Jisan Mayal Profile Banner
Jisan Mayal Profile
Jisan Mayal

@Jisanmayal

29,907
Followers
26,785
Following
128
Media
79,887
Statuses

जसलाई हामी अटुट प्रेम गरेर पनि पाउन सक्दैनौं,उसको खुशी देखेर खुशी रहनु पनि एक प्रेम हो।। #Backup_all_tweet @JbNirdosh_1 #Freelance_writer

Nepal
Joined August 2016
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@Jisanmayal
Jisan Mayal
10 months
तिम्रा हरेक कुरामा आँखा बन्द गरेर विश्वास  गरेको हेक्कासम्म पनि गरिनौ, म तिमी भएर तिमीमा आफुलाई समर्पित गरेको छु, तिमीले बुझ्छ्यौ कि बुझ्दिनौ? मैले देखेको मेरो जीवनको सबैभन्दा सुन्दर सपना तिमी हौ तिम्रो हात समाउदै, हरेक दुख साट्न तम्तयार भएको कुरा कसरी  बुझाउ म? #शुभबिहानी🌺☕️✍️
45
99
245
@Jisanmayal
Jisan Mayal
3 years
जितेर पनि हारेको मान्छे हु म। तिमीले आफ्नो जितको विजय उत्सव मनायौ भन्ने सुने...म नै थिए हैन र तिम्रो खुसि माया❣️🌹🌺 #शुभप्रभात #शुभदिनको_कामना
54
145
293
@Jisanmayal
Jisan Mayal
2 years
सोचले सत्य बद्लिदैन तर सत्यले सोच बद्लिन्छ। सोचले सोच्नेको ब्यवहार बद्लिन सक्छ बद्लियो भने,सत्यलाई कसैको विश्वास गर्दैमा हुने स्तुति,भजन,जप गर्दैमा हुने र नहुने हुदैन।कसैले विश्वास गर्नु र नगर्नुले सत्यलाई कुनै असर पुग्दैन। #शुभप्रभात #शुभदिनको_कामना🌅🌺🇳🇵☕️🙏
61
99
249
@Jisanmayal
Jisan Mayal
6 months
तिम्रो र मेरो नामको सुरुको अक्षरको बिचमा जोड चिन्ह राखेर जोड्न खोजेको थिए, अक्षर जोड्न खोज्दा, लाग्थ्यो, अक्षर जोडेपछि मन जोडिन्छ, तिमी र म जोडिन्छौँ सँधैँ-सँधै जिन्दगीभर तर कति निर्दोष प्रेम थियो त्यो, म टाढा नभई, तिमी कसैको नजिक हुन सकिनौ!! #शुभबिहानी🌄💐☘️☕️🙏
34
43
117
@Jisanmayal
Jisan Mayal
2 years
समस्या समस्यामा हुदैन समस्या मान्छेमा हुन्छ। समस्या मान्छेको अहङ्कार,मुर्खता र स्वार्थमा हुन्छ। समस्या तब हुन्छ जब मान्छेले आफ्नो समस्या आफुमा होइन अरुमा देख्छ।समस्या तब हुन्छ जब मान्छेको समस्यालाई हेर्ने दृष्टिकोणमा नै समस्या हुन्छ। #शुभप्रभात🌅🙏 #शुभदिनको_कामना🌺☕️🙏
26
30
106
@Jisanmayal
Jisan Mayal
2 years
पैसा कमाउन इज्जतको प्रवाह नगर्नेहरु पैसा कमाएपछि फेरी इज्जत कमाउन समाजमा सेवाको ढोङ्ग गरेर हिड्छन। पैसा र इज्जतमा आफुलाई कुन खेमामा राख्ने आफैले सोच्नु पर्छ। पैसा सहि गलत जसरी पनि कमाइन्छ कमाउन सकिन्छ। इज्जत सत्कर्म, इमान्दारी, सहयोगी भाव,ब्यवहारिक सरलताले दिन्छ। #शुभप्रभात🌺🙏
29
36
112
@Jisanmayal
Jisan Mayal
7 months
थाहा छैन के पाउछु मैले जीवनको उत्तरार्धमा, अस्तित्वहरुलाई विछ्याई दिएर रहस्यमय बनि बसेको छु, भिडहरु घुटन बनेपछी, टुटेको पो रहेछु, अब कुनै भ्रमलाई अँगालेर कमजोर हुनु छैन म हराउदैछु दैनिकिमा भेट्टाउदै छु, गुमनाम खुसिहरु एक्लोपनको सुगन्धमा !! #शुभबिहानी🌄💐☕️🌺🙏
26
45
105
@Jisanmayal
Jisan Mayal
7 months
आफ्नै जवाफको भुइचालोले अतालिनु के नौलो भयो र ? उडेका थियौँ हामी सपनाको इन्द्रेणी छुन, र मैले होस मै हाम्फाले कै हो, भताभुङ्ग भएको महल, सपना कै सहि तर थियो त हाम्रै, उनको आँसु मेरो मौनता, छताछुल्ल भएका उनका आँसुले, कति डस्ने हुन् अब मलाई!! #शुभबिहानी🌄💐🌺☕️☘️
39
38
107
@Jisanmayal
Jisan Mayal
7 months
म कहिलेबाट तिमीलाई यति धेरै प्रेम गर्ने भएछु, म कहिलेबाट तिमीमा आश्रीत भएछु मलाई पत्तै छैन, जान त म'सँग अनुमति लिएर नै गएकी हौ, थाहा छ, केही सिक्नलाई गएकी हौ, केही राम्रोको लागि नै गएकी हौ जीवन एउटा मोड हो, जसलाई तिमीले पार गर्न पर्थ्यो भरोसा त दिएरै गएकी हौ।। #शुभबिहानी 🌄💐🌺☕️
34
39
105
@Jisanmayal
Jisan Mayal
7 months
रिसाउनु कोसँग छ र? मन दुखाउनु कोसँग छ र? आफ्नै थिए बेतुकका निर्णयहरू हत्तार हत्तारमा कस्तो अफ्ट्यारो सम्झौता गरेछु हरेक हिस्सा शरिरको ग्रहौ कुनै बोझ झै लाग्छ दोष लाउनु कस्लाई छ र? खोट लाउनु कस्लाई छ र? आफ्नै मात्रै त थिए नि ती साना ठुला बेमतलबका सपनाहरू !! #शुभबिहानी🌄💐🌺☘️☕️
35
37
106
@Jisanmayal
Jisan Mayal
1 year
सफल व्यक्तिहरुमा विशेष क्षमता हुन्छ जून आफ्नो निर्णय आफै लग्न सक्छन।आफ्नो निर्णय पश्चात् आउने सबै परिस्थितिलाई सम्हाल्ने सक्ने क्षमता हुनुपर्छ। सिर्जित परिस्थितिमा आफु र आफ्नो क्षमतालाई मजबुत बनाई अघि बढ्ने सामर्थ्य हरेक व्यक्तिमा हुनुपर्छ। #शुभ���िहानी #शुभदिनको_कामना 🌄🌺🎊🙏
35
38
109
@Jisanmayal
Jisan Mayal
7 months
म फर्केर हिँडें भने के तिमी म हिडेको याद गर्छ्यौ के तिमी म गएको ख्याल गर्छ्यौ म आफैलाई थाम्न आफै भित्र लड्छु तिमी मलाई हेर्दा मेरो मुहारमा मुस्कान देख्छ्यौ वा आँसुहरू देख्छ्यौ? म तोडिए र सबै नियन्त्रण गुमाए भने के तिमी म काँप्न नछोडेसम्म मलाई समात्न सक्छ्यौ? #शुभबिहानी🌄💐☕️🙏
