Bhimarjun Acharya Profile Banner
Bhimarjun Acharya Profile
Bhimarjun Acharya

@BhimarjunPhD

102,193
Followers
200
Following
114
Media
1,767
Statuses

Constitutionalist/Author/Analyst

Kathmandu
Joined February 2013
Don't wanna be here? Send us removal request.
@BhimarjunPhD
Bhimarjun Acharya
2 years
काठमाण्डौले बालेन्द्र साहलाई जितायो, वीरगंजले राजेशमान सिंहलाई मत दियो। नेवार भनौ, मधेशी भनौ, पहाडी भनौ वा तराईवासी आखिर जनतामा त साम्प्रदायिक सोच रहेनछ त! फेरि किन हामीमाथि साम्प्रदायिक राजनीति? अबको चुनावमा जातजातिको नाममा राजनीति गर्नेलाई पनि बॅाकी नराखौ।
103
291
2K
@BhimarjunPhD
Bhimarjun Acharya
4 years
न्यायलयका बिरूद्धमा सर्वसाधारणले सार्वजनिक रूपमा बिरोध प्रदर्शन गरेको सम्भवत यो पहिलो घटना हो। यो निकै नै गम्भीर विषय हो । न्यायलय जोगाउँन अब पछिल्ला समयमा भएका सबै न्यायाधीश नियुक्तिहरुको निष्पक्ष छानविन गरी पुनः नियुक्तिका लागि आवश्यक कानूनी तथा संवैधानिक प्रवन्ध गरिनु पर्दछ ।
118
378
2K
@BhimarjunPhD
Bhimarjun Acharya
4 years
यही काम सर्वसाधारण कसैले गरेको भए प्रहरीकालागि अपहरण तथा शरीर बन्धकको कसूर बन्थ्यो । शक्ति निर्देशित र सत्ता संरक्षित घटना भएकाले प्रहरीले चासो लिने कुरा भएन। सत्ता उन्माद र शक्ति दुरूपयोगको यो पराकाष्टा हो। अति गरेपछि अनिष्ट हुन सक्छ, समय मै होस पुर्याउँ।
98
446
2K
@BhimarjunPhD
Bhimarjun Acharya
4 years
भारतीय विदश मन्त्रालयको विज्ञप्तिमा नेपालले जारी गरेको नक्साको बिरोध गर्दै भारतको अखण्डता र सार्वभौमिकताको सम्मान गर्न आग्रह गरिएको रहेछ।आखिर नेपाल र नेपालीले वर्षौ देखि भन्दै आएको कुरा पनि त यही हो।उसले हाम्रो अखण्डता र सार्वभौमिकताको सम्मान गरिदियोस। अब हामी दुवै ठीक ठाउँमा छौ।
50
309
2K
@BhimarjunPhD
Bhimarjun Acharya
4 years
पूर्वराजाहरुको तस्वीर अङ्कित नोटलाई प्रतिबन्ध गरी कतै राष्ट्र बैंकले राष्ट्रिय अखण्डताको लडाइँलाई विषयान्तर त गर्न खोजेको होइन?आखिर यस्ता नोटहरुलाई यही समयमा निषेध गर्नु पर्ने टडकारो के थियो? यो पक्का हो यो मुलुकमा एउटा यस्तो तप्का छ जसले कहिल्यै देशको एकता र अखण्डता चाहदैन।
138
294
2K
@BhimarjunPhD
Bhimarjun Acharya
4 years
जेठ ३१ गते संविधान संशोधनको पक्षमा संसदमा मतदान हुँदैछ। सरकार, संसद्, राजनीतिक दल र नागरिक सबैले राष्ट्रको पक्षमा एऊटै मत ब्यक्त गरेका छन।राष्ट्रको लागि यो अत्यन्त सुखद् क्षण हो।तर,त्यसै दिन आन्दोलनको कार्यक्रम पनि रहेको छ।के हामी कम्तीमा एक दिन राष्ट्रको नाउँमा सँगै रहन सक्दैनौ?
106
337
2K
@BhimarjunPhD
Bhimarjun Acharya
4 years
भारतीय सञ्चारमाध्यमहरुले नक्सा सम्बन्धी संविधान संशोधन प्रस्तावबाट नेपाल पछि हट्यो भन्ने समाचार दिएका छन । यता संसद्को आजको कार्यसूचीमा संशोधन एजेण्डा अट्न सकेन। त्यसोभए के उनीहरुले भने जस्तै हो त सरकार?होस् गरौ, यो अवसर गुम्यो भने फेरी अर्को कहिल्यै नआउन सक्छ।
132
333
2K
@BhimarjunPhD
Bhimarjun Acharya
4 years
देशको नक्सा सार्वजनिक गर्न संविधान वाधक रहेको भन्ने परराष्ट्रमन्त्रीको भनाई सुनियो। जुन कुरा सर्वथा गलत हो। देशका लागि नै संविधान लेखिने हुँदा देशको अखण्डता र सार्वभौमिकता रक्षार्थ गरिने कुनै पनि काममा संविधान वाधक हुने भन्ने कुरै रहदैन।
112
361
2K
@BhimarjunPhD
Bhimarjun Acharya
5 years
धनी राष्ट्रको पाहुना आउँदा रातारात हुन सक्ने काम अरू समयमा किन हुन सक्दैन?यो त सरासर जनतालाई नटेरेको कुरा भयो। जनताप्रति कुनै बफादारीता नरहने, जनतालाई टेर्दैनटेर्ने, नागरिकलाई आफ्ना कार्यकर्ता भन्दा फरक नदेख्ने तर विदेशीका अगाडि हातखुट्टा नै पसार्ने शासक कसरी जनताका हुन सक्छन्?
104
391
2K
@BhimarjunPhD
Bhimarjun Acharya
3 years
सिंगो जीवन नै कानून र न्यायकालागि समर्पण गरेका चौरान्नब्बे वर्षका आदरणीय ब्यक्तित्व संविधानको प्रतिरक्षा गर्न अदालतमा उपस्थित भएको कार्यलाई प्रधानमन्त्रीले "बाजेको तमासा" को स॓ज्ञा दिएँ । उपस्थितले ताली बजाए।कल्पना गरौँ हामी कस्तो सरकारको संरक्षणमा छौ? आउने दिनहरु अब कस्ता होलान?
93
312
2K
@BhimarjunPhD
Bhimarjun Acharya
3 years
जर्मनीमा रहेको नेपाली दूतावासको घरजग्गा बिक्री गर्ने भन्ने मन्त्रिपरिषद्को निर्णय सुनियो । राज्यले आफ्नो जमीन बेच्नु पर्ने अवस्था किन सिर्जना भयो? खर्च नपुगेर वा अरू कुनै कारणले?आफ्नो पौरखले जोड्न नसके पनि पुर्खाले जोडेको सम्पत्ति मासि नदिए हुने । यो अलि मन दुख्ने काम भएन र ?
