⭐️एक्लो बृहस्पती⭐️ Profile Banner
⭐️एक्लो बृहस्पती⭐️ Profile
⭐️एक्लो बृहस्पती⭐️

@akash_casey

15,044
Followers
3,949
Following
143
Media
206,316
Statuses

एक मान्छे, मनको अदृश्य आकार म, मलाई चिन्नु पर्दैन; मेरो मनलाई चिनीदिनु - म चिनिनेछु🌷

United States
Joined October 2011
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
7 years
मेरो साँझ तिमी संगै मेरो बिहान तिमी संगै मेरो सप्ना मेरो बिप्ना मेरो चिहान तिमी संगै
80
859
1K
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
सबै मान्छेको फ़रक फ़रक आचरण हुन्छ नाम,बदनाम जे छ छोडेर यहिं मरण हुन्छ मृत्युको उल्टो गन्ति सुरु हुन्छ, जन्मे पछि सहयोगी मनको त मरेर पनि स्मरण हुन्छ @K_C_akash
41
285
259
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
मेरो डाड गर्ने संग,कहाँ बफ़ादारी हुन्थ्यो र घाउ दिन सक्ने, कहाँ परोपकारी हुन्थ्यो र आफ़्नै थियो उ र पो घाउमा नुन छर्केरगयो अरुलाई त, कहाँ मेरो जानकारी हुन्थ्यो र @K_C_akash 🙏
32
225
262
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
तीन शेर🌿 जे हुनु त्यो त हुन्छ नै,तैले नचाहे पनि केहि गर्दैकर्म सहनुछ तैले,हात नआए पनि केहि ए आकाश! माँग भगवानसंग,नमाग़ अन्त पर्दैन हुन अपमानित तैले,नपाए पनि केहि लुटेरै भने पनि, भोक़ मेट्न व्यस्त छन सबै तेरो भोक़ क़स्ले हेर्छ र, नखाए पनि केहि @K_C_akash शुभपल_शुभदिन❣️
35
236
256
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
मुक्तक❣️ प्रत्यक दिन आफ़्नो, थप कहानी लेखिंदैछ अस्तिको तस्विर~झनझन पुरानो देखिंदैछ हरदिन चुलिंदै गएका दिनहरूका पर्खालले मेरो बचपनका~ती मिठा यादहरु छेकिंदैछ @K_C_akash 🌷
35
204
263
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
बिषालु ती बचनका, झिर घोप्दै गयो मनका सारा बिष, मलाई पोख्दै गयो बिझायो बचनले, म चित्त दुखेर रोएँ मेरो आंशुमा पनि, हाँसो चोप्दै गयो जती खुसी भएनी, ज़ुनि त एउटै न हो के के न पाउने झै,उ तालि ठोक्दै गयो बनेर उ आफु,पानी माथीको ओभानो भए भरका दोष चै, मलाई थोप्दै गयो @K_C_akash
38
194
257
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
तिमीले चाहिनौ भने म छैन,चाह्यौ भने छु अवधि घर्केसी हैन समय मै आयौ भने छु मेरो के औकात छ र, एक्लै म यात्रा गरूँ हाम्रो सहयात्रामा,तिमीले सघायौ भने छु बिना पानी, जसरी ओईलाउछन बिरुवा ओईलाउदैछ मन, तिमीले जगायौ भने छु @K_C_akash 🌹🙏 #शुभदिन_शुभपल🌷🙏
64
240
259
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
मुक्तक- यो दिल भित्र, कसैलाई भर्न मन लाग्यो भुलेर आफुलाई नै, याद गर्न मन लाग्यो यो मन सम्हाल्ने, राम्रो मनको खोजी छ, अब मलाई पनि, प्रेममा पर्न मन लाग्यो @K_C_akash
29
220
251
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
सबैको व्यवहार हेर्दा,भन्न कर लाग्छ राक्षस भन्दा पनि,मान्छेको डर लाग्छ मान्छेले मान्छे नै मार्छ,पशुको के कुरा मलाई त नर चै पशु,पशु चै नर लाग्छ जहां जाउ,छोड्दैन यो आफ़्नु छायाँले अरुको भन्दा,बरु छायाँको भर लाग्छ एकजुनी हो बस्ने,महल होस या झुप्रो मलाई घर चै डेरा,चिहान चै घर लाग्छ
46
245
246
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
गजल🌿 मेरो मनकारी पिरतीमा,परेर त हेर तिमीले पनी साँचो प्रेम,गरेर त हेर धर्तिमा टेकेर आकाशमा उड्नेछ्यौ मेरो मायालाई, दिलमा भरेर त हेर प्रेमले भिजेर पनि, ओभानै हुनेछ्यौ मेरो प्रेमको गहिराईमा, झरेर त हेर हाँसीहाँसी बाँधिनेछु तिम्रो बंधनमा मलाई आफ़्नो पिरतीले हरेर त हेर @K_C_akash
69
304
245
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
तिमीले सारै चित्त दुखायौ, गल्ति मेरै थ्यो म संग बेस्करी मन कुँड़ायौ, गल्ति मेरै थ्यो बरर आंशु झारे पछि, पुछिदिनु पर्थ्यो मैले रोयौरोयौ गालामै सुक़ायौ, गल्ति मेरै थ्यो अनुहारमा देखेर, जान्नु पर्थ्यो तिम्रो चिन्ता मैले जानिन तिमीले लुकायौ,गल्ति मेरै थ्यो @K_C_akash 💞🙏
50
176
238
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
मुक्तक🌿 न आँशु, न याद~ न यो दुनियाँ अलग भयो न हावा,न पानी~न त यो मायाँ अलग भयो हाम्रो बाटो मात्र अलग भयो, बाँकि उस्तै छ न हामिले पाउने घाम~न छाँयाँ अलग भयो @K_C_akash ❣️🙏
