ।☕️
#शुभबिहानी_शुभपल्☕️🌷☕️
भित्ताको घडी आफ्नै तालमा घुमिरहे छ पुर्ब बाट उदाएको सुर्य पश्चिम तिर फड्को मारिरहेको छ,तर भित्ताहरूमा सजिएका फोटोहरू नियाल्छु एक रत्ति पनि परिवर्तन भएका छैनन् त्यहि खुसि छ त्यहि उमंग छ त्यहि हासो छ म घडीको सुइ र उदाउने सुर्य संगै ढलिसकेछु ।।
#शुभबिहानी_शुभपल्🌷🙏🌷
मानव स्वतन्त्रताले बाच्न चाहन्छ स्वतन्त्रता मानिसको नैसर्गिक अधिकार हो मैले तिम्रो स्वतन्त्रता माथि हनन गरे हरेक पल मेरै नजिक हुन पर्छ भन्दिन, तिमि त चरि हौ धागो बिनाको चङ्गा हौ आफै रमाउ आफ्नै मनमानि मा रमाउ!! #शुभबिहानी_शुभपल🙏💕☕️🙏
जब तपाईंलाई आपत पर्छ सम्झनुहोस अग्नि परिक्षा हुंदै छ। स्कुलको परीक्षा जस्तो सजिलो हुदैन जिन्दगीको परीक्षा घोकेर हैन सोचेर हल गर्नुपर्दोरहेछ।।
#शुभबिहानी_शुभपल्🙏🌷🍵
जिन्दगीको खोजीमा हिडेको म एउटा यात्री हु,म मेरै बैशागी हु,ऎना हु,म आफ्नै छायालाई साथी मान्छु आफैले आफै भित्र माया पाउछु अथाह प्रेम पनि गर्छु !! #शुभपल 🌷🙏🌷
जोडिएका हात छुट्टिन्छन,संगै हिडेका साथ छुट्टिन्छन,मजबुत सम्बन्ध छुट्टिन्छन,माया प्रेम छुट्टिन्छन,आफन्त छुट्टिन्छन आखिरमा छुट्टिनु एक नियम रहेछ ।। 💕
# शुभबिहानी_शुभपल्🙏☕️🌷
तिम्रो हारलाइ बिजयमा परिरणत गराएर खुसि दिन्छु भन्दिन,तर तिमि हारेको पीडामा दुखि हुँदा म साथमा छु एक दिन अवस्य जित्ने छौ भनेर सान्त्वना पक्कै दिने कोशिस गर्ने छु।
#शुभबिहानी_शुभसमय्🌷🙏🌷
भन्न पो सजिलो छ म तिमि बाट टाढा हुँदै छु भनेर जो मन देखि जोडिएको हुन्छ उसको ज्यान मात्रै टाढा हुने हो ध्यान त सधैं त्यहि कुरामा बहकिन्छ।।
#शुभबिहानी 🌷🙏🌷
रिस डाह गरेर केही हुँदैन,लक्ष्यमा पुगेका मानिसहरुको कदम पछ्याउदै पछ्याउदै गएमा आफु पनि लक्ष्यमा पुगिन्छ ति कदमसँगै हिड्ने पाइलाले नै सफलता भेट्छन जसरी समुन्द्रमा पुग्न सारा नदिहरु सँगै हिड्छन ।। #शुभबिहानी_शुभपल्🙏☕️🙏
छरिएका सगाल्नु छ,
टुटेका जोड्नु छ,
बनेका जोगाउनु छ,
बिग्रेका बनाउनु छ,
केहि रोप्नु छ,
केहि फुलाउनु छ,
यो सपना बनाउने समय होइन
लक्ष्य पुरा गर्ने बिहान हो
अब उठौ जुटौ ।।
#शुभबिहानी🙏💞💞🙏
दागबत्ती दिने मात्रै घरको मान्छे हुन्छन्
जलाउन चिहान बनाउने त नजिकै आफन्त हुन्छन् त्यसैले सबैको जिवित हुँदै सम्मान गर्नु सक्नु पर्छ!! 🙏🙏
#शुभ_प्रभात_शुभबिहानी ☕️🌷☕️