88
228
2K
@BhimarjunPhD
Bhimarjun Acharya
2 years
के गठबन्धन भित्र अर्थमन्त्री बन्न सक्ने क्षमता भएका अरू कोही सांसद जीवित थिएनन ? एउटा व्यक्तिको लाज र अपराध छोपीदिन यो हदसम्मको भद्दा प्रहसन गर्न सरकार र संसदले कसरी सकेको होला? सरकार, संसद र सम्वद्द दललाई गहिरो खेद !
126
249
2K
@BhimarjunPhD
Bhimarjun Acharya
3 years
आधा सयजति राज्यलाई एकिकरण गरी पृथ्वीनारायणले नेपालराज्यको निर्माण गरेका हुन।उनले निर्माण गरेको राज्यमा मन्त्री-प्रधानमन्त्री भएका कतिपयले उनको मानमर्दन गरे पनि एउटा सच्चा नेपालीका लागि उनी सधैंअमर छन।पृथ्वीजयन्तीको उपलक्ष्यमा हामीलाई कसैले लडाउन र फुटाउन नसकोस् भन्ने कामनागर्दछु।
46
181
2K
@BhimarjunPhD
Bhimarjun Acharya
4 years
प्रिय निरूलाई जन्मदिनको धेरैधेरै शुभकामना। उनीसङ्घको उन्नाइस वर्षको सहयात्रा अत्यन्त सफल र सुखद् रहयो।बाँकी जिन्दगी यसरी नै बित्छ भन्नेमा विश्वस्त छु ।जीवनमा धेरै चिजहरू आवश्यक पर्दछन ।तर सुख दुखको एकमात्र साहरा त श्रीमान् श्रीमती मात्रै हो जस्तो लाग्छ।सबै परिवारहरु खुशी रहुन् ।
Tweet media one
263
11
2K
@BhimarjunPhD
Bhimarjun Acharya
3 years
विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनु पूर्व नयाँ सरकार गठनको आब्हान् गर्न सक्ने संवैधानिक ब्यवस्था छैन। राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभए सम्म अर्को सरकार गठनको सिफारिश हुन सक्दैन। नियत नै ७६.३ को प्रधानमन्त्रीले संसद् विघटन गर्न खोजेको जस्तो देखियो।
108
289
2K
@BhimarjunPhD
Bhimarjun Acharya
1 year
संसदीय शासन प्रणालीमा opposition party ले परेको बेला वैकल्पिक सरकार दिन सक्ने र सरकारलाई संसद्प्रति जवाफदेही बनाउन सक्ने सामर्थ राखेको हुन्छ।विश्वासको मतको सरकारी लाईनमा उभिनु उसको संवैधानिक धर्म होइन। कांग्रेसले opposition partyका सबै राजनीतिक,संवैधानिक र नैतिक मूल्य नष्ट गर्यो।
92
207
2K
@BhimarjunPhD
Bhimarjun Acharya
4 years
बेहोस भएपछि अस्पताल जानु भन्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ताको अभिब्यक्ति खेदजनक छ । यो अभिब्यक्ति नागरिक शासनमाथि को बिचलन मात्र नभई राष्ट्रिय तथा अन्तराष्ट्रिय लज्जाको विषय पनि हो। सरकार प्रमुखको जवाफ चाहियो ।
96
222
2K
@BhimarjunPhD
Bhimarjun Acharya
4 years
राष्ट्रिय संकटको समयमा राजनीतिक विवाद निम्त्याउने काम गर्नु उचित होइन।संवैधानिक परिषद्को बैठक सम्वन्धमा जारी गरिएको अध्यादेश संविधान प्रतिकूल छ।राष्ट्रपतिलाई संविधानको संरक्षक मानिएको छ।अरूलाई घरमा थुनेर आफूचाहिँ राजनीतिक खिचातानीमा लाग्नु निकृष्टता हो।राजनीति धेरै नै फोहोर भयो।
59
233
2K
@BhimarjunPhD
Bhimarjun Acharya
4 years
कानून, संविधान र देशको अखण्डता बिरूद्ध बोल्ने अधिकार कुनै पनि सांसदलाई हुन सक्दैन । सदन भित्रको वाक् स्वतन्त्रता आफ्नो देशको अपमान र अर्काको देशको गाथा गाउँनका लागि होइन ।अमर्यादित र कानून बिपरितका कृयाकलापमा सभामुखको रूलिङ आउनु पर्ने हो। देशको पवित्रतामाथि यति सारो मजाक नगरौं ।
73
291
2K
@BhimarjunPhD
Bhimarjun Acharya
4 years
सरकारले संविधानको पालना गर्नु नपर्ने, अदालतको आदेश पनि टेर्नु नपर्ने,जनताको जीउधन र स्वास्थ्यको पनि मतलब गर्नु नपर्ने, तर जनताले सकिनसकि यि र यिनका सबै आसेपासेहरूको तलब सुविधा र चाडपर्व भत्ता समेत बेहोरिदिनु पर्ने।यो कस्तो राज्य व्यवस्था हो?यो कुन समाजबाद हो?अति भयो,अब सबै जागौ।
81
275
2K
@BhimarjunPhD
Bhimarjun Acharya
4 years
यता नक्सा सार्वजनिक गर्ने मन्तब्य संसदमा नसकिँदै उताका सेनापतिको गर्जन आइसकेछ। आदतै बनेको दम्�� र अहङ्कारलाई कोरोनाले पनि केही गर्न सक्दो रहनेछ। हामी लड्नै त नसकौला। लडाइँ राम्रो पनि होइन । तर, हामी स्वाधीन र सार्वभौम छौ भन्ने सन्देशकालागि पनि नक्सा छिटै सार्वजनिक गरिदिएँ हुने ।
73
209
2K
@BhimarjunPhD
Bhimarjun Acharya
2 years
नवदुर्गा भवानीले नेपाल, नेपाली र सबै मानवजातिको रक्षा गरून !