32
204
238
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
मुक्तक🌿 हे मृत्यु लुकिछिपी हैन, हाकाहाकी आइजो अदृश्य आक्रमण नगर,डाकीडाकी आइजो खुल्ला छन मेरा ढोकाहरु, स्वागत गर्छु तेरो तं जैले आउंछस आ,तर हासीहासी आइजो @K_C_akash 💞🙏 #शुभदिन_शुभसमय🌷💞🌷
56
204
237
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
मुक्तक🌿 ख़ाली पेटले, रातभर~नसुति जाग्ने बनाउंछ भोक़ले नै हो,घर छोड़ी पर्देश लाग्ने बनाउंछ मान्छेलाई जिन्दगीमा गर्ने नगर्ने सबै गराउंछ भोकले नै चोर अनि भोक़ले नै माग्ने बनाउंछ @K_C_akash 💞🙏
55
217
238
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
समय तेरो न मेरो, नबस दारा किटेर जती तुजुक देखा,लगी हाल्छ जितेर आउंदा आउदै आउछ, भयानक दिन ज़ान्छ त्यो दिन पनि, उसै गरी बितेर ए मान्छे, तं आफ़्नै अधिनमा छैनस राखेको छ सबैलाई, समयले थिचेर @K_C_akash #शुभ_समयको_कामना😄🙏
30
134
230
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
यहाँको मौसम बदलियो तब साथी आए बिहानीले उज्यालो दीयो तब साथी आए उदाउन थालेछन घाम मेरो आगनमा पनि दुखिकोनी दिन फर्कियो तब साथी आए जालो समस्याको जेलिएको थियो म मा जब त्यो जालो सुल्झियो तब साथी आए मेरो छाक टार्ने मेहेनत र प्रगतिमा जलेर आगो ईर्ष्याको सल्कियो तब साथी आए @K_C_akash
54
235
224
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
मुक्तक🌿 प्रेमलाई, प्रेमले खोज्दा देख्छ्यौ, वहाँ म छु प्रेम त गर, खोज्नेछ तिम्रो प्रेमले, कहाँ म छु आउ तिमी यहाँ, यहि हो दुनियाँ, प्रेमै प्रेमको प्रेमले पनि प्रेम गर्ने, प्रेम छ त्यहाँ, जहाँ म छु @K_C_akash आकाश केसी
27
192
230
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
मुक्तक🌿 असल साथी त~साँच्चै जाती हुने गर्छन देवता भन्दा~एकस्थान माथी हुने गर्छन जिन्दगीमा~भाग्यमानी त उही मान्छे हो जोसंग, धेरै मिलनसार साथी हुने गर्छन @K_C_akash 💞🙏
31
194
230
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
तिमीलाई हाँसी हाँसी, मागेर भगवानसंग भन्न पाउनेछु म आफ़्नो,एकदिन शानसंग तिम्रो प्रेमको आलिंगनले पग्लेर पानी झैं तिम्रै कुरा हुनेछ हरपल तिम्रो गुनगानसंग पिरतीले तिम्रो, पलाउनेछ पंखेटा म भित्र अनि उड्नेछु म पनि, समृद्धिको उड़ानसंग @K_C_akash 💞🙏 #शुभपल_शुभसमय 🌹🙏 👇👇👇👇👇
38
180
227
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
घमण्डि ब्यक्ति दुनियामा कहाँ टिक्छ हरेक कुरा माथी पार्दै~बोलीले जित्छ सुनाउ त्यत्ति नै जती आफुले पचाउंछौ तिमीलाई बिझ्ने,अरुलाई पनि बिझ्छ @K_C_akash 🇳🇵
25
213
222
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
गर्नु पर्ने छ धेरै, गाँस टोक्दै बड़ें अगाड़ी पुग्नु छ टाडा, गंतव्य तोक्दै बड़ें अगाड़ी भन्छन सबै, सक्किन्छ जिबन एकदिन निर्धक्क भई, कर्तव्य बोक्दै बड़ें अगाड़ी भाग्य ज़ान्दिन,जिबन दिनेले यस्तै दिए ज़स्तोपाएँ मैले हांसेर भोग्दै बड़ें अग़ाड़ी @K_C_akash 🌹🙏 #शुभपल_शुभसमय🌹🙏
56
181
227
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
*****मुक्तक***** उस्को थर अब~ तिम्रो नाउंमा लाग्नेछ मायाको बन्धन~तिम्रो पाउमा लाग्नेछ प्रेम एक जुवा हो~ भन ख़ेल्छौ त तिमी शरीरका अंग अंग पनि दाउमा लाग्नेछ @K_C_akash 🇳🇵
23
186
219
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
मुक्तक🌿 मैले त्यागी बनेर, संबंध गाँस्दै आएको थिएँ आफू नुगेर~दुश्मनीहरु मास्दै आएको थिएँ उ त, मेरो हालतमा पो~हाँस्दै आएको रहेछ म चैं, उस्को हाँसो देखेर हाँस्दै आएको थिएँ @K_C_akash 🌹🙏 #शुभपल_शुभसमय❤️🙏
59
169
224
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
पासो बिस्वासको, लड़ाउंछ एक़ै प्रहारमा मान्छेले मान्छे खान्छ,यो स्वार्थी संसारमा दुनियाँको हेराई र~बोलीमा घोरिएर हेर्दा राक्षस पो देख्छु म,हरेक मानव अनुहारमा @K_C_akash 💞
27
181
213
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
आफ़्नो घर आफैले~लुटाउने युग यो आफुले आफुलाई नै, कुटाउने युग यो ननिस्क आफुबाट, आफु मै बसिराख आफुबाट आफैलाई, लुकाउने युग यो @K_C_akash 🌹🙏
21
166
216
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