39
41
104
@Jisanmayal
Jisan Mayal
6 months
तिमी दुखिरहेको कुरा म कसैलाई भन्न सक्दिनँ, आज आफैंलाई हेर्छु, मेरो बर्तमान हेर्छु तिम्रो आँसुको श्राप लागेको जस्तो लाग्छ, उजाड आफ्नै जिन्दगी हेर्छु तिम्रो खाली, उदास सिउँदोको  पाप लागेको जस्तो लाग्छ, संसार मेरो अघि पछि भए पनि शुन्य छु नितान्त एक्लो छु!! #शुभबिहानी🌄🌺💐☕️🙏
28
30
105
@Jisanmayal
Jisan Mayal
6 months
फेरिएका रहरहरु पूरा गर्दागर्दै म तिम्रो जीवनबाट बिलिन हौला कि ? यो प्रेम भन्ने कुराले हरकोहीलाई थोरै भएनि मतलबी त बनाउँदो रहेछ, तिमीले मलाई कहिले बिर्सिने छैनौ यो कुरामा त मलाई ज्यान भन्दा बढी भरोसा छ, तर सहर फेरिँदै जाँदा रहर पनि फेरिएला कि? #शुभबिहानी🌄💐🌺☕️🙏
32
46
105
@Jisanmayal
Jisan Mayal
6 months
तिमी केही छिन बिताउन र केही दिन गुजार्नलाई मसँग हुन चाहन्छौ मलाई प्रेम प्रस्ताव राख्दैछौ, म भविष्य सम्झेर, तिमीले पछि गर्ने ब्यवहार कल्पेर तिम्रो प्रस्ताव अस्वीकार गर्दैछु, न तिम्रो रुप र रंगसँग सरोकार हुनेछ तर मलाई मेरो दायरामा रहेर प्रेम गर्नुछ!! #शुभबिहानी🌄💐🌺☕️🙏
29
44
104
@Jisanmayal
Jisan Mayal
6 months
थाहा छैन मैले तिम्रो आखाँमा पिडा बोध देखे कि खुशिको रौनक, तर अन्तिम पटक छुट्दै गर्दा तिमीले मलाई अङ्गालेर भक्कानो छोडेर रोयौ, अनि म तिमिलाई न त जाउ भन्न सके न त रोक भन्न सके, न त तिमी जस्तै भक्कानिएर रुन सके टक्क अडिए म चोकमा खडा मुर्ति जस्तै अचल भैदिए! #शुभबिहानी🌄💐☕️🌺🙏
23
40
106
@Jisanmayal
Jisan Mayal
6 months
किनारहरु एक्लै टोलाइ रहन्छन् बगेको खोला फर्किदैन म जस्तै आज सुख्खा बगर बनेर उभिएको छु एक्लो छोडेर जानेहरुको यादमा, एक्लै किनारसँग गुनासो गर्दैछु कसरि सहन्छस छाडेर जानेहरुको बाटो हेरेर? कति रुखो तेरो मन ? किन कहालिदै रुदैनस्? मलाई नुनिला आशुसँग घृणा छ !! #शुभबिहानी🌄🌺☕️🙏
24
42
105
@Jisanmayal
Jisan Mayal
6 months
आकाशका हेर्दै महशुस गर्छु कि आकाशमा बादलसँग जुधेर पानी भई बर्सिन पनि त यहाँ ठुलै पीडा सहनु पर्छ, यो झरि किन जोर जोरले बर्सिन्छ सायद उसलाई पनि त पीडा भएरै यसरी बर्सिन्छ बेहिसाब बेलगाम निरन्तर दुख र पीडा एकै पटक बिसाउन धर्तिसँग धर्तिमै समाहित हुन!! #शुभबिहानी🌄💐☕️🙏
29
39
106
@Jisanmayal
Jisan Mayal
6 months
मैले दिएको हातको घडिले आजकल समय बताउछ कि बताउदैन? कि समय बदल्ने भ्रममा घडिहरु पनि परिवर्तन गर्यौ प्रेमी फेरे जस्तै? यति भन आज नढाटेर एकान्तमा कहिले काहि रुन मन लाग्दा मेरा यादहरुले सताउछ कि सताउदैन? मैले दिएका अत्तरहरु छर्केर आजभोलि कसलाई बसाउन जान्छौ!! #शुभबिहानी🌄💐🌺☕️🙏
34
42
104
@Jisanmayal
Jisan Mayal
6 months
जीवनमा धेरै कुरा भोगेको छु, दुख साट्नेहरुको माया होइन दया देखेको छु, धित मरुन्जेल बह पोख्न सक्छु, मुस्कुराउन सक्छु, मेरो दुख बताउन सक्छु, पत्थरमा कुदिए पनि  तिम्रो कोमलता जस्तो मैले अरु कहि कतैबाट पाएको छैन, देवी मेरी विश्वासको प्रतिमुर्ति तिमि हौ! #शुभबिहानी🌄💐🌺☕️🙏
29
34
104
@Jisanmayal
Jisan Mayal
5 months
मैले गाउँ छोडेको दिन, म फर्किन्नँ कि भनेर पसलेहरूले उधारो खाता पल्टाउँदै-पल्टाउँदै मलाई याद गर्न सक्छन्, सापटि कहिले तिर्ला भनेर आफन्तले खबर सोध्न सक्छन् म फर्किन्नँ कि भनेर प्यारीले आँशुले शिरानीहरू भिजाउन सक्छिन् त्यसैले मलाई यो गाउँ छाड्नै मन लाग्दैन!! #शुभबिहानी🌄💐🌼☕️🙏
35
34
105
@Jisanmayal
Jisan Mayal
6 months
हाम्रो कहाँ मन हुन्छ र न दुख्छ न रुन्छ, पत्थर देखेको छौ? म त्यहि पत्थर हु, जसको मन छ कि छैन, रुन्छ कि रुदैन भनेर बुझ्न स्वयम् तिमी भुइको धुलो हुनु पर्छ, न कुनै रहरले गिज्याउछ, न कुनै सपनाले झस्काउछ, आखिर जाने अन्तिम स्थान त्यहि त हो खरानी हजुर पनि म पनि ! ! #शुभबिहानी 🌄🌺💐☕️🙏
27
38
103
@Jisanmayal
Jisan Mayal
1 year
मान्छे पैसाको पछि समय भन्दा अघि र भाग्य भन्दा बढि पाउन कोशिस गरि रहन्छ। पैसाले किन्ने भनेको स्वार्थ हो, बस्तु हो त्यहाँ भावना हुदैन र हुदैन विश्वास पनि पैसाले मनको शान्ति र विश्वास कहिल्यै कमाउन सकिदैनएकअर्का प्रतिको माया र विश्वास पाइदैन पैसाले। #शुभप्रभात #शुभदिनको_कामना🌅☕️🙏
35
41
102
@Jisanmayal
Jisan Mayal
2 years
आफु भन्दा धेरै महत्त्व र आफु भन्दा धेरै माथि कसैलाई राख्नु हुदैन। मान्छेको अवस्था हेरेर मान्छेहरु सम्बन्धहरु बिचको दुरी बनाउछ। आज खुसि दिने सपना देखाउनेहरु भोलि आशुको कारण न बन्लान भन्न सकिदैन। समयसँगै अघि बढ्न आफुलाई सधै तम्तयार राख्नुस्। #शुभप्रभात #शुभदिनको_कामना🌅🌺☕️🙏