Tweet media one
41
14
2K
@BhimarjunPhD
Bhimarjun Acharya
1 month
न्यूरोड घुम्न निस्कदा थाहा हुन्छ त्यहाॅंका पैदलपथ धेरै नै साॅंघुरा छन।विस्तार गर्दा न्यूरोड सुन्दर हुनेछ र पैदल यात्रुहरूलाई हिड्न सहज हुनेछ।काम जसले गरे पनि महानगरपालिकाको सोंच आफैमा गलत छैन।शहर सुन्दर र बस्न लायक त हुनै पर्छ।राजनीति र काम संगसंगै हिड्न नसक्ने रहेछन,एउटा रोजौं।
63
208
2K
@BhimarjunPhD
Bhimarjun Acharya
5 years
उनले निर्माण गरेको राष्ट्रमा रजाइँ गर्ने लोभीपापीहरुले नसम्झे पनि एउटा सच्चा नेपालीले पृथ्वीनारायण शाहलाई कहिल्यै बिर्सन सक्दैन।नेपाल र नेपालीको पहिचान उनकै देन हो।कहिले कहाँ जन्मेका माओ,माक्स वा यस्तैका दिवसलाई आदर्श मान्ने तर आफ्नै राष्ट्रको दिवसलाई छिछी गर्ने आदत राम्रो होइन।
56
361
1K
@BhimarjunPhD
Bhimarjun Acharya
3 years
हिजो त्यही काम ओली सरकारले गर्दा गलत आज देउवा सरकारले गर्दा ठीक भन्ने हुँदैन । असाधारण र अत्यावश्यकीय अवस्थामा बाहेक अध्यादेशको उपस्थितिलाई संविधानले स्वीकार गर्दैन। अझ जानीजानी संसद्लाई छलेर अध्यादेश ल्याउनु भनेको त संविधानमाथि कै जालसाजी काम हो।
69
189
1K
@BhimarjunPhD
Bhimarjun Acharya
3 years
फेरि बहुराष्ट्रको कुरा आयो। संविधानको सपथ लिएको व्यक्तिले यस्तो कुरा नगरिदिए हुने। देशभक्ति किन यति कमजोर हुँदै गएको?
95
138
1K
@BhimarjunPhD
Bhimarjun Acharya
4 years
सबैको प्रयासबाट नेपालका बारेमा एउटा गतिलो सन्देश अन्तर्राष्ट्रिय जगतमा प्रवाह भएको छ। भारतीय अधिकारीहरुको अभिब्यक्ति हिजो भन्दा आज फरक भएका छन। सास्कृतिक रूपमा रोटीबेटी जेजेको उपमा दिएँ पनि राजनीतिक हिसावमा दुई देश समान छन भन्ने आधारमा नेपाल भारत सम्बन्ध अब अघि बढ्नु पर्छ ।
50
145
1K
@BhimarjunPhD
Bhimarjun Acharya
4 years
निजी विद्यालयहरुले चाहेजति शुल्क उठाउन नपाएँ पछि अनलाईन कक्षा बन्द गर्ने निर्णय गरेछन।यो कस्तो सामाजिक उत्तरदायित्व हो? सबै उर्जावान समय विद्यालयको नाउँमा खर्चेका शिक्षक कर्मचारीहरुलाई उनीहरुकै श्रम पसिनाबाट आर्जन गरेको धनबाट संकटको समयमा केही समय तलव खुवाँउन सकिदैन? कहाँ छसरकार?
118
172
1K
@BhimarjunPhD
Bhimarjun Acharya
4 years
दुई नेताको चोचोमोचो मिलेमा अध्यादेश आवश्यक नै नपर्ने भए हिजो कुन आवश्यकता र अरजेन्सीका लागि यो जारी गरिएको थियो? राष्ट्रपति र प्रधानमन्त्रीले यसको जवाफ दिनु पर्ने कि नपर्ने?संविधान, राज्यका निकाय र जनतामाथि यस्तो मजाक गर्ने अधिकार र सुविधा वहाँहरूले कहाँबाट प्राप्त गर्नु भयो?
48
175
1K
@BhimarjunPhD
Bhimarjun Acharya
4 years
सार्वभौमसत्ता,भौगोलिक अखण्डता र स्वाधीनता संविधानका अपरिवर्तनीय ब्यवस्था हुन।केही सांसदहरुको भौगोलिक अखण्डता बिरूद्धका अभिब्यक्तिले देश र संसद्को अवहेलना भएको छ। सभामुखले त्यस्ता सांसदलाई सचेत गराउन,नसीहत दिन र तीन महिना सम्म कैद सजाय तोक्न सक्दछ।सभामुखको तत्काल ध्यानाकर्षण होस्।
64
247
1K
@BhimarjunPhD
Bhimarjun Acharya
4 years
चीनसँग सम्वन्ध बिग्रिदै गएको अवस्थामा नजिकका छिमेकीहरूको मन जित्ने काम गर्नु पर्नेमा भारतमा नेपाली झण्डा जलाइएको पो समाचार सुन्नु पर्यो। अतिक्रमित भूमि फिर्ता गरेर नेपाल र नेपालीको मन जित्ने अवसर अहिले पनि भारतसँग छ। छिमेकीसँगको सम्वन्ध बिगर्नु भनेको आफ्नै उत्थानका लागि अशुभ हो ।
61
138
1K
@BhimarjunPhD
Bhimarjun Acharya
6 years
संघीयता अत्यन्त महँगो र झन्झटिलो ब्यवस्था हो। गरीबका लागि त यो ब्यवस्था अभिसाप नै हो । भन्दा भन्दै पनि मालिकहरुले यो कुरा सुनेनन्।आज जनताले तिरेको सबै कर प्रशासनिक खर्च र तलब सुविधामै खेर गइरहेको छ ।अझैपनि धेरै बिग्रीसकेको छैन।नसक्ने अबस्थामा गल्ती सच्याउनु पनि बुद्धिमानि हुन्छ।
87
468
1K
@BhimarjunPhD
Bhimarjun Acharya
4 years
एकातिर संशोधनको पक्षमा मतदान गर्ने निर्णय गर्ने अर्कोतिर अस्वीकृत भैसकेको प्रस्ताव बिउँझाएर काङ्ग्रेसले मुख्य मुद्दालाई कमजोर बनाउन खोजेको हो भने काङ्ग्रेसको भविष्य सुखद् हुनेछैन।जहाँसम्म सत्तापक्ष छ उसले नक्सालाई अरू विषयसँग सट्टापट्टा नगरोस् र शीघ्र प्रक्रियालाई मतदानमा लैजाओस।
59
235
1K
@BhimarjunPhD
Bhimarjun Acharya
2 years
कतिपय मुलुकमा देखिएको जस्तो चरम आर्थिक संकट उत्पन्न हुनु पूर्व नै होसियारी अपनाउ।सार्वजनिक खर्च कटौती गरौ। सरकार परिवर्तनसँगै हुने सबै खाले राजनीतिक नियुक्ति खारेज गरौ। प्रदेशको आवश्यकता छैन । यसले उपभोग गरेका सबै अधिकार स्थानीय तहलाई दिउँ । स्वदेशी उत्पादन बढाउ ।
69
181
1K
@BhimarjunPhD
Bhimarjun Acharya
3 years
नेपाल बार काउन्सिलद्वारा मेरो पुस्तक The Concept of Judicial Review लाई सन 2020 को सर्वोत्कृष्ट पुस्तकको पुरस्कार प्राप्त भएको छ। यो अवसरमा सबै साथीहरूमा सानो खुशी र आभार प्रकट गर्दछु ।
Tweet media one
Tweet media two
201
38
1K
@BhimarjunPhD
Bhimarjun Acharya
3 years
फैसलाले न्यायलय अझै स्वतन्त्रत र सक्षम भन्ने कुरा स्थापित गरेको छ। संविधानको पवित्रता जोगिएको छ । स्वेच्छाचारीता पराजीत भएको छ । विश्व मञ्चमा सिंगो देश,कानूनी व्यवस्था, न्यायलय र जनताको शाख उँचो भएको छ। अरू कार्यभार पुनस्थापित संसद र दलहरुले पूरा गर्नु पर्ने अपेक्षा गरिएको छ ।
55
153
1K
@BhimarjunPhD
Bhimarjun Acharya
3 years
प्रधानमन्त्री पदको नियुक्तिका लागि संविधानको धारा उल्लेखन अनिवार्य छ। यति सरल विषयमा विवाद उत्पन्न गराइ फेरि मुलुकलाई विश्व मञ्चमा बदनाम गराइँदैछ। आखिर यस्तो कार्य किन र कसका लागि पटकपटक गरिन्छ?