मुक्तक🌿 मनमा पसेर आफुलाई हेरेको रहेनछु मैले आफु भित्रको म लाई,भेटेको रहेनछु मैले एक एक मानवमा देवता र दानव हुंदोरेछ रहेछ म भित्र पनि, खै,देखेको रहेनछु मैले @K_C_akash
29
165
223
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
भाग्यमा थिएन जो , उही पो ख़ास भयो नपाउनु रैछ र उस्लाइ, पाउने आस भयो भन्नलाई त भनियो,फर्केरनी हेर्दिन भनेर तर जती टाड़िएँ म,मन उस्को पास भयो बिर्सन्छु त भन्छु नी सम्झना उस्कै आउछ उस्कै मात्र यादगर्ने, मन उसकै दास भयो @K_C_akash 💞🙏 👇👇👇👇👇
42
179
219
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
मुक्तक🌿 मेरो मित्रतामा,मित्रताको प्यास मेट्नेछौ जे यो मन भित्र छ, त्यहि बाहिर देख्नेछौ मेरा बोलिबचन नै, मेरा दिलका ऐना हुन मेरा शब्द शब्दमा, पूर्ण सच्चाई भेट्नेछौ @K_C_akash 🌷🙏
25
193
215
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
तीन शेर*** दुनियाँ अचम्म छ,फेरी यो हाँस्यो कसरी चुडीयेका सारा खुसीहरु, गाँस्यो कसरी चिन्तामा कोही थिएनन,मैले विष पिउंदा चिन्ता थियो त केबल, यो बाँच्यो कसरी आगो झै निभेर, फेरी म दन्केको देख्दा हैरान थिए, येस्ले झिल्को साँच्यो कसरी @K_C_akash 🇳🇵 #शुभदिनको_कामना🌺
46
187
211
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
मुक्तक🌿 साथीले त फाटेको मन,सिलाएर सम्झिन्छ आखामा हज़ार सपना~दिलाएर सम्झिन्छ फ़ुर्सदमा, सम्झिए झै गर्ने त~ धेरै हुदारेछन आफ़्नो उ हो~जो समय मिलाएर सम्झिन्छ @K_C_akash 🌷🙏
18
196
216
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
अस्ति-हिजो भन्दा, आज झन गर्दैछु म आफुले नै आफुलाई, दमन गर्दैछु यो भएन त्यो पुगेन भन्दै,हरेक दिन म यसरी,मनमनै आफैसंग गनगन गर्दैछु केहि पाएँ, केहि गुमाएँ, समय सकाएँ जिवन जित हो की हार, मन्थन गर्दैछु अंतर्मुखी बानिको म, अर्काको रिसले मन दोमनपारी आफैंमा भनाभन गर्दैछु @K_C_akash
39
193
216
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
अर्काको मन दुखाउने कला सिक्न सकिन त्यसैले होला यो दुनियासंग,टिक्न सक़िन सक्दिन म देख्न, कोहि पनि मसंग हारेको तेसैले त मैले कुनै पनि जित जित्न सकिन की सस्तोमा, की नक्कली खोज्छ दुनिया नम्बरी म अकबरी सुन, क़तै बिक्न सकिन @K_C_akash 💞🙏 #शुभदिन_शुभसमय🌷💞🌷
32
158
209
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
मुक्तक🌿 तिमीलाई त म मेरो यो~अमुल्य काया दिनेछु जिबन भरलाई~आड़ भरोसाको छाया दिनेछु मैले जस्तै गरि, मलाई पनि मायाँ त गर तिमी क़स्सम! म’नी मायाँको बदलामा मायाँ दिनेछु @K_C_akash ❤️🙏
32
177
214
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
***मुक्तक*** जुनी जो क़ैदमा बित्यो,बड़ा कामको थ्यो के गर्थे म, झ्यालखाना तिम्रो नामको थ्यो बाँधिएँ म आलिंगनले, थीएँ नज़र बन्दमा, स्पर्श ती अधरको, यात्रा चारधामको थ्यो @K_C_akash 🇳🇵
23
203
215
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
मुक्तक🌿 खुसी न त धनले~ न त प्रसिद्धिले दिंनेरे’छ हृदय खुसी छ भने संसार खुसी देखिंनेरे’छ खुसीको मृगतृष्णामा तड्पिन्छ, अतृप्त मन दियो मुनि अंधेरो,खुसी त मन मै भेटिंनेरे’छ @K_C_akash 🌹🙏 #शुभपलको_कामना💞🙏
57
173
210
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
म बन्छु जुन, तिमी घाम~ बनेर दन्किनु प्रकाश छर्दै मलाई,तिमी मै मा चम्किनु बनेर तिम्रो गन्तब्य~ तिमिलाई पर्खिन्छु जिवन भरी तिमी, मलाई भेट्न लम्किनु @K_C_akash
22
194
210
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
म मिल्ने साथी,सबै सज्जन जमातको हुं दुःखी,गरिब,बुढ़ा, असहाय,अनाथको हुं म तिम्रो हुं, तपाईको हुं र वहाँको पनि हुं, हैन म आफ़्नो मात्र, हर मानव जातको हुं @K_C_akash 🙏
30
164
209
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
जो आफ़्नो थियो उ बाटै तिरस्कार पाएँ एक पटक मात्र कहाँ हो र,बारबार पाएँ मात्र एउटा फूल नै त मागेको थिएँ मैले उपहार स्वरुप, काँडै काँड़ाको हार पाएँ मद्दतको आश गरें,जलेको मन निभाउन आगोमा घ्यू थप्ने,आफ़्ना नातेदार पाएँ @K_C_akash 💞🙏 #शुभपलको_कामना💞🙏
59
221
214
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
मुक्तक🌿 मान्छे सोच्छ, भावीले लेखेको छल हो भाग्य संधै साथ रहने, जिवनको दलदल हो भाग्य हुनत आफ़्नो भाग्य मान्छे आफैले तयार गर्छ सोचेर हेर्नुस त,आफ़्नै कर्मको फल हो भाग्य @K_C_akash 🌷🙏 #शुभदिन_आत्मियमन💞🙏