36
39
101
@Jisanmayal
Jisan Mayal
6 months
मैले महसुस गरेको छु म तिमीबाट कहिल्यै अघि बढ्न सक्दैन, न मलाई अघि बढ्नु नै छ अब मलाई हाम्रो मिठा नमिठा जस्तो सुकै यादहरु छन्, तिनीहरू सँगसँगै जीवन बिताउनु छ, तिमी बिना म सुखी त रहौला तर खुशी त खै हुन्न बाचा गर्छु तिमी ढुक्क हौ म तिमी बाहेक कसैलाई अंगाल्ने छैन!! #शुभबिहानी🌄💐☕️🙏
32
44
103
@Jisanmayal
Jisan Mayal
1 year
व्यक्तिका इच्छा चाहनाहरु परिस्थिति अनुरुप फरक फरक हुन्छन् तर मन चाहि सधै उहि हुन्छ बस् व्यवहारमा सम्बेगको विचलनले व्यक्तिले देखाउने व्यवहार फरक फरक हुन्छ। सम्वेगको व्यवस्थापनले जीवनको कठिन परिस्थितिमा पनि आफुलाई सहि बाटोमा अघि बढ्न सकिन्छ। #शुभप्रभात #शुभदिनको_कामना🌅🌺☕️🙏
39
38
105
@Jisanmayal
Jisan Mayal
2 years
सुखमा मान्छेहरू तिमीलाई खोज्छन। दुखमा तिमीलाई वास्ता गर्दैनन् ।उनिहरु तिम्रा सबै सुख चाहन्छन। दुखमा तिमीलाई नै छोड्छन।खुसि हौ तिम्रा हजारौ साथिहरु हुन्छन। दुखि हौ तिम्रो साथमा कोहि हुदैन।तारिफ दुनियाले गर्छ तर अप्ठ्यारो साथ कसैले दिदैनन्। #शुभप्रभात #शुभदिनको_कामना🌅🐔🥀🌺🇳🇵🙏
29
34
100
@Jisanmayal
Jisan Mayal
7 months
म पनि तिम्रो ईछ्याहरुको मान राख्दै कहिलेकाही रमझमबाट टाढा भएर तिमीसँग शान्त बसिदिन्छु, मलाई लाग्थो कसैलाई प्रेम गर्नु भनेको एउटा दायरामा राख्नु हो तर आजको दिनसम्ममा तिमीले दिएको प्रेमबाट मैले सिके कि कसैलाई प्रेम गर्नु भनेको  कदर गर्नु रहेछ!! #शुभबिहानी 🌄💐🌺
34
34
102
@Jisanmayal
Jisan Mayal
6 months
मनै त हो, मनलाई कहाँ थाहा थियो र कोहि होईन भन्दाभन्दै तिमी सबथोक हुन्छौ भन्नि तिमीले पनि मलाई आफ्नो ठाने झै गरेरै त हो, मेरो मनले पनि तिमीलाई आफ्नो मानेको अनि फेरि यो आत्मीयता क्षणिक मात्र होला कि भन्ने डर हरपल मनमा लागिरहन्थ्यो, जिन्दगीमा जे गर्न पनि गाह्रो!! #शुभबिहानी🌄🌺☕️🙏
26
41
101
@Jisanmayal
Jisan Mayal
1 year
सम्बन्धहरुले हामी बिच भएको आत्मियताको गहिराइ महशुस गराई रहन्छन्।जीवनमा कहिलेकाही हामी पराई मान्छेहरुसँग पनि आत्मिय हुन्छौं,सुमधुर सम्बन्ध हुन्छ त्यहि हाम्रा सम्बन्धहरुमा हामी निकट भएपनि त्यो आत्मियता महशुस हुदैन, हामी पराई झै हुन्छौं। #शुभप्रभात #शुभदिनको_कामना🌅🌺☕️🙏
38
33
104
@Jisanmayal
Jisan Mayal
6 months
लामो समय पश्चात् आफैले मेटेका पाइलाहरु माझ आफुलाई मेटाउने पाइलाहरुका माझ, तिमी त्यही त हुन्छेउ देखे जस्तो गर्नु नदेखे झैँ बस्नु चिने झैँ आउनु नचिने झैँ गर्नु फरक अब केहि पर्दैन अमिलो मनको धमिलो सम्झना हो यो, त्यहाँ पुग्दा एउटा अतितबाट सधैको लागि मुक्ति पाउछु! #शुभबिहानी🌄💐🌺🙏
36
40
101
@Jisanmayal
Jisan Mayal
5 months
मैले जति तिमीलाई अरु कसैले बुझ्नै सक्दैन, मेरो जस���तो प्रेम तिमीले अन्त कतै पाउदिनौ, मलाई आजकल तिम्रो खुब न्यास्रो लाग्छ, तिमीसँग बोल्न मन लाग्छ, सोध्न मन छ, बिछोड यती सहज छ र? एक झलक हेर्न नपाउँदा आँखाहरु निक्कै उदासीन छन्, कोहि छ जो तिमी बिना आफू पनि छैन!! #शुभबिहानी 🌄💐🌺🙏
32
37
101
@Jisanmayal
Jisan Mayal
6 months
केही आशुहरु लिएर छिट्टै आउ म यहाँ पोख्न नपाएर सलबलाई रहेछु, आखिर को नै छन र ति आशुका पनि तिमी गएदेखी यि भित्ताहरुले कचकच सुनिरहनु परेको छ, तिमी गएदेखी यि सिरानीहरुले आशु पुछीरहनु परेको छ, आउ केही पल जिन्दगी लिएर छिट्टै आउ म यहाँ जिउन नपाएर भौतारीरहेछु!! #शुभबिहानी 🌄💐☕️🙏
35
41
101
@Jisanmayal
Jisan Mayal
1 month
तिमी सँगसँगै मेरो हरेक नाता टुट्दै गएका छन्, ओठको मुस्कान टाढा कतै छुटेको छ, कसैले मेरा हर खुशी लुटेर गएको छ, तिमी किन टाढा भयौ मलाई गुनासो छैन, म एक्लो भएकोमा लागेको छ, मैले तिमी बाहेक आफ्नो कसैलाई बनाउँनै चाहिन्, मेरो हरेक सम्बन्ध बस् तिमीमा सिमित छन्!! #शुभबिहानी 🌄💐☕️🙏
27
44
103
@Jisanmayal
Jisan Mayal
7 months
बैमानी आशु सानो पिडा मै पित्त रोइदिन्छ र त आफैसँग रिस उठछ, रुन दिन्न तिमिलाई भनेर ब्यर्थैको  कसम नखानु है, बस तिमि मेरो आशुहरुको कारण नबनिदिनु, तिम्रो हातमा आगो राखेर भन्न मन छ 'हो मेरो मनको जलन पनि यस्तै हो ' यो जाबो छाला पोल्नु र मन पोल्नुमा धेरै फरक हुन्छ! #शुभबिहानी🌄💐🌺☕️
37
39
102
@Jisanmayal
Jisan Mayal
7 months
म त तिम्रा शब्दका बाधहरू भन्दा बाहिर छु म भित्रको साउने बाढीको भेल देख्दिनौ तिमी पुसको कठ्यांग्रिने चिसोले जमेको मुटु तिमी देख्दिनौ चैते हुरिको गडगडाहट सुन्दिनौ तिमी  चिसोले जमेका मुटुहरू लिएर धड्किन जानिसकेको छु पराकम्पनसँग जीवनको ताल मिलाएको छु!! #शुभबिहानी 💐☘️🌷✍️