99
140
1K
@BhimarjunPhD
Bhimarjun Acharya
4 years
मलाई "संघीय गणतान्त्रिक नेपाल" लाई संक्षेपमा "नेपाल" मात्र लेखौ भन्ने सरकारी परिपत्रले संविधानको उलङ्घन गरेजस्तो लाग्दैन। नेपालको ठाउँमा चीन,भारत,सिङ्गापुर वा अरू केही लेखौ भनेको भए आपत्तिको विषय हुन्थ्यो। संघीयता धान्नै नसकेर यस्तो कुरा आएको हो भने त मेरो तर्फबाट स्वागत नै छ।
41
114
1K
@BhimarjunPhD
Bhimarjun Acharya
2 years
उनले निर्माण गरेको राष्ट्रमा रजाइँ गर्नेहरुले नसम्झे पनि एउटा सच्चा नेपालीले पृथ्वीनारायण शाहलाई कहिल्यै बिर्सन सक्दैन।हरेक देशका साँझा सम्पदा हुन्छन्।राष्ट्रिय एकता दिवस हाम्रो यस्तै एउटा सम्पदा हो।यो उपलक्ष्यमा म सबै नेपालीहरु बीचको सम्बन्ध सधैं प्रगाढ रहोस भन्ने कामना गर्दछु।
31
106
1K
@BhimarjunPhD
Bhimarjun Acharya
3 years
सबै विषयहरू अदालतमा प्रवेश गरेका छन्।छिनोफानो होलान् नै।एउटै व्यक्ति संसद्को एउटै कार्यकालमा के सबै धारा अन्तर्गत (हाम्रो सन्दर्भमा धारा ७६.१, ७६.२, ७६.३ र ७६.४) प्रधानमन्त्री बन्न संभव छ?के दुनियाको कुनै संविधान वा अभ्यासमा यस्तो पहिले कहिले भएको छ? यसबारेमा पनि बृहत छलफल होस्।
109
140
1K
@BhimarjunPhD
Bhimarjun Acharya
1 year
यो त कार्यकारी शक्तिको अधिक दुरूपयोग (excessive abuse) र स्वेच्छाचारी काम भयो। सशस्त्र द्वन्द्व एउटा सभ्य समाज र कानूनी राज्यमा कहिल्यै दिवस हुन सक्दैन । अब द्वन्द्व पीडितले न्याय पाउछन भन्ने पनि केही रहेन । यतिबेला सत्ता गठबन्धनका अरू घटकहरू कहॅंा छन, त्यो जान्न मन लाग्यो !
75
187
1K
@BhimarjunPhD
Bhimarjun Acharya
3 years
अफगानिस्तानबाट हामीले धेरै ठूलो पाठ सिक्नु पर्छ । नेपाललाई अफगानिस्तान कै नियतिमा पुर्याउने प्रयास अझैं जारी छ। राष्ट्र अहितमा खुलेयाम काम गर्नेहरुलाई चिनौं र खबरदारी गरौं ।
57
121
1K
@BhimarjunPhD
Bhimarjun Acharya
5 years
आज तराईमा सुरक्षाकर्मीहरु कै घेरा भित्र 'स्वतन्त्र र पृथक मधेश' का नाराहरू घन्काइए । नेपाल राज्यको जन्म भए यता आफ्नै माटोमा नेपालीले यस्तो दृश्य कहिल्यै देखेका थिएनन् । के सरकार र उसको गठबन्धनलाई राष्ट्रमाथि यो हदसम्मको ठट्टा र घात गर्ने अधिकार छ?
51
354
1K
@BhimarjunPhD
Bhimarjun Acharya
4 years
सामुदायिक विद्यालय संक्रमित बस्ने घर नीजि विद्यालयलाई विद्यार्थी भर्ना र शुल्क उठाउने अनुमति;सामुदायिक विद्यालयको शैक्षिक स्तरोन्नती जिम्मेवारी नीजि विद्यालयलाई दिने अर्थमन्त्रीको बजेट;सरकार कम्युनिष्टहरुको;प्रतिपक्ष प्रजातन्त्रवादीको; संविधान समाजवादको।धन्य मेरो देश मेरो सरकार!