कसैलाई प्रेम गर्नु भनेको विश्वासको धागो बन्नु हो यदि तपाई कसैलाई आफ्नो हृदय दिँदै र भरोसा गर्दै हुनुहुन्छ भने सोचेर बुझेर मात्रै भरोसा गर्नुहोस् प्रेम गर्नुहोस् सम्बन्ध जोड्नुहोस ।।🙏
#शुभबिहानी_शुभपल्☕️🌷
यो शहर यस्तै रहेछ यहाँ एक पल खुसी हुन पनि सोचिदो रहेछ, यो कुरामा खुसी हौ त्यो कुरामा खुसी हौ केही नसोचिदो रहेछ, खुसी हुनलाई ठुलो कुरा खोजिदो रहेछ, पछिपछि त खुसी हुन पनि बिर्सिइदो रहेछ!! 🇳🇵#शुभपल_शुभसमय ☕️🌷☕️
वितेका अतितका पलहरु स्मरण गर्दै निराश र उराठ लाग्दा दिनहरु विताउन मान्छे विवश हुदोरहेछ फालिएको ढुङ्गालाई अबिर लगाएर राख्यो भने त्यो भगवान हुन्छ तर आजभोलिका मान्छेहरु भगवान त परै जावोस मान्छे समेत नहुदा रहेछन त्यसैले आफ्नो जिन्दगी आफ्नै तरिकाले जिउन सिक्नु पर्छ।
#शुभबिहानी 🍵🌷
जन्म पश्चात बाचुञ्जेल संघर्ष सँगै मृत्युवरण गर्नु पर्छ, तर कहिलेकाही यहि जिन्दगी लर्बरिदा जीवन शुन्य लाग्छ,निराश लाग्छ,तर पनि यहाँ सयौं मानिसहरु शुन्यतामा बाँचिरहन्छ जिन्दगीलाई मौका सम्झेर,जीवनका अनेक दुःख,पीडाका बाबजुद पनि हाँसिरहन्छ, मुस्कुराइ रहन्छ!!
#शुभपल_शुभसमय्🌷🙏🌷
केही दिन बोल्न र बोलाउन छोड्न पर्छ जतिसुकै आत्मीय सम्बन्ध पनि बिस्तारै टाढिदै जाने रहेछन् जस्तो कि ट्विटरमा आत्मीय मनहरु टाढिए झै!!🙏🌷🙏
#शुभ_प्रभात_शुभपल्🌹☕️☕️🌹
सुरुवातको पहिलो चरण हो पाइला अगाडि बढाउनु जब तपाईं नडराइ अगाडि बढ्नु हुन्छ नि तपाईसामु आएका हजारौं समस्याको समाधान त्यही भेटिन्छ पाइला अगाडि नबढाइ म सक्दिन कि भन्ने सोच्नु हुन्छ भने तपाई सरल काम गर्न सक्नु हुन्न
त्यसैले हिम्मतलाई बलियो बनाइ गन्तव्य तय गर्नुहोस् । #शुभबिहानि🙏🌹
सधैं हामीले सोचेजस्तो नतिजा आउदैन यस्तो अवस्थामा आफैँसँग नराम्रो सोच्ने र अप्ठ्यारो परिस्थितिबाट भाग्ने काम नगर्नुहोस् । हुन त कठिनाइसँग जुध्ने क्रममा कहिलेकाहीँ कमजोर र कहिलेकाम दुखी हुने गरिन्छ ,तर, हिँड्नुहोस्, अप्ठ्याराहरू पार गर्नुहोस् एकदिन सफलता अवस्य पाइने छ #शुभ_प्रभात
हामी जिन्दगीभर शान्ति प्राप्तिका लागि दौडिरहेका हुन्छौँ, तर, कसरी शान्ति प्राप्त हुन्छ भन्ने कुरामा ध्यान दिँदैनौँ अरुले के भन्छ त्यो कुरा सुनेर निर्णय लिन्छौँ,यदि आफूमा शान्ति छाओस् खुसी पलाओस भन्ने कामना गर्छौं भने अन्तरआत्माको आवाज सुन्न जरुरी हुन्छ।। #शुभबिहानी ☕️🙏☕️