32
40
100
@Jisanmayal
Jisan Mayal
6 months
कता कता सपनाहरुले, आफैलाई ऐठनले अठ्याए जस्तो भा'छ, आफ्नो आत्माले आफ्नै मुटु चपाए जस्तो भा'छ जन्मिनुको अस्तित्व नभए जस्तो जीवनमा एउटा उत्तरचढाब आइरहन्छ, यो जीवनको युद्द उसैले जित्छ जसले हिम्मत हार्दैन म झसँग भए, तर डराइन त्यो दिन म अरु दिन भन्दा निश्चिन्त भए।। #शुभबिहानी 🌄🌺☕️✍️
32
35
101
@Jisanmayal
Jisan Mayal
2 years
संसारमा मान्छेहरु सबै उस्तै हुन्छन् तर दुरुस्तै हुदैनन्। दुरुस्तै नहुनुको अर्थ उनिहरुले गर्ने कर्मको भेद हो।कर्म सबै उस्तै हुन्छन तर दुरुस्तै हुदैनन्। कर्म गर्नेहरु आफ्नो कार्यको समालोचना गर्छन र सधै अघि बढ्न प्रयासरत हुन्छन्। #शुभप्रभात #शुभदिनको_कामना 🌅🌹☕️🌺🙏
28
34
101
@Jisanmayal
Jisan Mayal
2 years
विलासिलताका महङ्गा सामानले मानिसलाई खुसि दिन सक्दैनन्। यो त केवल खुसि पाएको महशुस गराउने भ्रम मात्र रहेछ। खुसि हुन जान्नु पर्छ,स-साना कुरामा आफुलाई त्यस भित्र खोज्दै महसुस गर्दै जानुपर्छ। #शुभप्रभात #शुभदिनको_कामना🌅🌺☕️❣️🌹🙏
26
37
98
@Jisanmayal
Jisan Mayal
6 months
तिमी सँगसँगै मेरो हरेक नाता टुट्दै गएका छन्, ओठको मुस्कान टाढा कतै छुटेको छ, कसैले मेरा हर खुशी लुटेर गएको छ, तिमी किन टाढा भयौ मलाई गुनासो छैन, म एक्लो भएकोमा लागेको छ, मैले तिमी बाहेक आफ्नो कसैलाई बनाउँनै चाहिन्, मेरो हरेक सम्बन्ध बस् तिमीमा सिमित छन्!! #शुभबिहानी 🌄💐☘️☕️🙏
27
41
100
@Jisanmayal
Jisan Mayal
1 month
मन सार्है हलुका छ, केही कुराहरु बिर्सेर तिमी,तिम्रा याद र हाम्रो विगत जसले हामी दुबैलाई एकअर्काको हुन कहिल्यै दिएनन् मनका वरपर साउती लाउदै झस्काई रहने निर्लज्ज सम्झना यतै कतै दौडिन्छन् म आफैलाई सम्झन्छु म आफैलाई सम्झाउछु म आफुलाई सबै भन्दा बढि प्रेम गर्छु!! #शुभबिहानी🌄💐🌺🌿
31
36
100
@Jisanmayal
Jisan Mayal
4 months
दुखेको छ मन् भिजेका छन् आँखाहरू अनी आवाज विहीन छन् ओठहरु सुर्य उदाएर नयाँ दिनको शुरुवात हुन्छ झरीको स्पर्शले नयाँ पालुवा पलाए जस्तै जिन्दगीमा अर्को दिन नआउला र? के मेरा ओठहरूले आवाजविहीनका आवाजलाई बुलंद वनाउन नसक्लान र? म प्रतिक्षामा छु ति स्वर्णीम दिनहरुको!! #शुभबिहानी🌄💐🌺🌿
31
37
101
@Jisanmayal
Jisan Mayal
7 months
समस्या थाहा नपाउनु समस्या होइन, समस्या स्वीकार गर्न नसक्नु हो, कसैले तँ नराम्रो छस् भन्छन भोलिपल्ट देखि ऐना हेर्न छाडिदिन्छु, पैसा,पद,प्रतिष्ठा,जागीर सबै मिथ्या रहेछन्, जब मानिस मनबाट दु:खी हुन्छ  उसका सबै सफलताका दु:ख पीडाले थिच्दो रहेछ! #शुभबिहानी🌄🌺💐☘️
35
34
99
@Jisanmayal
Jisan Mayal
1 year
मानव सबै समान हुन्छन्। जन्मदै एकअर्कामा कुनै भेद हुदैन।जन्मैदेखि कोहि निच र कोहि महान हुदैनन्।व्यक्ति निच र महान कर्मले हुन्छन्।कर्मले व्यक्तिलाई गतिशील बनाउछ, त्यसरी गतिशील बन्न सक्यो भने भविष्यको चिन्ता गर्नु पर्दैन।वर्तमानमा खुसि हुन सकिन्छ। #शुभप्रभात #शुभदिनको_कामना🌅🌺☕️🙏
35
39
99
@Jisanmayal
Jisan Mayal
6 months
जुन जस्ति छ्यौ म तिमिलाई दाग लगाउन चाहान्न परिधि नाघेर, म भवरा होइन मालि बन्न चाहान्छु, तिमिलाई शृङ्गार गर्नु पर्दैन तिमिलाई म मेरै शब्दले सजाउछु मेरै प्रेमले सजाउछु, न दाग लगाउन चाहान्छु, न चुड्न चाहान्छु, तिम्रो अनुमति बिना म आफुले आफुलाई छुदैन!! #शुभबिहानी🌄💐🌺☕️🙏
31
35
98
@Jisanmayal
Jisan Mayal
1 year
जब मान्छे सबैबाट निरन्तर फरक व्यवहार पाउछ ऊ चुप बस्न उचित ठान्छ।उ भित्रको कुन्ठाले उसलाई जलाई रहेको हुन्छ।जो मान्छे पिडामा हुन्छ ऊ आफ्नो मनको कुरा अरुसामु राख्न सक्दैन तब उसलाई बढि रिस उठ्ने गर्छ।संसारले रिस देख्छ,अवस्थाको ख्याल गर्दैनन्। #शुभप्रभात #शुभदिनको_कामना🌅🌺☕️🙏
42
36
99
@Jisanmayal
Jisan Mayal
7 months
म यस्तो भिडमा छु, इर्श्यामा मुस्कुराएका ओठहरु, बधाई दिन्छन, दुखमा हाँसेका आत्माहरु सान्त्वना दिन्छन्, फूल दिएर बिष भर्नेहरु छन्, साथ भनेर रिस गर्नेहरु छन्, म सोच्छु फूलमा काँडा हुनु, रुखमा हाँगा हुनु, अनि म सँग भिडभाड हुनु एउटै होला!! #शुभबिहानी 💐🥀🌷🌺
31
35
97
@Jisanmayal
Jisan Mayal
1 year
जीवन कसैको सरल सहज छैन।एउटा समस्याको हल हुन नपाउदै अर्को तयार हुन्छ।हरेक निर्णय,फैसला सधै हामीले तय गर्न सक्दैनौं।समय र हाम्रो अवस्थाले जीवनमा धेरै कुराको निर्णय र फैसला गर्छ।जहाँ आफ्नो चाहाना भन्दा नि जिम्मेवारीले अधि बढ्न प्रेरित गरिरहन्छ। #शुभबिहानी #शुभदिनको_कामना🌅🌺☕️🙏
42
41
98
@Jisanmayal
Jisan Mayal
6 months