38
162
1K
@BhimarjunPhD
Bhimarjun Acharya
4 years
सरकार! एउटा अनुरोध- आखिर जनताले उपचार खर्च लगायत परिआएको सबै आफै ब्यहोर्नु पर्ने तर सरकार आफैले यति थपिए,उति निको भए र यति मरे भन्ने बाहेक जनतालाई घरमा थुने वा बाहिर छाडे पनि थप केही गर्नु पर्ने होइन भने गरिखाने मानिसहरू लाई गरिखान दिउँ।यो राजनीतिले अब काम गर्दैन,यसको अन्त्य गरौ।
54
173
1K
@BhimarjunPhD
Bhimarjun Acharya
4 years
जवाफमा नाकाबन्दी अरू धेरै कुरा हुन सक्लान। परिणाम रूखोसुखो जे रहला, देशको कार्यकारी शक्तिले यतिकाम गर्ने पर्छ । नक्सा सार्वजनिक गरेकोमा सरकारलाई धन्यवाद् । अब यसको आधारमा सम्वाद र अरू प्रकृया अघि बढ्न सक्छ।
44
125
1K
@BhimarjunPhD
Bhimarjun Acharya
4 years
संसद्लाई कुनै थाहा जानकारी नदिई अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद् र राष्ट्रपतिको कदम संविधानको बिरूद्धमा छ। संसद्लाई सरकारले यसरी आफू खुशी उपयोग गर्दै जाने हो भने संसदीय ब्यवस्थाको अवधारणा नै खण्डित हुन जान्छ। संवैधानिक लोकतन्त्रमा सरकार संसद् र संविधान दुवैको अधीनमा बस्नु पर्छ।
68
185
1K
@BhimarjunPhD
Bhimarjun Acharya
4 years
नेपालमा सधैं द्वन्द र अस्थिरताको खेती गर्न चाहने केही स्वदेशी र विदेशी शक्तिलाई ओलीले राम्रै अवसर दिए। तर,उनको जमात यो वास्तविकताबाट पुरै निरपेक्ष छ। मुलुक फेरि ०५९ साल र त्यस पछिको संवैधानिक र राजनीतिक गोलचक्करमा प्रवेश गरेको छ। संयमताका साथ यसलाई ट्रयाकमा ल्याउने कोसिस गरौं ।
52
120
1K
@BhimarjunPhD
Bhimarjun Acharya
3 years
धिक्कार छ !.... अब पदको, संविधानको, लोकको कुनै आदर र कदर बाँकी रहेन।
@PahiloPost
PahiloPost
3 years
राष्ट्रपतिलाई ओलीको 'निर्देशन' : त्यो पर्दैन
80
160
617
109
187
1K
@BhimarjunPhD
Bhimarjun Acharya
5 years
मृत्यु जीवनको एक क्रूर सत्य भएपनि त्यसलाई स्वीकार्न कठिन हुँदो रहेछ। त्यसमा पनि आमालाई गुमाउँदाको पीडा शब्दमा बर्णन गर्न सम्भव छैन। दाङ स्थित आफ्नै निवासमा किरिया कर्मको आज पाँचौ दिनमा छौ। यस दुखत घडीमा साथ दिनु हुने सबै आफन्त तथा साथी- शुभेच्छुकहरू प्रति आभार व्यक्त गर्दछु ।
404
69
1K
@BhimarjunPhD
Bhimarjun Acharya
2 years
प्रतिनिधिसभाको कार्यकाल ५ बर्षको हो।कार्यकाल सकिनु अघि अर्थात मंसिर १० गते भित्र निर्वाचन सम्पन्न भइसक्नु पर्छ।निर्वाचनको मिति घोषणा भएपछि संसद् स्वतः भंग(defunct)हुन्छ।फेरि विघटन गरिराख्नु पर्देन।संसद् नै नरहेपछि सांसद् रहने भन्ने कुरै हुदैंन।स्थापित मान्यताको कदर गरौ,अति नगरौं।
31
150
1K
@BhimarjunPhD
Bhimarjun Acharya
3 years
राष्ट्रपति र प्रधानमन्त्रीले जानीजानी राज्य बिरूद्धको अपराध गरे, तत्काल कारबाही अघि बढोस् : डा. आचार्य
79
140
1K
@BhimarjunPhD
Bhimarjun Acharya
4 years
उनले निर्माण गरेको राष्ट्रमा रजाइँ गर्नेहरुले नसम्झे पनि एउटा सच्चा नेपालीले पृथ्वीनारायण शाहलाई कहिल्यै बिर्सन सक्दैन। राष्ट्रिय एकता दिवस हाम्रो सम्पदा हो।स्वाभिमान बेचिसकेकाहरुका लागि यसको महत्व नहुन सक्छ।यो अबसरमा नेपालीहरुबीचको एकता अझै मजबुत हुदै जाओस् भन्ने कामना गर्दछु ।
29
221
1K
@BhimarjunPhD
Bhimarjun Acharya
2 years
लोकतन्र र निर्वाचनको तागत र सौन्दर्यता यही हो, जुनसुकै समयमा यहॅा हर्कहरू र बालेनहरू उदाउॅन सक्छन। अब आउने निर्वाचनमा पनि खोजीखोजी दास, लम्पट र अक्षमलाई परास्त गरौ, नयॅालाई अवसर दिऊ ।
27
94
1K
@BhimarjunPhD
Bhimarjun Acharya
1 year
कानूनी राज्यमा अदालतको आदेश मान्दैन भन्ने अधिकार कसैलाई हुदैंन।चित्त नबुझे पनि पालना गर्नु पर्ने वाध्यता रहन्छ।तर,अदालतले पनि कानून, संविधान र स्वयं अदालत देशका लागि बनेका हुन।देश अदालत, कानून र संविधानका लागि होइन भन्ने हेक्का राख्नु पर्छ।अदालतका धेरै कामकारवाहीहरू आलोच्य छन।
151
140
1K
@BhimarjunPhD
Bhimarjun Acharya
4 years
अहिलेको परिस्थितिका कारण लोकार्पणको औपचारिक समारोह आयोजना गर्न सकिएन । सामाजिक सञ्जालबाटै आज मेरा दुई ओटा पुस्तक: The Concept of Judicial Review र Constitution and Constitutionalism सार्वजनिक गरेको छु। पैरवी प्रकाशनलाई विशेष धन्यवाद् ।
Tweet media one
121
58
1K
@BhimarjunPhD
Bhimarjun Acharya
4 years
आज जारी गरिएको अध्यादेशले संवैधानिक परिषद्को औचित्य नै समाप्त गरिदिएको छ।यसले राष्ट्रपतिसँगै न्यायलयलाई समेत विवादमा तानेको छ। विधिको शासन कार्यन्वयनद्वारा आत्मसात् गरिने विषय हो। यो कुरा बिर्संदै आइएको छ। आजको घटना संविधान र व्यवस्था कै दीर्घायुका लागि दुर्भाग्यपूर्ण छ।
50
139
1K
@BhimarjunPhD
Bhimarjun Acharya
3 years
हिजोको राष्ट्रपतिको बिज्ञप्ति:"मौजुदा सरकारलाई विश्वासको मत प्राप्त हुने दर्हो राजनीतिक आधार नदेखिएको" । आज प्रधानमन्त्रीको दाबी: १५३ सदस्यहरूको समर्थन छ। देउवाको दाबी: १४९ सदस्यको समर्थन छ। प्रतिनिधि सभा सदस्य संख्या: २७५ मेरो देशको राजनीति !