कुनै कुरा यसरी फर्केर आउछन मानौ कि त्यो बिना मेरो जिन्दगी नै थिएन बस केवल थोरै प्रतीक्षा गर्नु पर्दो रहेछ साच्चिकै धर्यता नै मान्छे विजयोल्लास मनाउने पल रहेछ।। #शुभबिहानी_अविरल सम्झना💗 #फेरि_आइ_पुगे🌷🙏🌷
मानिसको हरेक यात्रा आजबाट नै शुरु हुदोरहेछ,भोली भनेर कुर्ने हो भने कुनै काम नै शुरु नहुदोरहेछ,सफल जिन्दगीको लागि आवश्यक कदम अहिले नै आफैले चाल्नु पर्दोरहेछ,त्यसैले यहाँ आफ्नो जिन्दगीको हरेक पल आफ्नै रहेछ र, जिन्दगी पनि आफ्नै हो रहेछ #शुभबिहान्_शुभपल्☕️🌷 ।
बिहानीको बहार देख्दा खुसीले गदगद हुन्छु उडुँकी गुडुँ हुन्छ सुन्दर बिहानीको शीतल र शालिन अनुहार देखेर भमरो बनेर फूलसित मितेरी गाँस्न रहर लाग्छ,चरि बनेर आकाश सङ्ग सम्बन्ध बनाउन मन लाग्छ प्रेमको पराग साटेर नयाँ फूल फूलाउन मन लाग्छ यो बिहान चाहाना को बनिदियोस ।🙏
#शुभबिहानि🌷☕️🌷
यो धर्तिमा जन्म,मृत्यु,दिन,रात, माया,मोह,आफ्ना,पराइ यी सबै झुट हुन्, सच्चा त केवल ���त्मा हो मन हो जो अमर छ, जब सम्म यो संसार रहन्छ, तब सम्म आत्मा रहन्छ र सच्चा नै आत्मा हो मन हो अरु सबै झुट्।।🌷
#शुभपल्_नमस्कार 🙏🌹🙏
त्यो समय टहटह आकाशमा जुन बसन्त ऋतुको समय चराचुरुङ्गीको चिरबिर आवाज साझपख चोकतिरको हावा सबै उस्तै हुनुपर्छ समय निरन्तर डौडिरह्यो म परिवर्तन भए तर पनि ति यादहरुले बारम्बार घोचिरह्यो अहिले जिन्दगीमा न जुन देख्छु न त बसन्त नै न ति चराचुरुङ्गीको आवाज साच्चै बहुत ढाढिए छु।
#शुभपल🌷🙏🌷
मैले भोग्न पर्ने जिन्दगि कति समयको हो,हिसाब गरिरहेको छु,हुन त यहा सबै सोचे जस्तो सजिलो र सम्भव छैन,कयौं प्रयास पछि एक सफलता प्रात गर्न यहा युद्द लडे भन्दा कठिन हुन्छ,त्यसैले जिन्दगि सग मेरो गुनासो भनेको सम्पति भन्दा पनि खुसि माग्ने गर्छु मागिरहेछु। 🚶♂️
#शुभपल_नमस्कार 🌷🙏🌷
मेरो जन्म उत्सवको खुसिमा सामाजिक सन्जाल ट्विटर,भाइबर वाट्सप,फेसबुक,फोन र प्रत्यक्ष अप्रत्यक्ष रुपमा आशिर्वाद दिनुहुने साथिहरु दाजुभाइ दिदिबहिनी प्रति आभार प्रकट गर्छु यहाको आशिर्वादले सधैं खुसि रहने कोसिश गर्ने छु सम्पुर्णमा धन्यवाद तथा नमस्कार गर्छु।।🙏🌷💞🎂
#एक_खुसि_जिन्दगी 🚶♂️
यहाँ समेटिएका सपना र कल्पनाहरु असम्भव छन या छैनन् बुझ्न सजिएन केवल ति सपना देखियो मात्रै संकल्प एकातिर बिकल्प अर्को तिर हुदै गयो समयले जिन्दगी त फेरबदल गरियो रह्यो तर जिन्दगीले समय फेर्न सकेन म फेरिए ति सपना कहिल्यै फेरिएन ।।