तिमी म बनेर मेरो मौनता पढिदिनु म तिमी बनेर भिडमा कतै हराई दिनेछु तिमी म बनेर भब्य बाच्नु एकान्तमा गएर मेरो चिच्याहटलाई सुन्नु मैले मेरो पीडा बोलेको छु सुनौला दिनहरु थिए अनयासै छुट केही रहरहरु खास थिए बाध्यताको चापमा मेटिए !! #शुभबिहानी🌄💐🌺☕️🙏
32
36
99
@Jisanmayal
Jisan Mayal
7 months
म अरू कतै बस्न चाहन्छु, यहाँ होइन, यो सहरमा होइन, जहाँ मेरो मुटु धेरै पटक मरेको छ, म यस्तो ठाउँमा बस्न चाहन्न जहाँ मलाई निरन्तर सम्झाइन्छ कि जीवन बाँच्न लायक छैन, म चाहान्छु कतै म शान्ती पाउन सकूँ र कतै जसले मलाई यो जीवन कती सुन्दर छ भन्ने महसुस गराऊन सकुन!! #शुभबिहानी 🌄🌺☕️🙏
32
38
97
@Jisanmayal
Jisan Mayal
2 years
साचो प्रेम थियो र त चर्चा थियो,छ र रहिरहनेछ। दुनियाले अनेकौ खोट लगाउने छन तर प्रेम बाची रहनेछ। #शुभ_सन्ध्या 🌺💞🌹🙏
12
22
96
@Jisanmayal
Jisan Mayal
1 year
मान्छे त्यो चाहन्छ जुन आफुसँग हुदैन। हरेक दिन राम्रो भन्दा राम्रो पाउने आशामा मान्छेले आफैभित्रको त्यो मान्छेलाई भुलिसकेका छन् जुन उ आफु हो जो केही नहुदा नि हिजो खुसि हुन सक्थ्यो। जीवन जिउनुको सार्थकतालाई बुझौ। #शुभप्रभात #शुभदिनको_कामना🌅🌺☕️🙏
39
38
100
@Jisanmayal
Jisan Mayal
7 months
बाटो नयाँ, माहोल नयाँ बतास बनी उड्दैछु, पुग्नु नै कहाँ छ र आखिर! आफ्नै छाया सित भाग्दैछु, तर मन त्यहीँ छ, पाईला जहाँ पुगे पनि बरालिएको यात्राले फकाउन नसकेको मन, सम्झाउ पनि किन आखिर, यादको सिरानीमा निदाउनु छ, त्यसैले बर्षेका यी शब्द, सँगालेको छु तिम्रै नाउँमा।। #शुभबिहानी 🌄🌺💐☕️
30
31
97
@Jisanmayal
Jisan Mayal
2 years
अचेल घरदेशको बसाई छ..केही दिनपछि टुइटरमा तपाईहरु माझ आएको छु विर्सनु भएको त छैन नि!! सम्झना सबै जनालाई शुभदिनको कामना🌅🌺🇳🇵🌷☕️🙏
22
25
98
@Jisanmayal
Jisan Mayal
3 months
तिमी नारी म पुरूष शरीरको बनावट फरक होला हाडमासु त एउटै हो नि आँखाको आँसु त एउटै हो नि तिमीसँग नि हृदय छ हृदयमा भाव सोच बदल्नुपर्छ पीडाहरूका रापमा परि पत्थर गल्नुपर्छ बग्नुपर्ने आँसुहरू अब रोक्नुहुन्न पीडाहरू अब बोक्नुहुन्न सोच्नैहुन्न कि पुरूष रूनुहुन्न!! #शुभबिहानी🌄💐☕️🙏
24
40
99
@Jisanmayal
Jisan Mayal
1 year
हरेक पाइलामा कुनै न कुनै समस्या बाँचुन्जेल आइरहन्छन्।समस्यालाई पार लाउन हामीले त्यस परिस्थितिलाई स्विकार्नु पर्छ या त आफ्नो बाटो परि��र्तन गर्नु पर्छ अथवा हामीले आफुलाई त्यस परिस्थितिको जिम्मा लगाई समयको प्रभाव बुझि त्यसै अनुरुप अघि बढ्नुपर्छ।। #शुभबिहानी #शुभदिनको_कामना 🌄🌺🎊🙏
29
38
96
@Jisanmayal
Jisan Mayal
1 year
मान्छे पैसाको पछि समय भन्दा अघि र भाग्य भन्दा बढि पाउन कोशिस गरि रहन्छ।पैसाले किन्ने भनेको स्वार्थ हो,बस्तु हो त्यहाँ भावना हुदैन र हुदैन विश्वास पनि पैसाले मनको शान्ति,विश्वास कहिल्यै कमाउन सकिदैन।एकअर्का प्रतिको माया र विश्वास पाइदैन पैसाले। #शुभप्रभात #शुभदिनको _कामना🌅🌺☕️🙏
39
32
96
@Jisanmayal
Jisan Mayal
3 months
तिमीलाई म कहाँ लेख्न लगाउ सबैले केही न केही कोरेर गई सकेका छन् मनको पत्रहरुमा अल्पत्र परेका म तिमीलाइ कुन सपना देखाउ प्याजको जुनै पत्र नयन सामु ल्याउदा आँसु मात्रै त हो हैन र, मैले जानेलाई रोक्न सकिन मनका बह पोख्न सकिन आज तिमी मलाई यति अनायास मिलेकी छौ!! #शुभबिहानी🌄🌺☕️🙏
26
43
97
@Jisanmayal
Jisan Mayal
6 months
तिमीले मलाई बिर्सिसक्यौ होला कि अझै म छु या म तिम्रो जीवनमा थिए भन्ने लाग्छ तिमीलाई के तिमीसँग मेरा हरेक सवालहरुको जवाफ छन् थाहा छ तिमी म'बाट कोसौं टाढा छ्यौ, तिमी हरपल मेरो मन, मष्तिस्कमा समेटिएकी छौ तिमी र मबाट हामी हुने कल्पनाका पलपल सुरक्षित छन्।। #शुभबिहानी🌄💐☕️🙏
34
39
97
@Jisanmayal
Jisan Mayal
6 months
बैशले पोखिएर ऐषलुको फेद र रोदि अनि दोहोरिमै रातभर रोकिएका, बचपन मै लगाएको त्यो मिठो प्रेमको गुड हुन्थ्यो, त्यहि प्रेममा घरको आगनिमा जन्मेको बचेरा रुन्थ्यो, परिवारको मिठो सम्बन्धले गगन मात्र होइन खुशिको बहार चुम्थ्यो, तिम्रो शहरमा मान्छे कसरी खुशि हुन्छन? #शुभबिहानी🌄💐🌺☕️🙏
28
43
96
@Jisanmayal
Jisan Mayal
6 months
मैले गरि सकेको प्रेम, अब मलाई अरु कसैलाई गर्नु छैन, मैले तिमीमा नै मेरा हरेक प्रेमका भावहरुको पुर्णविराम लगाईसके अब भए तिम्रो साथमा नभए तिम्रो यादमा जीवन कटाउन चाहन्छु, तिम्रो पर्खाइमा म आफुलाई तिमीमा सातै जुनि समर्पित गर्न चाहन्छु!! #शुभबिहानी 🌄🌺☕️🙏
37
35
95
@Jisanmayal
Jisan Mayal
6 months
जब मन दुख्छ तब कयौ भावनाहरुले मौनताको कफन ओडेका हुन्छन, रहर सबै मरिसके पछि शरिरका हरेक अङ्गलाई जल्न हतार हुनेरहेछ, भो नबुजाउ जिन्दगीको पाठ कसैले मलाई, कोठामा टागेको कालो पर्दा भित्र रङ्गिन मेरो जिन्दगिलाई मैले कैद गरेको छु दुखाईको कुनै आवाज छैन तर म टुटेको छु!! #शुभबिहानी🌄🌺☕️✍️