67
105
1K
@BhimarjunPhD
Bhimarjun Acharya
3 years
प्रेमी-प्रेमिका जिस्के जस्तो गरेर संविधानको अनादर गरि सपथ खुवाउने र सपथ लिने कार्य सामान्य होइन ।
74
198
1K
@BhimarjunPhD
Bhimarjun Acharya
3 years
संसदीय व्यवस्थामा अधिवेशन संसद्को हुन्छ । यसपटक हामी कहाँ राष्ट्रपतिले "प्रधानमन्त्रीको अधिवेशन " आब्हान गरिदिइन् । कर्णाली प्रयोग, गण्डकी प्रयोग, लुम्बिनी प्रयोग अब वैशाख २७ को प्रयोग । यस्तै यस्तै प्रयोगमा मुलुकका सबै जुनी बित्ने भए। धन्य मेरो देश!
53
128
1K
@BhimarjunPhD
Bhimarjun Acharya
4 years
आज साँझ ९ बजे टीकाराम यात्रीसँग AP1 टेलिभिजनको तमसोमा ज्योतिर्गमयमा हुनेछु । फूर्सद मिले सुन्नुहोला ।
71
30
1K
@BhimarjunPhD
Bhimarjun Acharya
2 years
१२ बुँदाको काम वा १२ बुँदे सम्झौता नेपाल र नेपालीलाई त्यति फापेको देखिँदैन।जनताको बिरोध र असहमतिको बेवास्ता गर्दै सरकारले आज फेरि अर्को १२ बुँदे संस्करण प्रारम्भ गर्यो।धन्य सरकार, धन्य संसद!तपाईंहरूले बरू अन्यत्रै गएर राजनीति गरे लाखौ सिधासाधा जनताले शान्तिको सास लिन पाउँथे कि?
35
126
1K
@BhimarjunPhD
Bhimarjun Acharya
4 years
संविधान संशोधन गर्दा संसद्ले तीनटा कुरामा ध्यान देओस्।एउटा, निशान छाप मिलाउने।दोस्रो,नक्सा र सीमाना सम्वन्धी व्यवस्था संविधानमा थप गर्ने।र,तेस्रो अत्यन्त महत्वपूर्ण कुरा यो धारा ४{२] [ख] अन्तर्गत पछि प्राप्त भएको भूभाग नभै संविधान प्रारम्भ हुँदा कै बखतको भएकोले त्यसमा ध्यान दिने।
48
155
1K
@BhimarjunPhD
Bhimarjun Acharya
4 years
धेरैको राष्ट्रवाद पहिले पनि देखिएकै हो। कम्युनिष्टहरुको "अन्तिम" राष्ट्रवाद यसपटक देख्न पाइयो । नागरिक जीवन धन्य भयो । ओली सरकारको जयहोस् ।
38
105
1K
@BhimarjunPhD
Bhimarjun Acharya
4 years
संसारमा कोरोना भाइरसले यति ठूलो महामारीको रूप लिँदा हामी र हाम्रो देश यसरी सुरक्षित रहनुले हामीसँग अरू भन्दा केही फरकपना र तागत छ कि जस्तो लाग्यो । अबका दिनहरु पनि यसरी नै सुरक्षित रहन सकुन् । हाम्रो सजकता कायम रहोस्। हाम्रा रहन सहन, खानपान, धर्म सस्कृति सबैको जयहोस् ।
37
104
1K
@BhimarjunPhD
Bhimarjun Acharya
3 years
प्रधानमन्त्री ओली...आवाज आफै बोल्छ!
142
311
1K
@BhimarjunPhD
Bhimarjun Acharya
4 years
प्रतिनिधि सभाका एक चौथाई सदस्यहरुले अधिवेशनको सुचारुका लागि लिखित रूपमा राष्ट्रपतिलाई अनुरोध गर्न सक्ने संवैधानिक ब्यवस्था छ (धारा ९३[३])। सांसदहरूले यो सुविधाको उपयोग गरी राष्ट्रपतिको चाहनाको परीक्षण गर्न सक्दछन् ।
53
145
1K
@BhimarjunPhD
Bhimarjun Acharya
2 years
ठूला भनिएका दलहरूले नयॅंाहरूलाई एकै घानमा एउटै सटले स्वाहा पारिदिने खतरा बढ्यो। संसद् भित्र पनि धेरै कामहरू छन।मन्त्री नै बन्ने भए कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै सुधारको खांचो छ। कृपया जनमतमाथि घात नगर्नु होला ।
49
60
1K
@BhimarjunPhD
Bhimarjun Acharya
2 years
तपाई हामी सबैले लेखेको, बोलेको, चिच्चाएको कुराले निर्वाचन परिणाममा केही न केही सकारात्मक प्रभाव पारे जस्तो छ । हाम्रो यो स्पीरिटलाई सधैं कायम राखौं। नयॅंाहरूले होस र जोसका साथ काम गर्न सकुन् । सबैमा हार्दिक बधाई तथा शुभकामना !
34
70
1K
@BhimarjunPhD
Bhimarjun Acharya
3 years
भैरहेको संस्थालाई विघटन गरी महामारी र अनिकालको समयमा फेरि त्यही संस्थाको निर्वाचन गरौं भन्ने कुरा सबै दृष्टिकोणले अनुचित, अनैतिक, अराजनीतिक र असंवैधानिक थियो । अब संसद् पुरै कार्यकाल चल्नु पर्छ । सरकार र दलका लागि यो सुध्रिने अवसर हो । सत्ता र शक्तिको उन्माद अब देख्न नपाऊ।
54
109
1K
@BhimarjunPhD
Bhimarjun Acharya
4 years
के शहरमा एकजना मन्त्रीले नयाँ छलाङ मारेकै हुन त?