40
184
212
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
बनेर उस्को दृष्टि अनुकूल, म देखिनु कसरि ज़स्तो छवि छ मेरो यसबाट म मेटिनु कसरी स्वभाव बदल्नु भन्ने, नैतिक दबाव छ मलाई म त मैंहुं,अर्को रुपमा म आफू फेरिनु कसरी म खहरे खोलो झै भएपनि, अस्तित्व छ मेरो नामोनिशान मेटेर, म सागरमा हेलिनु कसरी @K_C_akash 🌷🙏 #शुभबिहानी_शुभदिन 💕☕️☕️💕
45
179
211
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
मुक्तक🌿 मान्छेले, आफ़्नु मनलाई नै छलेको देखियो अर्को हाँस्दा,अर्को आरिसे जलेको देखियो आवरणले कती सुगसुगाउंदा छन मान्छेहरु तर भित्री रूप भने, कुहीएर गलेको देखियो @K_C_akash 🌹🙏 #समय_शुभ_रहोस_हजुरको🌹🙏
32
171
212
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
मुक्तक🌿 प्रेमले फुल्दै फल्दै, प्रेमले म झाँगिन सकुं पवित्र प्रेमपासले, तिमी मै म बाँधिन सकुं रहेपनि युगौयुग सम्मसंगै, मर्दैन धित मेरो गरिदेउ त्यस्तो केहि, तिमी मै गाभिन सकुं @K_C_akash 🌹🙏
30
160
207
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
पारखी नजर त्यो हजुरको, मायाँ दर्शाउंदैछ मुस्कान पोख्दै त्यो अधर, मोहनी बर्साउंदैछ रूचाउंछन यी मेरा नजर,तिम्रो नै पछि दगुर्न मेरो हृदय,तिम्रो गुनगानको नारा चर्काउंदैछ थुमथुम्याउंदैछु म यो मन,जो तिम्रो भैसक्यो यो मनले मेरो जिन्दगी,तिमीतिर सर्काउंदैछ @K_C_akash 🌷🙏 👇👇👇👇👇👇
44
170
203
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
मुक्तक🌿 मेरो जिन्दगानीको रथ, अब तैले हाँक्दे दैब हात जोड़ि बिन्ती गरें मेरो इज्जत राख्दे दैब एउटा ज़ुनि क़म पर्ने भो, सबै इच्छा पुरा गर्न मेरो अर्को ज़ुनि पनि यही ज़ुनिमा खाप्दे दैब @K_C_akash 🌷🙏
20
174
205
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
मुक्तक🌿 भयो नरोउ तिमी,तिम्रा आंशु सबै मलाईदेउ न टन्न हाँसो छ म संग मलाई हाँस्न सघाइदेउ न घुर्कि लगाउने रहर छ, घुर्क्याउ भने कोही छैन ठुस्के ज़स्तो गर्छु म, तिमी आएर फकाइदेउ न @K_C_akash 💞🙏
31
173
212
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
समयले मात्तृत्व बन्धन टुटाउंछ त रुन्छ मन दैवले आमाको~साथ छुटाउंछ त रुन्छ मन बिहान ब्यूंझाउने~काम त आमा गर्नुहुन्थ्यो अहिले जब यो घड़ीले उठाउंछ त रुन्छ मन बनाइँन् घर आमाले एक एक चिज़ जोडेर चराले गुंडको सिन्का जुटाउंछ त रुन्छ मन @K_C_akash 🌷🙏
33
164
204
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
आफ़्ना आफ़ंत कोहीसंगनी बिछोड नदे भगवान मलाई जोड़ मात्र दे बिजोड़ नदे हाँसो की नासो सम्झेर हास्न डराउछु म मेरो हाँसोलाई, आंशु बनाउने तोड़ नदे कसैको मुँहारमा, यथार्थ हाँसो देख्दिन जगतका हरप्राणिलाई,दुखको मोड़ नदे @K_C_akash 🌹🙏 #उषाकालीन_अभिवादन❣️☕️❣️🙏 👇👇👇👇👇
35
184
207
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
प्रेमीको जिबन, पिडा सहेर जाने भो यस्तै हो भने प्रेम,लोप भएर जाने भो आगो नै रेछ प्रेम, पोल्दोरैछ भतभती जिन्दगी, मन जलेको,सहेर जाने भो माग्ने झै, उसको दिलमा ठाउं माग्दै जिबन पुरै,दिल बाहिर रहेर जाने भो पसिनाबाट निस्के हुन्थ्यो यि आंशु थोपाथोपा आखाबाटै बहेर जाने भो @K_C_akash
29
183
199
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
***मुक्तक*** म नशा गर्दिंन~ झुटो सुनीछेउ तिमीले म घमण्ड गर्दिन ग़लत बुझीछेउ तिमीले छ, नशा लक्षको~ घमण्ड ईमानदारीको बेकार शंका गर्दै हल्ला फुकिछेउ तिमीले @K_C_akash 🇳🇵
27
187
202
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
कुन दुनियामा उस्ले कस्को भित्तो टाल्दैहौली जेलीएको जिन्दगानी कसोगरी संगाल्दैहोली बनको ढुकुर ढाले जस्तै मेरो शिकार गरेपछी अर्को शिकार खोज्न कदम कहाँ चाल्दैहोली उस्को त्यो रुपौलो सुगंधले मलाई सल्क़ाएर अहिले आफ़्नो रुपको धूप, कहाँ बाल्दैहोली @K_C_akash 💞🙏 #शुभबिहानी 🌷🙏
62
172
204
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
मेरो दृष्टिले हेर्दा,दुनियामा अधमता देख्छु हरेक व्यक्तिको मनमा, असमानता देख्छु मन पर्दैन,मान्छेले बोल्ने शब्द शब्द मलाई मान्छेका हरेक बात बातमा, अहमता देख्छु @K_C_akash
16
133