29
41
98
@Jisanmayal
Jisan Mayal
4 months
तिम्रा भरि भर्कम्प सपनाहरुले उडानको तयारी गर्दै गर्दा हाम्रो सम्बन्धका बिचमा हुने दुरिको भारीमा च्यापिदै प्रेमको भार सम्हाल्दा आफुलाई तिम्रा सपनाको परिधि भित्र कैद गर्नु नै पर्छ आखाले देख्ने सपना सुन्दर भएपनि सपनाले आँखालाई कुरुप देख्छ स्वतन्त्र देख्छ!! #शुभबिहानी🌄💐🌺 🌿
32
41
97
@Jisanmayal
Jisan Mayal
8 months
ओठले बोलेका कुराहरु पनि झुटा हुन्छन् यदाकदा, वाचा बन्धनका कथाहरु पीर दु:खका व्यथाहरु, गुनासो, गन्थन या त दुखेसो, विश्वास हुन्न सुँक्सुँकाउँदै चुहाएको आँशुहरुकै, भर हुन्न अभर पार्ने मुसुक्क मुस्कानको, मलाई झुटो प्रेम मन पर्दैन। #शुभबिहानी 🌺💐🥀☕️
35
38
95
@Jisanmayal
Jisan Mayal
7 months
आफूले सजाएका सबै सपनाहरु खरानी भइसकेका छन् तर सम्झना त्यो सपना भन्दा पर छैन, अपेक्षाहरुले लात मारिसकेका छन् तर त्यसलाई अझै स्वीकार गर्न सकिएको छैन, भन्छन् संसारलाई देखाउन सजिलो छ तर म आफ्नो मन देखाउन सक्दिन, मनका सबै पीडाहरु खुलस्त पार्न सक्दिनँ।। #शुभबिहानी 🌄💐🌺☕️
33
38
96
@Jisanmayal
Jisan Mayal
4 months
कथा सबैका हुन्छन कथा भित्रका पात्र कमैले बुझ्छन ब्यस्त गल्लिमा कसैले सुस्केरा हालेर आफ्ना कथा सुनाउदै छ सम्योग र बियोगले भरिएको जिन्दगीमा कहिले सम्योगले नै रुवाइदिन्छ त कहिले बियोगका आशुमा पनि हर्षमा भेटिन्छन् त कहिले हर्ष भित्र आशु लुकेका हुन्छन्!! #शुभबिहानी🌄💐🌺☕️🌿
24
35
98
@Jisanmayal
Jisan Mayal
7 months
म लेख्दैछु घृणाको कहानी, कति लेखु प्रेम कहानी? म लेख्दैछु चरित्र भित्रको नाङ्गो कहानी, नाङ्गिनु भनेको बस्त्र छोड्याएर निर्लज्ज हुनुलाई मात्र भनिदैन महोदय, हासो,खुशि,उत्सब र उमङ्ग जिन्दगिको एक हिस्साबाट सकिएर रित्तो हुनु पनि नाङ्गिनु हो!! #शुभबिहानी🌄🌺☘️💐☕️✍️
35
38
96
@Jisanmayal
Jisan Mayal
3 years
सुखको खोजी दुखको प्राप्ति हो। जीवनमा जति सुख खोज्यो दुखले नजिकबाट हामीलाई चिहाएको हुन्छ। परिश्रमले मान्छेलाई गतिशील बनाउछ। जीवन यात्रामा हरेक उतारचढावलाई सुल्झाउन मान्छे गतिशील बन्नैपर्छ। #शुभप्रभात #शुभदिनको_कामना🌅🌺💕☕️🇳🇵🙏
18
25
93
@Jisanmayal
Jisan Mayal
6 months
तिमीलाई सम्झना छ र? तिमीलाई भुल्नको लागि सायद मेरो सासले मलाई बिर्सिनु पर्छ, तिमी जहाँ छौ खुशी साथ रहनु, तिमी जस्तो छौ त्यो भन्दा मस्त रहनु, जीवनको कुनै मोडमा तिमीलाई प्रेमको कमी महसुस भयो भने समयका जति प्रहर काटिए पनि म तिम्रो प्रतीक्षा गर्नेछु!! #शुभबिहानी 🌄💐🌺☕️🙏
29
37
92
@Jisanmayal
Jisan Mayal
2 years
भगवान संसारमा आज मैले चाहेका हरेक कुराहरू लगभग छन तर एउटा कुरा मसँग छैन जो मेरो खुसिमा म भन्दा नि बढि खुसि हुन्थिन् मेरी आमा!! #शुभप्रभात #शुभदिनको_कामना🌅🌺☕️🙏
30
27
93
@Jisanmayal
Jisan Mayal
1 year
आफ्ना सपना र निर्णय मजबुत बनाउनुपर्छ। अरुका कुराले सपना र निर्णय बद्नु पर्ने अवस्था आयो भने हामीले आफ्ना लागि बाच्न सुरु गरेका छैनौं भन्ने प्रष्ट हुन्छ।सपना र निर्णय पूरा गर्न कडा मेहनत गर्नुपर्छ।मेहनत कसैले हेर्दैन सबै मात्रै मुल्यांकन गर्छन्। #शुभप्रभात #शुभदिनको_कामना🌅🌺☕️🙏
33
33
97
@Jisanmayal
Jisan Mayal
1 year
जीवनमा सधै गल्ति गर्दा नै दुख पाइन्छ भन्ने हुदैन।आफन्त जो हाम्रा वरपर रहन्छन्,हामीले गरेको विश्वासले गर्दा जीवनमा दुख पाइन्छ।जब हामी अरु माथि विश्वास गर्छौ तब हाम्रो स्वभाव सरल हुन्छ जसले गर्दा मान्छेहरु हाम्रो स्वभावलाई कमजोरी ठान्छन्। #शुभबिहानी #शुभदिनको_कामना🌅🌺☕️🙏
34
34
95
@Jisanmayal
Jisan Mayal
5 months
लडेर हिँड्न नसक्नेहरुको कमजोर कडी हो विश्वास, त्यसैले विश्वासको आग्लो नलगाउनुहोस कसैलाई बाँधि राखेर कोही खुशी हुन सक्दैन जीवन यही हो हाँसेर याद गरौँ नमिठा पलहरुलाई, गुम्नेहरुलाई डाहा होस्, गुमाउनेहरुले आहा होस् कतिले प्रिय मान्छेहरु गुमाएका छन् कतिले जीवन नै!! #शुभबिहानी 🌄💐☕️🙏
29
40
96
@Jisanmayal
Jisan Mayal
7 months
सहमत छैन मन! बस् चित्त बुझाउनु पर्छ, सब ठिक होला अब ठिक हुदै जानेछ भन्ने आशामा केवल मनलाई आशा देखाउदै, संघर्षको यो यात्रामा म आफु म भित्रका सपना पूरा गर्ने दौडमा दौडिरहेको छु निरन्तर मेहनतले एकदिन रंगहरु अवश्य ल्याउनेछ मलाई मसँग परिचित बनाउनेछ!! #शुभबिहानी🌄💐☘️☕️🙏
35
37
95
@Jisanmayal
Jisan Mayal
3 months
कहिले आफुलाई तराजुमा तौल्छु कहिले आफुलाई अन्धकारमा बेवारिशे छोडिदिन्छु त कहिले हाँस्छु कलम नचलाको पनि हैन सर्टिफिकेट बजारैभरी नडुलाको पनि होइन म के गर्दै छु सबैलाई चिन्ता छ म थाक्दै छु म गलिसके यस्ता अनेक बोझहरुले म कमजोर हुँदैछु अब कर्ममा बिस्वास लाग्दैन!! #शुभबिहानी🌄🌺☕️🙏