#शुभपल_शुभसमय्🌷🙏🌷
कहिले काहीं यस्तो पनि सोच्ने गर्दछु
��ैब लाग्नु भन्दा कसैको दास भएर बस्नु
भन्दा बरु लास भएर आफ्नो देश फर्की दिउ तर कहाँ सकिदो रहेछ र ती परिवारका दुखको भारी देखेर ।।😞😞
समय निरन्तर बितिरहेको हुन्छ, समय संगै गुनासोहरू उब्जिन्छन् र सकिन्छन पनि जसरी समय जस्तै खोलामा बगेको पनि सरह,समय आउँछ जान्छ तर कसैलाई पर्खेर बस्दैन चलिरहन्छ नदि झै आफ्नै गतिमा चरिझै आफ्नै रहरमा।
#शुभबिहानी_शुभपल्🌷🙏🌷
हरेकमा आफ्नै विशिष्ट क्षमता,बुद्धि र विवेक आँट हुदो रहेछ, तिनलाई निष्क्रिय नराखी, क्रियाशील बनाउनु अभ्यासमा ल्याउनु र अरु विकसित गराउनुलाई जीवनको उपभोग भनिदोरहेछ, जसले जीवनको सहि उपभोग गर्नसक्दछ उसले जीवनलाई सुन्दर बनाउन र जीवनको मुल्य बोध गर्नसक्दोरहेछ नत्र। #शुभबिहानि🙏☕️🙏🌷
जिवनमा जे हुन्छ भनेर सोचिएको त्यो भइरहेको हुँदैन जे भइराखेको हुन्छ त्यस बारे सोचिएको हुँदैन सायद त्यसैले पनि भाग्यभन्दा धेरै र समयभन्दा पहिला कुनै पनि चिज प्राप्त हुँदैन ।।
#शुभपल🌷🙏🌷
कयौं सपनाहरूका महल भित्र चुहिने छानाहरुले सताएको भित्री कथा त्यही कथामा ब्यथाहरुको जालो सहालेर एक्लै डुलिरहेको म मात्रै होइन तमाम दुखीहरु छन होला र चित्त बुझाउने मन बहकाउन्व बाटो बनेको छ ।#शुभ_बिहानि🙏☕️🙏
मानिसको जिबन त एक बटुवाको जस्तै रहेछ जिबन र परिवार वा आफन्त एक बटुवाले अर्को बटुवालाई भेटे जस्तै हुदा रहेछन् क्षण बिताए जस्तै, पल रमाए जस्तै आफ्ना गन्तब्य परिबर्तन पछि छुट्टिएर भुल्दा रहेछन् ,एक्लै यात्रा तय गर्न बाध्यता आउदा रहेछन ।।
#शुभसमय🙏🌷💕
हामीलाई २००७ सालको प्रजातान्त्रिक राज्य चाहिन्छ,जसले देशप्रतिको स्वाधीनता बलियो बन्नेछ शत्ता शक्ति र कुर्सीको आडमा देशलाइ लुटिरहेका गद्दारहरुको उठिबास लाग्ने छ देश शान्तिमय हुनेछ पक्कै पनि त्यो समयको राजतन्त्र र समय संगै स्थापन हुने राजसस्था जनताको हितमा काम गर्ने छ।
#जय_देश 🙏
फुलका लागि सुगन्ध बर्षातका लागि पानी प्रकाशका लागि सुर्य जिवनका लागि आफन्त माया प्रेमको अभाव हुन्छ त्यसरि नै समय महत्त्व जिवनका लागि हुन्छ एकले अर्कोको सहारा लिएर अगाडि बढ्नु नै त जिन्दगी हो प्रिय ।।
#शुभपल☕️🌷🙏