202
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
एक़ै पटक पाईने, जिवन एक वरदान हो सहयोगी भाव, जिवन मोक्षको निदान हो जान्ने सुन्ने म मात्र, सोच्नु चै हो अज्ञानता आफु भित्रको आफुलाई,चिन्नु नै ज्ञान हो जगतको सुक्ष्म अस्तित्व बाहेक म के हुं र यो शरिर त केवल, आत्माको परिधान हो @K_C_akash 🌹🙏 #शुभदिन_शुभपल🌷🙏 👇👇👇👇👇👇👇👇
42
165
205
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
हे दैव! मलाई यी पिडा झेल्न सक्ने बनाईदे यो दुनियाँको खेल संग खेल्न सक्ने बनाईदे नहोस यो दुनियाको हात बाट मेरो सदगती आफै यो लास, चितामा ठेल्न सक्ने बनाईदे @K_C_akash 🇳🇵
28
141
204
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
मुक्तक🌿 भेटेछ गुलियो कतै, मेरो अमिलो बिर्सियो संग्ल्याइदिनु अघिको ~धमिलो बिर्सियो हे कुरूप अवगुणी, छद्म भेषि मानवाकृति लिनु थियो कमल लियो र हिलो बिर्सियो @K_C_akash 💞🙏
31
176
203
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
आउ न, मेरो सपना मै भएपनि तिमी आउ एक़ैझल्को होस बरु, मुहार देखाएर जाउ प्रेम नै प्रेमकी पुन्ज, पारखी तिमी प्रेमकी अब आफ़्नो सिपले, मलाई जिउन सघाउ नगर न आनाकानी,आउ तिमी आज़ै आउ कंजुस्याई नगरी प्रेमको अमृतधारा बगाउ @K_C_akash 🌹🙏 #शुभपलको_कामना💞🙏
53
162
203
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
जिवनको उत्तरदायित्वले, अघि बड्न सिकायो मृत्युको भयले हर चुनौतीसंग, लड्न सिकायो आफ़्ना असफलताले हारेर जब थकित बसें म कमिलाको भित्तो चढाईले फेरी चड्न सिकायो पडेको थिएन नियत दुनियाँको, कुनै पुस्तकमा ठक्करले हरेक व्यक्तिका नजर पड्न सिकायो @K_C_akash 🌷🙏 #शुभबिहानी 💞☕️💞
49
171
203
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
सम्झना एकनास छ, खोई कुरा बुझेको केवल तिम्रो आस छ, खोई कुरा बुझेको दिंदैन घामलेपनि, तिम्रो साथको न्यानो तिम्रो साथ नै ख़ास छ,खोई कुरा बुझेको कोलाहाल छ मनमा, सुन्य लाग्छन भिड़ जिवन एक तमास छ, खोई कुरा बुझेको @K_C_akash 🌹🙏 #शुभपलको_कामना💞🙏 👇👇👇👇👇
48
165
200
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
मुक्तक🌿 जिन्दगी, एक अनपढ़को कलम भएर गयो हिजोहरु,कोहि ढटुवाको क़सम भएर गयो पाएरपनि भोग्न नसकेको आलो जिवनको मुस्कान त बालाको, लाज शरम भएर गयो @K_C_akash 💞🙏
31
170
205
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
******गजल****** माया गर्न थाले पछि त रात कम पर्छ प्रेम साट्न एक ज़ुनिको साथ कम पर्छ जोगाएर राखेको माया कती छ कती भएभरको माया दिनलाई हात कम पर्छ जती हेर्यो उति हेरूँ हुन्छ एक आपसमा प्रेमले प्रेमीको वर्णन गर्न बात कम पर्छ @K_C_akash 🇳🇵 #शुभपल_शुभसमय🌺🌿
31
134
193
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
गर्दिन म विरोध केहि, रेट बरु तरबारले सारै नै दुख्छ,नघोच ती बोलीको धारले केहिपनि नदेउ ठिक छ, व्यंग्यपनि नदेउ छाती छियाछिया हुन्छ शब्दका प्रहारले हुन त भद्दा गाली,मपनि सक्छु दिनलाई क्षुद्र भाषा बोल्न, दिंदैन मेरो संस्कारले @K_C_akash 🌹🙏 #शुभदिन_शुभपल🌹❤️
43
160
201
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
मुक्तक🌿 पाखुरा नचल्दा ~निर्दोष ओठ सिउनु नपरोस अर्काको खटन पटनमा~खोले पिउनु नपरोस जिवन छ त कालपनी छ, म मर्न डराएको हैन मेरो डर त बस,मैले रोगी भएर जिउनु नपरोस @K_C_akash 💞🙏 #शुभपल_शुभसमय 🌷🌿
46
191
197
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
जिबनमा दिन माथि दिन खापिंदैछन आयु छोटिंदैछ आकांक्षा झाँगिंदैछन हजुरआमाले ग़ुन्द्रुक खांदे ज़स्तोगरी हरदिनका भोगाइ म भित्र खांदिंदैछन बैकुंठ तारिदिने पुर्खाको म एक अंश इतिहाँस बनेर पुर्खा, मैमा गाभिंदैछन जब उड्न खोज्छु सपनाको संसारमा दायित्वको बन्धन,पाउमा बाँधिदैछन @K_C_akash
42
135
203
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
जबसम्म व्यक्ति,मानव संस्कारमा रहन्छ सुंदर प्रकृतिको दया, यो संसारमा रहन्छ बनाउने बहानामा,उजाडिंदैछन मेरा बस्ती बिगारेर प्रकृति,दुनिया चमत्कारमा रहन्छ के सोध्नु र हाल, ती स्वादिष्ट फलहरुको जिवन हरेक पल, चक्कुको धारमा रहन्छ @K_C_akash ❤️🙏 #शुभपल_शुभसमय🌹🙏
43
150
197
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