68
81
1K
@BhimarjunPhD
Bhimarjun Acharya
4 years
सरकारका गलत र बेमौसमी कार्य निन्दनीय छन नै।सरकार कानून, संविधान र जनमत अनुसार चल्नु पर्दछ।स्वेच्छाचारीता लोकतन्त्रमा स्वीकार्य हुनै सक्दैन।तर,यो संकटको समयमा सरकार परिवर्तन गर्ने वा प्रधानमन्त्री फेर्ने कुरा पनि त्यत्तिकै गलत र बेमौसमी हुन्छ।पात्र परिवर��तन मात्रै अब समाधान होइन।
66
141
1K
@BhimarjunPhD
Bhimarjun Acharya
3 years
नेपालमा वैकल्पिक राजनीतिक शक्तिको सधैं वकालत गर्ने उज्वल थापा हामीबीच रहनु भएन। म वहाँ प्रति हार्दिक श्रद्धान्जलि अर्पण गर्दछु । वहाँ सम्लग्न पार्टीले वहाँको सपना साकार पार्न सकोस्, शुभेच्छा व्यक्त गर्दछु ।
53
29
990
@BhimarjunPhD
Bhimarjun Acharya
1 year
आखिर जनमतको अगाडी सत्ता, शक्ति वा गठबन्धन कसैको केही चल्दो रहेनछ नि ! यसको हेक्का सत्तासीनहरू मा सधै रहोस् ! रूपान्तरण हाम्रो वाध्यता र आवश्यक्ता दुबै हो ।
40
121
997
@BhimarjunPhD
Bhimarjun Acharya
4 years
संघीय संसद् अर्थात् प्रतिनिधि सभा वा राष्ट्रिय सभाको एक कार्यकालमा एउटै ब्यक्ति दुई पटक संसद् सदस्य हुन पाउने व्यवस्था संविधानले कहीँकतै गरेको छैन । यो संसदीय अभ्यास पनि होइन । कसको स्वार्थमा पटक पटक असफल भैसकेको ब्यक्तिका लागि सरकारले गैह्र संवैधानिक कसरत गर्दैछ, बुझ्न सकिएन ।
62
118
976
@BhimarjunPhD
Bhimarjun Acharya
1 year
विचार र अभिव्यक्तिको स्वतन्रता हाम्रो संविधानको सबै भन्दा ठूलो प्रत्याभूति हो। यसका केही सिमाहरू छन, तर राज्य संचालनमा बसेकाहरू लाई जस्तोसुकै प्रश्न गर्ने र उनीहरूसंग विमति राख्ने नागरिक स्वतन्रतालाई यो सिमाले कहिल्यै रोक्दैन र छेक्दैन । यो के गरेको सरकार ? दलहरू तिमी कहॅंा छौ?
Tweet media one
84
164
970
@BhimarjunPhD
Bhimarjun Acharya
2 years
साच्चै नै हामी विचित्रकै छौं। निर्वाचन परिणामले केही नयॅंा अनुहार र युवाहरूलाई प्रतिनिधित्व गर्ने अवसर दियो । थोरै संख्यामा भए पनि केही खराबहरू ठाउॅंका ठाउॅं रोकिए । तर, देशलाई संगठितरूपमा लुट्न र दोहन गर्न पल्केकाहरू यो परिणामले अस्थिरता र अराजकता ल्याउने भयो भन्दैछन ।
62
94
967
@BhimarjunPhD
Bhimarjun Acharya
4 years
आफ्ना प्रतिज्ञालाई गफमै उडाउने उनको बानीले गर्दा यसपटक पनि गफै हुन्छ कि भन्ने थियो, उनले आँट गरे। भारतलाई मालिक ठान्ने दुर्बल राजनीतिक मानसिकता हाबी रहेको समयमा उसँग मुख लागेर कुरा गर्नु र जबाफ दिन सक्नु पनि ठूलो कुरा हो। तर, कुरो यति मै नटुङ्गियोस। अन्यथा, झनै बुमराङ हुन सक्छ।
24
79
949
@BhimarjunPhD
Bhimarjun Acharya
1 year
कानून र अदालतको आदेश सबैले मान्नै पर्नेमा कुनै विवाद रहेन । रवि लामिछानेको गृहमन्त्री पद पनि वहॅंालाई अभिशाप बने जस्तो लाग्यो ।
96
30
956
@BhimarjunPhD
Bhimarjun Acharya
5 years
पूर्व राजाको डान्सले गणतन्त्र फेरि संकटमा पर्ने भयो ...
75
75
943
@BhimarjunPhD
Bhimarjun Acharya
2 years
चुनावको घोषणा पश्चात् पनि संसद् र सांसद्लाई क्रियाशील राख्नु असंवैधानिक, अराजनीतिक र लज्जाको काम हो। संविधानको पालना बन्धनकारी छैन भन्ने हो भने त अविश्वासको मत वा अरू कुनै बाहनाबाट यो सरकारलाई फालेर चुनाव अघि अर्को सरकार बनाए भैगो नि !
46
114
944
@BhimarjunPhD
Bhimarjun Acharya
3 years
संविधान त प्रधानमन्त्री र राष्ट्रपतिको निजी डायरी जस्तो बन्न पुग्यो । अब संकटकाल र अरुकालबाट नागरिकका अधिकार र स्वतन्त्रताहरू खोसिने खतरा बढ्यो । स्वतन्त्रता र स्वाधीनताका पक्षपातीहरू एकठाउँमा उभिउ। राष्ट्रपतिको भूमिका सम्पूर्ण रूपले नियोजित र प्रायोजित
80
161
928
@BhimarjunPhD
Bhimarjun Acharya
3 years
ओली-भण्डारीले सदाका लागि मुलुकलाई स्थायी अस्थिरता र स्थायी अराजकतामा लगे।
77
100
919
@BhimarjunPhD
Bhimarjun Acharya
3 years
राप्रपा महाधिवेशन प्रतिनिधिहरूले प्रदर्शन गरेको साहस ठूला भनिएका दलका प्रतिनिधिहरूले पनि देखाउन सक्नु पर्यो । अर्को पुस्ताको असल, इमान्दार र सक्षम व्यक्तिमा नेतृत्व हस्तान्तरण आजको नेपाली राजनीतिको सबै भन्दा ठूलो आवश्यकता हो। राजनीति सुधारको थालनी नेतृत्व परिवर्तनबाटै शुरू गरौं।
26
70
912
@BhimarjunPhD
Bhimarjun Acharya
3 years
देउवा खराब थिए,खराबै रहने पक्का भयो।'परमादेश'सँग न्यायालयका मुख्यले मन्त्री पदको सट्टापट्टा गरेको कुरा आयो।जसरी गरेका हुन, गरेकै देखियो। तर इजलासमा अरू चार जना पनि थिए,उनीहरूले कुनै पदक वा भाग पाएको सुनिएन। के देउवा वा न्यायालयको कुनै एक पात्रको कुकर्मले बाँकी सबै दोषी हुन्छन् ?