छुट्ने भनेको त् समयको पलहरु मात्रै रहेछन् ती यादहरु र समयले दिएको यी पीडाहरु मै संग हिडिरहेछन,अनि म पनि यिनै पीडाहरु संगै हिडिरहेछु,यी आसुहरु र अरुसंग बाड्न नसकेका पीडाहरु आसु बनेर आफैसग बाडिरहेछु त्यसैले त् जति जति यी आसुहरु परेलीमा झरिरहन्छन उति नै मन पनि हल्का हुदै गइरहेछ,!🌷
त्यो बालापनमा कल्पनाको सागरमा डुबुल्की हान्दै भबिस्यको सपनालाइ वर्तमानमा सजाउदै अर्कै संसारमा रमाउदै बिताएका ती पल स्वर्ग भन्दा कहाँ कम थिए म सम्झन्छु त्यो प्रत्येक पल ,सम्झेका ति पल र बिताउदै गरेको यो जिन्दगी फरक भइरहेछन त्यो बिपनाको जिवन र सपनाको समय केहि मिल्दैन।
#शुभपल्🌷🙏
मैले आफुले जिएको कृतिम जिन्दगीलाइ सम्झेर आफैलाई धिकार्नु नपरोस “जिन्दगी भर कालोलाइ कालै र सेतोलाई सेतै”भनेर जिन्दगीका अन्तिम क्षणहरु गौरवान्तित भएर जिउन सकु कसैको डाह गर्न नपरोस् इश्याको बारेमा सोच्दै नसोचु बाच्ने जिन्दगीका केहि पल म भएर बाच्न सकु म भएरै हास्न सकु।
#शुभबिहानि🙏🌷
मान्छेले एकदिन यो संसार छाडेर जानु पर्छ थाहा छ, तरपनि मान्छे ज्यानमा प्राण रहुन्जेल अनेकन सपना देख्ने गर्दो रहेछ,फरक मान्छेको फरक सपना होला अनि सपनालाई सार्थक बनाउने तरिका पनि फरक हुनसक्छन तर सबै मान्छेका सपना खुसि हुन सोचेका चाहाना पुरा गर्ने नै हुन्छन्।।
#शुभपल_शुभसमय्🙏🌷🙏
भुल्नेहरुले भुलिरहन्छ बस तपाई हरेक पल सम्झन नछोड्नुहोस,यो दुनियाँमा सम्झना याद दया!माया अनि मीठो बोली अरुको आदर,सत्कार,इज्जत,मान,सम्मान भन्दा ठुलो केही छैन!! #सुभपल_सम्पुर्णमा🌷☕️🌷
थोरै खुसीमा रमाउनु छ,धेरै दुख अगाल्नु छ,केहि जिम्मेवारी लाई तह लाउनु छ,एक एक सपनाहरूलाई बुन्नु छ,फेरि म मेरा लागि मात्रै पनि त बाचेको हैन, म एक्लो पनि त छैन, गुडबाट उड्न सक्ने चल्ला झै बाआमा छन नसता ए जिन्दगी! किन रिसाउँछ्स् यसरी म त दुई दिनको पाहुना न हुँ !! #शुभपल्🙏🌹🙏
प्रिय तिम्रा यादहरू पनि हाम्रो सम्बन्ध जस्तै चिसा रहनु कयौं सल्काउने आउलान कयौ जलाउने आउलान नसल्कुन न जलुन तिनै प्रेमिल प्रेमका भावनाहरुलाइ म हर रात यादमा बटुलेर सिरानी फिजाऊंन सकु जिन्दगीमा भएका दुख पिडालाई कम गर्नु सकु।।
#शुभपल_अविरल_सम्झना🌷🙏🌷
परदेशको बार्षिक भारीलाई मासिक नाम्लोले उचाल्दै हिडीरहेका पाइलाहरुले फेरी जुट्नु छ उठ्नु छ जिन्दगीको बाटोलाइ डोहोर्याउदै गन्तव्य खोज्नु छ हरेक पलपलमा।
#शुभपल्☕️🙏🌷