भोलीसंग तिम्रो हिजो कसैले साट्दिदैन आफुले नचाट्ने थुक अर्काले चाट्दिदैन अर्काले के ग़र्यो हेर्न छोडि दे ए जिन्दग़ी तेरो जिबनको समय,अर्काले काट्दिदैन @K_C_akash
25
194
194
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
मुक्तक💕🌷 प्रेमको आदर~प्रेमलाई प्रेमले, चुमेर गर्नु प्रेमको पुजा~प्रेमिसंग प्रेमले, झुमेर गर्नु प्रेमले हरेक इन्द्रियलाई~चंचल बनाउंछ प्रेम तनलेनी डुबेर गर्नु, मनलेनी डुबेर गर्नु @K_C_akash 🌹🌿
26
170
197
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
मान्छेले बोलीमा स्वार्थ घोलेको देखियो आवश्यकता अनुशार~बोलेको देखियो तिखो बचन नै हो~बिझाउने त भन्थे सबै यहाँ त नरम बोलीलेपनि पोलेको देखियो @K_C_akash
15
136
200
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
बसेपछी हृदयमा,फ़ेरी उठ्नु नपरोस माया लगाईसके पछी,छुट्नु नपरोस मनको घाउ निकोहुने,मल्हम नपाउंदा छाती भित्र घाउ बोकि,दुख्नु नपरोस जोड़िएर एक भएसी,हाम्रा दुई मुटुले जोड्दै नजोड़ीने गरि,फुट्नु नपरोस पिरतीको बियोगले पागल ज़स्तो बनी आफ़्नै हुर्मत आफूले नै,लुट्नु नपरोस @K_C_akash 🙏
45
161
198
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
रुंदैथिए नजरहरु, आफैले फकाएर हिंडें कती अनुत्तरीत प्रश्न, मनमा दबाएर हिंडें हज़ारौ शब्द,ओठबाट निस्किन खोज्दैथे’ हृदयमा ईखको भोटेताल्चा,लगाएर हिंडें जस्ले दियो,उसैसित सकिन आँशु बाँड्न आफ़्नो मनको बह, आफैमा अटाएर हिंडें @K_C_akash 💞🙏 #शुभपल🌷🌿
55
188
202
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
धेरै भेटें आफ़्नोमात्र,खुसी पाल्न आउनेहरु स्वार्थ बोकि फाटेको मन, टाल्न आउनेहरु मेरो मायाँ छ भने, बिना कारण भेट्न आउ हज़ारौ छन यहाँ, काम निकाल्न आउनेहरु नजिकिन्छन मान्छे, बीषालु मुस्कान दिएर भएभरका मनको फोहोर, फाल्न आउनेहरु @K_C_akash 💞🙏 #सुखद_समय_सुखद_पल🌹
53
165
190
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
पाईला पाइलामा,केबल प्रलय मिल्नेछ सकिन्जेल बाँच,मरेपछि अभय मिल्नेछ आज बचाउ जिन्दगीलाई, जसरी पनि मृत्युको तयारीको लागी, समय मिल्नेछ @K_C_akash 🇳🇵
18
127
195
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
रुने कसरी आफ़्नै आंशुमा तरेर सिकें मुस्कुराउनलाई समझ्यौता गरेर सिकें जिबन जिउने तरिका, अलग छ हाम्रो तिमीले पढ़ेर सिक्यौ, मैले परेर सिकें महत्व धेरै छ,एक भरोसिलो नाताको नाता बचाउन,पटक पटक मरेर सिकें बाच्नलाई मर्छ,मार्छ, अन्तमा मेटिन्छ मैले पनि यो कटुता, कत्ति डरेर सिकें @K_C_ak
36
174
193
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
मुक्तक💕🌿 तिम्रो प्रेमी हुं अरुको प्रेमले सक्दैन जगाउन कसैको कामुकताले मलाई सक्दैन ड़गाउन तिमी रोयौ भने तिम्रै आंशुले बगाउंछ मलाई नत्र जुनसुकै तुफ़ान आवोस सक्दैन बगाउन @K_C_akash 💓🙏
18
128
197
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
आखाभित्र अटिदिनु,दिलमा लुकीदिनु ननिस्किने गरि दिलको, भित्र पुगीदिनु झरेंभने नज़रबाट भुलबस कहिलेकाही मलाई उठाईदिनलाई, तिमी झुकीदिनु सुनी रहनु मेरा कुरा, सुनाई रहन्छु संधै मेरा एकएक शब्द भित्र,तिमी डुबीदिनु @K_C_akash 💞🙏 #शुभपल🌹🙏
48
166
196
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
तीन शेर🌿 मित्रको लागी, राधालाई मीरा बनाईदिन्छु मित्रतामा, पत्थर लाई म हिरा बनाईदिन्छु हे साथी,कि मेरो सत्कारमा तं बोतल मगा नत्र यो गाउंको पानी नै, मदिरा बनाईदिन्छु हे मित्र मस्त भै झुमौला,आजको यो साँझ तेरोलागी हर सुंदरी म साकिरा बनाईदिन्छु @K_C_akash #शुभपल_हजुर🌷🙏
30
134
194
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
#मुक्तक🌾 भनौली सोच्दै कुनै दिन, सोझो थ्यो त्यो मोरो पाऊने आश नभये पनि, गर्थ्यो प्रेम एकोहोरो लजाउंदै हेर्थ्यो प्रेमले, बोल्थ्यो झुकाइ नजर सच्चा थियो बिचरा,गरिबको असल त्यो छोरो #शुभदिनको_कामना ❤️💞❤️ @K_C_akash 🌾🌞🌾
47
156
194
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
अब तिमी बाहेक अरुलाई, हेर्ने रहर छैन हेर्दाहेर्दै तिमीलाई, अंधो भएपनी डर छैन कल्पेर तिमी लाई, डुब्छु तिम्रो तर्कनामा तिम्रो यादबाट, मन हटेको कुनै प्रहर छैन म चाहान्छु तिमीलाई,मेरो समस्या हो यो चाहु तिमीले पनि मलाई,त्यस्तो कर छैन @K_C_akash 💞🙏 #शुभदिन_शुभसमय🌷💞🌷