24
38
93
@Jisanmayal
Jisan Mayal
1 year
संसारमा भएका हरेक व्यक्ति भित्र विशेष क्षमता गुण-दोष हुन्छ।संसारलाई चिन्ने र जित्ने सामर्थ्य राख्ने मान्छे जब आफुलाई आफ्नो क्षमतालाई चिन्ने प्रयासमा उ आफु भित्र कमजोर हुन्छ। यहाँ ज्ञानको घमण्ड सबैलाई हुन्छ तर आफ्नो घमण्डको ज्ञान सबेैलाई हुदैन। #शुभबिहानी #शुभदिनको_कामना🌅🌺☕️🙏
31
31
94
@Jisanmayal
Jisan Mayal
3 months
जब दुनियालाई हेर्छु म आफन्तलाई हेर्छु खै त समर्पण ? चुँडिन लागेको सद्भाव देख्छु चिसोपनमा काठ्ठीएको दुनियाँ लाग्छ धेरै काम गर्नु छ सबभन्दा पहिला जमिन खन्नुछ प्रेमको मलजलले मलिलो बनाई यहि माटोमा गाड्नु छ बिस्वासको बिऊ र उमार्नु छ चारैतिर भरोसाको बोटहरु !! #शुभबिहानी🌄💐🌺🌿
29
34
97
@Jisanmayal
Jisan Mayal
6 months
नजिकको मान्छेले टाढा भएको मान्छेलाई टाढैबाट सुकसुकाउदै बिदाइका हात हल्लाउदा राम्रो मान्छे हो भनि कहलिन पनि त एक जुनि नै पो सकिन पर्छ, म छु भनेर भन्नेहरुको भिडमा कम मात्रै हुन्छन्, सधै सँगसँगै हुन्छन्। कोहि जिन्दगी जिउन सधर्ष गर्छन त कोहि जीन्दगीसँग संधर्ष गर्छन! #शुभबिहानी🌄💐🙏
30
35
94
@Jisanmayal
Jisan Mayal
5 months
मन सार्है हलुका छ, केही कुराहरु बिर्सेर तिमी,तिम्रा याद र हाम्रो विगत जसले हामी दुबैलाई एकअर्काको हुन कहिल्यै दिएनन् मनका वरपर साउती लाउदै झस्काई रहने निर्लज्ज सम्झना यतै कतै दौडिन्छन् म आफैलाई सम्झन्छु म आफैलाई सम्झाउछु म आफुलाई सबै भन्दा बढि प्रेम गर्छु!! #शुभबिहानी🌄💐🌺🌿
33
38
94
@Jisanmayal
Jisan Mayal
4 months
कहिलेकाहीँ म बुझ्दिनँ मलाई के भइरहेको छ, राम्रो र खुशी महसुस गर्छु म जीवित महसुस गर्छु तर त्यसपछि मेरो वरिपरि सबै असहज हुन्छ म लुक्न चाहन्छु एक्लै हुन चाहन्छु म हास्छु अनी एकछिनमा रुँदै जान्छु र म धेरै अलमलमा छु म यो भावनालाई घृणा गर्छु म सधैं खुसी हुन चाहन्छु। #शुभबिहानी🌄💐🌺☘️
27
31
98
@Jisanmayal
Jisan Mayal
1 year
सम्बन्धमा हरेक कुरालाई राम्रोसँग निभाउने गर्नुपर्छ।त्यहि सम्बन्ध र त्यहि मान्छे सधै सबैको भाग्यमा लेखेको हुदैनन्।देखावटी कुराहरु भन्दा पनि वास्तविक कुराहरु ध्यान पुर्याएर दुखसुखमा साथ दिने मान्छेको कदर र सम्मान गर्दा जीवन यात्रामा सहज हुन्छ। #शुभबिहानी #शुभदिनको_कामना🌅🌺☕️🙏
37
32
91
@Jisanmayal
Jisan Mayal
5 months
कमि केही रह्यो कि? हरेक प्रयास गर्दापनि आफुलाई सहि भएको महशुस गराउन सकिन, तिम्रो अपेक्षाको पूरा गर्न नसक्दा म आफु बद्लिनलाई मान्न मलाई कुनै संकोच छदै छैन, बुझनेले मौनता पनि बुझ्छ दुख सुनाई रहन र माया देखाई रहन जरुरी हुँदैन मन सफा हुनेकै भाग्य प्राय खराब हुन्छ!! #शुभबिहानी🌄💐☕️✍️
32
35
92
@Jisanmayal
Jisan Mayal
1 year
सम्वेगलाई नियन्त्रण गर्ने कुनैपनि मापदण्ड र आधार मान्छेले बनाउन सकेको छैन।समाज र सभ्यताले केही हदसम्म बाधेको हुन्छ तर मान्छे भित्रको उत्कण्ठालाई केही कुराले बाध्न सक्दैन।यसरी नै हरेक क्षण व्यक्तिको मान्छे र बस्तु प्रतिको मुल्यांकनको मापदण्ड र आधार बद्लि रहन्छ। #शुभबिहानी🌅🌺☕️🙏
31
30
92
@Jisanmayal
Jisan Mayal
5 months
थाहा छैन के पाउछु मैले जीवनको उत्तरार्धमा, अस्तित्वहरुलाई विछ्याई दिएर रहस्यमय बनि बसेको छु, भिडहरु घुटन बनेपछी, टुटेको पो रहेछु, अब कुनै भ्रमलाई अँगालेर कमजोर हुनु छैन म हराउदैछु दैनिकिमा भेट्टाउदै छु, गुमनाम खुसिहरु एक्लोपनको सुगन्धमा !! #शुभबिहानी🌄💐☕️🙏
31
32
95
@Jisanmayal
Jisan Mayal
2 years
कहिलेकाही हामी अरुलाई आफ्नो जीवनमा चाहिने भन्दा धेरै महत्त्व दिई रहेको हुन्छौ। उसको जीवनमा आफ्नो स्थान कहाँ छ,त्यो कुराको ख्यालै नगरी बढि अपेक्षा गर्छौ त्यहि दुखको कारण बनि दिन्छ।यति कुरा बुझियो भने प्रेमका नाममा कयौ फूलहरु खुट्टाले कुल्चनु पर्ने दिन आउदैन। #शुभप्रभात🌅🌺🇳🇵☕️🙏
23
32
92
@Jisanmayal
Jisan Mayal
5 months
आँखै अघि टुटेका सपना छन, जन्मेको ठाउँका गल्ली,चोकमै छुटेको छ बचपन! यहाँ,अचेल म आफु आफैसँग एक्लिएको छु, म आफुलाई आफैभित्र, भेट्न सकेको छैन, अझ भनौ कि म आफु आफैसँग अपरिचित जस्तै भएको छु, टुटेका सपना, झरेका आशु, बसाईको एक्लोपन, समयको परिबन्ध म आफु आफै भित्र छैन! #शुभबिहानी🌄💐☕️🙏
30
35
95
@Jisanmayal
Jisan Mayal
2 years
पवित्र मनमा इश्वरको वास हुन्छ भन्ने मान्यता छ।यहि मन भित्र सुख,दुख,माया,घृणा,संघर्ष,त्याग,कर्म,काम वासना र आशक्ति पनि भरिएका हुन्छन। मन पवित्र हुन यी मानविय उपकरणहरु पवित्र हुनुपर्छ।मान्छेले त्यहि एक चिम्टि टेकोमा सार्ह्रा जीवन काटि दिन्छ। #शुभप्रभात #शुभदिनको_कामना🌅🌺☕️🇳🇵🙏