97
94
907
@BhimarjunPhD
Bhimarjun Acharya
5 years
नेपाल सरकारले भारतको नयाँ नक्सालाई अमान्य छ भनेर मात्र पुग्दैन । तत्काल सच्चाउन पहल गर्नु पर्दछ । यसकालागि सबै राजनीतिक दलहरुको सहयोग आवश्यक छ । भारतीय कार्य अत्यन्त खेदजनक छ । राष्ट्रको सार्वभौमसत्ता सानो वा ठूलो भन्ने हुदैन । समानताको सिद्धान्तमा आधारित हुन्छ ।
34
192
889
@BhimarjunPhD
Bhimarjun Acharya
3 years
एउटा व्यक्ति र गुटको सत्ताका लागि शक्ति सन्तुलनका लागि बनाइएका निकायहरु आफ्नो दायित्वबाट च्युत हुँदा समग्र राज्य प्रणाली नै तहसनहस हुने अवस्थामा छ।मुलुकको भविष्यका लागि यो अत्यन्त खतरनाक संकेत हो।तरपनि लम्पटहरूको जयजयकार जारी छ। सबैका सन्ततिका लागि देश चाहिन्छ भन्ने हेक्का राखौं।
50
102
882
@BhimarjunPhD
Bhimarjun Acharya
1 year
हत्यालाई राष्ट्रिय दिवसको संज्ञा दिने देशमा सामाजिक नैतिकता र जवाफदेहिता रहने भन्ने कुरै भएन । गंगबु क्षेत्रमा हिजो राज्यविहीनताको अवस्था थियो । अति दुखद् !
@iMaila_Saau
माईला साउ 🇳🇵
1 year
लुटेरा समूहले लोत्से मल तोडफोड गर्नाका साथै त्यहाँ सञ्चालित अर्जुन चालिसेको पसलबाट मोबाइलसमेत चोरी गरेका छन source : mobile group FB
24
42
51
101
183
883
@BhimarjunPhD
Bhimarjun Acharya
6 years
रबी लामिछाने नेपाललाई माया गर्ने नेपाली हुन ।प्रश्न सोध्ने र राज्य व्यवस्थाका खराबीहरूका बारेमा आवाज उठाउने उनको संबैधानिक अधिकार हो । नेपालको सँबिधानले personal liberty को अधिकार ब्यक्ति र नागरिक दुवैलाई प्रदान गरेको छ । Free speech को अधिकारको सम्मान गरौँ ।
45
222
861
@BhimarjunPhD
Bhimarjun Acharya
5 years
आमाको स्वास्थ्य अवस्थाका कारण केही समयका लागि मेरा सबै नियमित कामबाट बिदा लिएको छु । कतिपय पूर्व निर्धारित कार्यक्रमका लागि पनि असमर्थ छु । आमाको शीघ्र स्वास्थ्य लाभका लागि भगवान् श्री पशुपतिनाथ र मेरा सबै साथी-शुभेच्छुकहरूसँग प्राथना गर्दछु ।
154
17
863
@BhimarjunPhD
Bhimarjun Acharya
5 years
प्रधानन्यायाधीशका पछिल्ला कदमहरू सराहनीय छन् । मुख्य ब्यक्ति मात्र पनि इमानमा अड्न सके न्यायलयका धेरै जसो समस्याहरु सजिलै समाधान हुन सक्छन । न्यायलयको एकमात्र अस्त्र बिधि हो । बिधि अनुरूप गरिने प्रधानन्यायाधीशका हरेक कार्य स्तुति योग्य हुनेछन।
17
141
857
@BhimarjunPhD
Bhimarjun Acharya
6 months
प्रधानमन्त्रीज्यू,राष्ट्रलाई दीर्घकाल सम्म गम्भीर असर पार्ने विषयमा कुनै संझौता गर्दा क्याबिनेटका अरू सदस्य,संसद्का प्रतिनिधि,सम्वद्द नागरिकहरूसंग परामर्श गरी निर्णय लिन किन सकिदैन?देशबाट सबथोक प्राप्त गरेका तपाईहरूले देशलाई दिने कुरा त केही रहेन,देशलाई सिध्याउने काम त रोकिदिनुस!
36
139
866
@BhimarjunPhD
Bhimarjun Acharya
3 years
कोरोना सङ्क्रमणले दिनहुँ नयाँ रेकर्ड बनाउँदै छ।भोग्नेले अनुभूत गर्ने कुरा हो स्थिति कति भयावह छ।अस्पतालको शैया नै नपाएर मान्छे मर्नु भनेको साधारण कुरा होइन।मुलुकमा तीन तहका सरकार छन,उपस्थिति खोई?सरकारी संवेदनहीनताले पराकाष्टा नाघ्यो ।यो समय दाउपेचको होइन,जनताको सेवा गर्ने समय हो।
31
106
857
@BhimarjunPhD
Bhimarjun Acharya
4 years
लिपुमा भारतीय हस्तक्षेप र प्रहरीमाथि चिनियाँ नागरिकको रवैया निन्दनीय, आपत्तिजनक र कानूनतः आपराधिक छ। आफ्ना कार्यकर्ताहरु लाई दुताबास घेराए जस्तो वा सडकमा आए जस्तो गराएर होइन कि साच्चै नै हामी सार्वभौम राष्ट्र हौ भन्ने कुरा देखिने र अनुभूत हुने गरी सरकार प्रस्तुत हुनु पर्यो ।
35
129
851
@BhimarjunPhD
Bhimarjun Acharya
5 years
प्रदेश सरकारले सङघीय सरकारको बिरूद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । आखिर सङघीय ब्यवस्था मुद्दै मुद्दा र तनावै तनावको ब्यवस्था हो। मुद्दा मामिलामा रमाउनेहरुकालागि यो ब्यवस्था स्वर्गीय ब्यवस्था हो। यसको क्लाइमेक्स त बाँकी नै छ । सकिन्छ भने जति सक्दो छिटो यसलाई बिदा गरौं ।
61
166
846
@BhimarjunPhD
Bhimarjun Acharya
8 months
शान्तिपूर्वक भेला हुने र बिरोध गर्ने स्वतन्त्रता संविधानले नै ग्यारेण्टी गरेको हक हो।कसैले निषेधित काम गर्छ भने जवाफदेही बनाउन सकिन्छ। तर, प्रहरी घेरामा कसैलाई घरभित्रै बन्धक बनाउनु लोकतन्त्र कै उपहास हो। फेरि तपाईहरू को यो लुटतन्त्र चुनाव सम्म त सुरक्षित नै छ, किन यति अतालिएको ?
53
180
843
@BhimarjunPhD
Bhimarjun Acharya
4 years
काठमाडौं उपत्यका र उपत्यका बाहिर जारी गरिएका निषेध आदेशहरुको आजसम्मको प्रयोगले सङ्क्रमितको संख्या घटाउन कुनै मद्दत गरे जस्तो लागेन । अब फेरि यही परिक्षणलाई निरन्तरता दिने वा अरू विकल्पमा जाने, सरकार गम्भीर हुनु पर्यो ।
42
54
804