44
178
195
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
मुक्तक🌿 अर्पेर प्रेमै-प्रेम~प्रेमले जान्नु आकाशलाई आत्मा देखि नै श्रद्धाले मान्नु आकाशलाई आकाश मात्र हैन, सुन्दर जुनपनि छ त्यहां बिर्सेरपनि~ ढुङगाले नहान्नु आकाशलाई @K_C_akash 💞🙏🌿
40
164
195
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
कसैको बेवास्तामा माया खोज्दैछु म अर्ध-पागल हुं की प्रेमी हुं,सोच्दैछु म पाईयोस मंजुरी, उस्को प्रेमको भन्दै धाएर ती मन्दिर र मुर्तीमा ढ़ोग्दैछु म उस्को इच्छा नै, मेरो इच्छा मानेकोछु आफ़्नो मन चै मारेर, कतै कोच्दैछु म @K_C_akash ❣️ #शुभदिनको_कामना🌹
25
131
190
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
तीन शेर- गुन गर,दुनियाले बैगुनले चुकाईदिन्छ तिम्रो बालीमा, गाईबस्तु फुकाइदिन्छ जती नै झुक, दुनियाको शिष्टाचारमा दिंदैन उठ्न, टाउको अझै झुकाईदिन्छ नदेखाउ ति आंशु, राख थेगेर दिनभरी अंधकार रातमा सिरानीले सुकाईदिन्छ @K_C_akash हरपल शुभ साइत होस हजुरको🌹
35
183
193
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
सक्दिन म, यो जिन्दगी साँच्न तिमी बिना सक्दिन म, सिन्कोपनि भाँच्न तिमी बिना मायाँ के हो, प्रेम के हो ज़ान्दिन केहिपनी यत्ति थाहा छ सक्दिन म बाँच्न तिमी बिना समय थरीथरी गीत गाउछ मलाई नचाउन समयको गितमा सक्दिन नाच्न तिमी बिना @K_C_akash 💞🙏 #शुभपल_शुभसमय 🌹🙏
36
126
193
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
*****मुक्तक***** तिमी याद गरेर बसौं, मेरो गाँस रोकिन्छ यो जिवनमा, तिमी आउने आस रोकिन्छ प्रत्येक सासमा, तिम्रो झझल्को आउंछ तिम्रो झल्को रोकौ,आफ़्नै सास रोकिन्छ @K_C_akash 🇳🇵
22
125
192
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
संसार मै उ नभएपनि,बसेको प्रेम नघट्नेरेछ धागो जो मनसंग मनकोछ,कट्दै नकट्नेरेछ नजर र भाग्यको,विचित्रको संयोग देखें मैले नज़रमा अटाएको मान्छे,भाग्यमा नअट्नेरेछ उस्को यादसंग भाग्न, चाहे सुत निदाउ तिमी सपना मै आउछ उ,तर दिमाग़बाट नहट्नेरेछ @K_C_akash 🌹🙏 #शुभपलको_कामना💞🙏
55
166
188
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
अंधेरो अनुहार लाई आफन्त बाटै हेपियो दुनियाँ संग बाँच्न मुस्कान जरुरी देखियो बड्दै थियो यात्रा अरु भन्दा केहि अगाड़ी आरिसे दुनियाबाट छिर्कि हालेर छेकीयो गरिबको छोराको~योग्यता योग्य नै हुंदैन दौलतिय बलमा लेखीयेको नाम नै मेटियो 👇तल पनि छ🙏 @K_C_akash 🌷🙏
33
126
195
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
अर्काको हिरापनि दुनियाँ,काँच भन्नथाल्छ सज्जन मान्छे कै ज़माना, खेदो खन्नथाल्छ नझुक्नु कोहीसँग,,भोक़-भोकै रहनु परेपनि शिर झुकाउंदा,पत���थरपनि देवता बन्नथाल्छ लिनलाई चै र्याल चुहाउंछ दिनु परे चै आँशु हिसाबपनि,दुई र दुईले पाँच पो गन्नथाल्छ @K_C_akash 🌹🙏 #शुभपलको_कामना💞🙏
51
129
187
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
मुक्तक🌿 धनको उच्चाकाँक्षाले आफ़ू असफल नबन्नु बिना पखेटा,चरा झैं उड्नलाई चंचल नबन्नु जरुरी चीज साट्ने, माध्यम मात्र बनोस धन धन नै जिवनको स्तम्भ सम्झेर,पागल नबन्नु @K_C_akash 💞🙏
25
112
196
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
एक मित्रले, अर्को मित्रको बिबशता बुझोस धनको हैन मनको,आपसी समानता बुझोस जिवनको पुस्तक,उसको अगाड़ीमात्र खोल्नु ज़स्ले पढी सकेर,तिम्रो वास्तविकता बुझोस न तिरेर सकिन्छ,न बारबार लगाइन्छ गुनहरु गुन लिएपछि,दिने साथीको महानता बुझोस @K_C_akash ❤️🙏 #शुभपल_शुभसमय🌹🙏
41
147
187
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
मुक्तक🌿 मायाँप्रितीको असफल एक भ्रष्टाचार हुं म सक्दिन प्रेम किन्न, रित्तिएको धनसार हुं म उजेलोकी अंकुर, उषाकी अरुणिमा थीई उ घाम डुबेपछिको~गोधुलीको अंधकार हुं म @K_C_akash 💞🙏 #शुभपल_शुभसमय🌹🙏
37
176
194
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
मुक्तक🌿 एउटै अपशब्द काफी छ, मुटु चर्काउन त कठीन छ तोड़िएको पूर्ण मन फ़र्काउन त गालीलाई हो ~बिझाउने शब्द खोज्नुपर्ने मौन भाषा नै पर्याप्त हुन्छ प्रेम दर्शाउंन त @K_C_akash 🌹🙏 #प्रेम_गरौ_प्रेमनै_सत्य_हो💞🙏
37
174
192