30
41
95
@Jisanmayal
Jisan Mayal
2 years
घरलाई घर जस्तै बनाउन हरियो पासपोर्ट बोकेर प्रदेश आएपछि कम्पनीले लगाएका भिजा'ले रङ्गिदै सकिएका पासपोर्टका पानाहरु जस्तै जिम्मेवारीका चापले प्रदेशीका रहर,खुसिहरु कमसल बन्दै जान्छन्। जहाँ जिम्मेवारीसँग खुसि र रहरहरुलाई तुलना गर्दै जीवन बित्छ। #शुभप्रभात🌺🙏 #शुभदिनको_कामना 🌄🌺🎊🙏
25
35
95
@Jisanmayal
Jisan Mayal
1 year
सम्बन्ध जोडिन कुनै निश्चित कुराहरुले निर्धारण गर्लान् तर हरकोहि सबैसँग सम्बन्धमा रहन सक्दैनन्।ब्यक्तिको स्वभाव र व्यवहारिकपनले उसलाई अरुसँग जोडि रहन मद्दत गर्छ।राम्रो मान्छेहरु हाम्रो जीवनमा अवश्य आउछन् तर उनिहरु सँगको सम्बन्ध जान्नु सक्नुपर्छ। #शुभबिहानी #शुभदिनको_कामना🌅🌺☕️🙏
36
29
96
@Jisanmayal
Jisan Mayal
2 years
सबै मानिस समान हुन कोहि कसैको मालिक हो न कोहि कसैको दास हो। मानिसलाई दास र मालिक उसको आफ्नै मनले बनाउछ उसको दरिद्र प्रवृत्तिले बनाउछ। व्यवहार र आचारणले व्यक्तिलाई अरुसँग अनुकुल प्रतिकुल बनाउन सघाउछ। #शुभप्रभात #शुभदिनको_कामना🌅☕️🌺🙏
34
38
92
@Jisanmayal
Jisan Mayal
2 years
जीवनमा जब हामी समस्याले चारैतिरबाट घेरिएका हुन्छौं।हामीले समस्याको बारेमा सोच्ने र त्यसका हजारौं कारण पाउछौ। समस्याका बिच जब त्यसको समाधानका उपाय तर्फ बढि जोड दियौ भने अगाडी बढेर आफुलाई त्यो अवस्थामा अब्बल साबित गर्न सबल भइन्छ। #शुभप्रभात #शुभदिनको_कामना🌅🌺☕️🙏
35
35
92
@Jisanmayal
Jisan Mayal
2 months
कतै प्रतिक्षाको घडि महङ्गो भयो भने मलाई पर्खिन नसकेर तिम्रो मन थाक्यो भने ? मेरो मनको डर मेरा आखाँको मौनता तिमीले बुझेर होला मलाई ���ुस्तरि अङ्गाल्दै कहिलेसम्म पर्खिनु पर्छ पर्खिन्छु म चाहे त्यो चिहान मै पुग्नु किन नपरोस बरु जस्तो पठाएको छु उस्तै फर्किनु है ? #शुभबिहानी🌄💐☕️🙏
26
41
94
@Jisanmayal
Jisan Mayal
7 months
जो आशु मेरो आँखाबाट झर्छ, यो कहिल्यै नरोकिने खोला जस्तै हो, जो पिडा मेरो मन भित्र छ, यो एक आँधी जस्तै हो जो म लुकाउन सक्दैन, जो एक्लोपनबाट म भाग्न सक्दैन, यो एक कैदीले जन्मकैदको जेल जिवन काटे जस्तै हो, जो पिडा मेरो आत्मालाई छोएको छ, यो अनियंत्रित समुद्र जस्तै हो! #शुभबिहानी💐☘️🌺
26
33
95
@Jisanmayal
Jisan Mayal
1 year
क्रोधले व्यक्तिलाई ऊ आफुबाट नै टाढा बनाई दिन्छ । मान्छे अरुका कारण आफु रिसाउछ तर भुल्छ अरुका निम्ति ऊ आफु भित्र क्रोध नामक विष संचार गर्छ। फलस्वरुप मान्छेहरु आफुभित्र नकारात्मक कुरालाई हाबी बनाउ छन। आफु भित्र आफुलाई खोजौ प्रेमलाई संचार गरौ। #शुभप्रभात #शुभदिनको_कामना🌅🌺🌺🙏
38
36
91
@Jisanmayal
Jisan Mayal
6 months
झरि पर्दा सम्झन्छु तिमी रुझ्यौ कि भनेर अनि घाम लाग्दा शितल खोज्दै हिडेकी तिम्रो कल्पना गर्छु दुनियाँको नजरले तिमीलाई देख्दैन म मेरै नजरले हेर्छु तिमी जताततै छरिएर बसेकी छ्यौ मेरै वरिपरि जति दिनहरु बित्दै जान्छ तिमीसँग भेट्ने समय नजिकिदै गईरहेको छ जस्तो लाग्छ!! #शुभबिहानी 🌄🌺☕️🙏
32
40
94
@Jisanmayal
Jisan Mayal
1 month
राती निन्द्राको खोजिमा भौतारिने आँखाहरुलाई सफलताको गगन देखाउने सपनाहरू पूरा गर्न मैले नि सकेको त कहाँ छु र आफैँसँग चलेको मनको द्वन्द्वसँग जितेको मैले पनि कहाँ छु र मन रोएको बेला झरेको आँसु पुछ्न त मैले पनि सकेको कहाँ छु र दुख लुकाउन हाँसेको छु कस्ले बुझ्छ र!! #शुभबिहानी🌄💐☕️🌿
20
39
95
@Jisanmayal
Jisan Mayal
5 months
जब आकाश गर्जन्छ, पानीका थोपा भन्दा बढी तिम्रा यादहरु बर्सन्छन्, सम्झनामा बस्.. तिमी र म सँगसँगै रुझेको कल्पना बाहेक अरु केहि छैन, कास्.. तिम्रो काधमा शिर राखी मिठा कुरा गरि बस्थ्यौ, अचेल मन तिम्रो यादमा उस्सै चिसिएको छ, तिम्रो अंगालोको खुब न्यास्रो लागेको छ!! #शुभबिहानी🌄💐🌼🙏
28
35
94
@Jisanmayal
Jisan Mayal
3 years
इच्छाको अगाडि समाज,संस्कार र सम्बन्ध जस्ता कुराहरू गौण भएका हुन्छन। मान्छेहरु चाहना र रहरहरुलाई पूरा गर्न समाजका कयैन पर्खालहरुलाई बेवास्ता गरि रहन्छन् । मान्छेहरुमा सम्बन्धलाई निभाउने इच्छाशक्तिको कमिले सम्बन्ध जर्जर बनेका हुन्छन् । #शुभप्रभात #शुभदिनको_कामना🌅🌹🇳🇵🌺☕️🙏
28
28
88
@Jisanmayal
Jisan Mayal
7 months
आमा हजुरको फुटेका हात चिरिएको कुर्कुच्चा सम्झिन्छु हजुरको आखाँमा 'तँ फर्किदा म रहन्छु कि नाई ' भन्दै हेरेका निरहि आखाहरु सम्झिन्छु रातभर छटपटि हुन्छ म फर्केर आउदासम्म एक मुठ्ठि परान धानेर राख्नु है आएपछि हजुरको अङ्गालोमा धित मरुन्जेल रुनु छ!! #शुभप्रभात  #नयाँ_वर्षको_शुभकामना🎉🌺
28
31
93