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
मुक्तक🌿 चिट्ठी झै थिई उ,कसैको नाम ठेगाना बिनाकी थिए सदाबहार मुस्कान, कुनै बहाना बिनाकी मनै सुमसुम्याउने, प्राकृतिक चंचलाकार थीई राम्री,अनुहारमा आधुनिक तानाबाना बिनाकी @K_C_akash 💕🙏
29
147
192
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
जिवनको चक्रब्यूहुमा अभीमन्यू झै छ मन धेरैकुरा पाएरपनि किन छ मनमा रित्तोपन मेरा दुधे पाईलाले जहां, ताते गरेका थिए आफैलाई बिरानो भएछ आज त्यो आगन उमेर पोलेर इंधन बनाएँ, लक्ष हासिल गर्न सकिन भेट्न लक्षहरु, हुंदैछ टाडा झनझन @K_C_akash 🌹🙏 👇👇👇👇👇👇👇
35
141
190
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
खुसिहरु भाका राख्दै, पर्खाइ रहन्छन पलहरु मलाई निल्न, मुखबाई रहन्छन दिन उज्यालो छ,तर मनमा चै अंध्यारो जिवन यस्तै रेछ, समस्या आइ रहन्छन हरदिन उदासिंदै, कत्ती पिछडिएर बस्नु बड्छु अघि,अल्झाउने अल्झाई रहन्छन @K_C_akash 💞🙏 #रोगसंग_सुरक्षित_रहनुहोला🙏 👇👇👇👇👇👇👇👇👇
42
195
188
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
उम्केर आएको भोक़बाट छोरो म गरिबको छलिएर हुर्केको रोगबाट छोरो म गरिबको धामीको झारफुकले, बचाको हैन बाँचेको जोग्गेको हज़ार थोकबाट छोरो म गरिबको धन्न बाँचेछु,डाक्टर नर्स अस्पताल बिना नै जन्मे आमाको कोखबाट,छोरो म गरिबको @K_C_akash 💞🙏 #शुभदिन_शुभसमय🌷💞🌷
33
130
193
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
मान्न त म आफ़्नै जिवन नै मान्दछु तिमीलाई सबै डाडे आनीबानी,समेत ज़ान्दछु तिमीलाई सबै केटा उस्तै नै हुन भनेर कसरि भन्न सक्यौ म त, आफू भन्दानी स्तरिय ठान्दछु तिमीलाई तिमी बचन बर्साउंदै,रुपले डोर्याउंछ्यौ मलाई जती घुर्क्याएपनी, म प्रेमले तान्दछु तिमीलाई @K_C_akash ❤️🙏 #शुभपल🌷🙏
39
136
192
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
संधै ब्यूझिन्छ मान्छे, फ़ैलाउंदै ख़ाली हात आश झुल्किन्छन घामसंगै,तुरेर सिंगो रात बिहानी एक हुन्छ तर कहानी अनेक अनेक कसैको अंत्य हुन्छ त्यहां, कसैको सुरुवात अलछिनी हुन्छ आशको भांडो, कबै भरिन्न मान्छे संधै पाउनै खोज्छ लोभी उ जन्मजात @K_C_akash 💞🙏 #शुभदिन_शुभसमय🌷💞🌷
33
131
190
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
4 years
***मुक्तक*** नभन बुढ़ो, मिलेपछि मन, उमेर हेरिंदैन प्रेम गर्न म ज़स्तो सिपालु कोई भेटिदैन मेरो आमाको आखाले हेरिदेउन मलाई ती जोड़ी आखाले मलाई बुढ़ो देखिंदैन @K_C_akash 🇳🇵
27
148
188
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
मुक्तक🌿 पुगीसरी आएछ~हिजोको ढिंड़ो बिर्सेछन आधुनिक भएछन पुर्खाको बिंड़ो बिर्सेछन धुँवाँ पुत्ताउंने~अगेनो फ़ुक्न लाज लाग्छरे दाउरा चिरेका, ती काठका गिंडो बिर्सेछन @K_C_akash 🌷🙏 #शुभपल_शुभसमय🌹🙏
38
171
190
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
पखालिएन मन चैं,जब पखालें आफैलाई रित्तो रहेछु म पनि, जब उचालें आफैलाई दुनियाँका अवगुण,केलाएर हिड्दा हिंड्दै पाएँ लाखौं दुर्गुण,जब नियालें आफ़ैलाई आफ़्ना आफ़ंतलाई, बाटो देखाउंछु भन्थें मैभित्र रेछ अन्धकार,जब बालें आफैलाई @K_C_akash 💞🙏 #शुभपल_शुभसमय🌹🙏
53
178
192
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
आएँ जिवन नै बेचेरे,म खुसीहरु किन्नलाई सुख पाउने आशले,धनका बिटा गिन्नलाई आंशुको भेल बगाएँ, एक मुस्कान कमाउन रिनै रिनको खाडलबाट, जिवन उदिन्नलाई भरिलो बैंशमा आएको, ख्याउटिएछ गाला गाह्रो पर्यो ऐनामा, आफ़्नो मुहार चिन्नलाई @K_C_akash 🌹🙏 👇❤️👇❤️👇❤️👇
38
156
193
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
दुनियाँमा मायाप्रेमपनी, धेरै प्रकारको पाएँ जितको हाँसो कतै, कतै आँशु हारको पाएँ मान्छे कोही मनले माया गर्छन कोही तनले मायाँप्रेम, मान्छेको नियत अनुशारको पाएँ चाहेको नपाउने,पाएको नचाहाने यो मान्छे मैले त यस्तै हाल, यो सिंगो संसारको पाएँ @K_C_akash 💞🙏 #शुभपल_शुभसमय🌹🙏
32
145
186
@akash_casey
⭐️एक्लो बृहस्पती⭐️
3 years
म आफू नै हुं त्यो त जोसंधै हाँसेर बाँच्छु मानवसंग केवल मानवता गाँसेर बाँच्छु आज हाँसो भोली आँशु,पर्सि फेरी हाँसो दुख होस या सुख, मुस्कान साँचेर बाँच्छु जसरी होस,हारमा होस या जितमा होस मायालुको तस्विर, छातीमा टांसेर बाँच्छु @K_C_akash 🌹🙏 👇💞👇💞👇💞👇
32
175
188