जती हुरी चल्नु थियो चली सक्यो
जति मन ढल्नु थियो ढली सक्यो।
अब के नै बाँकी रह्यो र लुकाउन,
जती मन छल्नु थियो छली सक्यो।
धुवा खरानी भनेर भित्र भित्रै,
जती मन बल्नु थियो बली सक्यो।
हेर्दा हेर्दै दन्किएको ज्याला सगै,
जती मन जल्नु थियो जली सक्यो।
सहन गाह्रो हो देखिन्छ एकदिन
पिडा मेरो जस्तै लेखिन्छ एकदिन
रुएर सम्झिने छौ त्यो दिन मलाई
गुलाफ तिम्रो नि टेकिन्छ एकदिन
जिन्दगी जुवा हो रे सुनेको छु मैले
तुरुपको एक्का फेकिन्छ एकदिन
जल्नेछ मुटु तिम्रो ज्वाला सरी स्यानी
छेउमा बसी हात् सेकिन्छ एकदिन
कति दिन्छौ सजाए ए जिन्दगी
धर्तिमा किन आए ए जिन्दगी
ऎनाको तस्वीर मात्रै राम्रो लाग्थ्यो
प्रेम अरु संग लाए ए जिन्दगी
शरीरलाई त आत्माले साथ छोड्छ
त्यसै मन सताए ए जिन्दगी
सास चलेकै छ दिन रात देखेकै छु
किन झन् हरेस् खाए ए जिन्दगी
कहिल्यै नपुग्ने मरेका ती आशा
सपना विउझाए ए जिन्दगी
सजाई मनैमा बसायौ तिमीले
गरी बात मीठा फसायौ तिमीले
बनाएर आफ्नो मनैको दिवाना
खुलाएर सारा हसायौ तिमीले
मिलाएर चाख्ने बनाई ईरादा
पुर्याएर धोका रसायौ तिमीले
छ तिम्रै नयनमा निशाना बनेको
हटाएर पर्दा टसायौ तिमीले
`शिशिर´ याम सारा थियौ घामछायाँ
बनाएर प्यासी धसायौ तिमीले ।।
हो तिम्रो हसिलो मुहारमा छ जिन्दगी
तिम्ले दिने मिठो प्यारमा छ जिन्दगी
यति फरक छ तिमी नेपालमा छेउ प्यारी
मेरो अलि टाढा दोहा कतारमा छ जिन्दगी
डालीबाट चुडेको पात जस्तै छु तिमी बिना
सात समुन्द्र पारी जङ्घारमा छ जिन्दगी
शायद ती मान्छे, केही हतारमा थिए
बाटोमा जो थिए, सबै भारमा थिए
सबै जना ब्यस्त थिए, जोहो जुटाउन
जो केही सुस्त थिए, सरकारमा थिए
केही काममा, केही किताबमा थिए
जती बेरोजगार थिए, प्यारमा थिए
आधा बाटो हिंडेर पाखा लाग्यो उ
उसका सबै दलील किरदारमा थिए
दुई हात दुई खुट्टा घोटिदा मरिन्छ र ?
खिईदै जाला तैपनि कँहा झरिन्छ र ?
सुन्नेहरु भए सुनाउनेले मौका छोप्छन्,
कुरै कुराले क-कसको पेट भरिन्छ र?
मुरि मुरि दु:ख को भकारी भरेर हजुर,
सुखको माना पाथी बाड्ने गरिन्छ र ?
यसरि हेर्यौ तिमिले सिदा नजरले
बेहोसिमा छु मुस्कान दिदा नजरले
कानुनले नि दोसि ठहर गर्न सक्छ
हेरि हेरिकन प्राण लिदा नजरले
हेरिरहु लाग्ने तिम्रा सजल नयन
घात भयो यहाँ निहुरिदा नजरले
जुधाँएर नजर जान्छु भन्यौ मलाई
नचाहेरै दिए मैले बिदा नजरले
थाहा नपाउने गरी कती मर्दछन् भित्र भित्रै
खरानी बन्नलाई सल्किने गर्दछन् भित्र भित्रै
आफु भुँइमा बसेरै भए पनि अरु हरुलाई
उडाउनलाई कतीले हावा भर्दछन् भित्र भित्रै
बादलहरु माथि उक्लेको देखेर हुनु पर्दछ
खोला नाला नदिहरु तल झर्दछन् भित्र भित्रै
पत्थरैको छ दिल रुन्छ कि तै पनि
प्यारको दर्दले छुन्छ कि तै पनि
मनमा मैलो छ रोएर पो हुन्छ के
आँसुको धारले धुन्छ कि तै पनि
यार तिम्रो कुरै सुन्न मान्दैन उ
हुन्छ बिन्ति गरुँ सुन्छ कि तै पनि
बुझ्न त केही कुरा केहि बुझ्दैन उ
भन्दिनु मनमनै गुन्छ कि तै पनि
आमा सम्झी रोउ या बाउ सम्झी रोउ
पिडा सम्झी रोउ य घाउ सम्झी रोउ
आँखा बाट आसुको खोली नै बगिसक्यो
मुल सम्झी रोउ या तलाउ सम्झी रोउ
जन्म घर त निक्कै टाढा पो छ त आमा
बाटो सम्झी रोउ या गाउँ सम्झी रोउ
काट्न त काटेको छ मन निकै दुख्ने गरि
छुरा सम्झी रोउ या दाउ सम्झी रोउ
न रुन मन छ न बेफिक्री हाँस्न सकियो
न मर्न मन छ न दिलखोली बाँच्न सकियो
यो स्वस्थ शरीरमा रोगी मुटुको डेरा छ
न जचाउँन मन छ न आफै जाँच्न सकियो
तिमी - म 'हामी' कहिले सोध्छे.. भनु के?
न तोड्न मन छ न सम्बन्ध गाँस्न सकियो
नबुझ्नेहरू भन्छन् उसले रहरमा गजल लेख्छ
बुझ्नेहरू भन्छन् उसले कहरमा गजल लेख्छ ।
सबैलाई पिउष पिउने भाग्य कहाँ मिल्छ र
साथीहरू भन्छन् उसले जहरमा गजल लेख्छ ।
कति साधना र घोत्ल्याइँमा डुब्नु पर्दो रहेछ
सबै भन्छन् उसले एक प्रहरमा गजल लेख्छ ।
यति सजिलै मान्छे खास , कसरी हराउँछ ?
उनिमा म प्रतीको बिश्वास , कसरी हराउँछ ?
सायद पक्कै केही भएर , हो कि उनिलाइ ।
गरिरहेको यति ठुलो आस , कसरी हराउँछ ?
दुनिया छोडेर मलाइ ,अङ्गाल्न आएकी उनी ।
तिमी मेरै हौ भन्ने आभास , कसरी हराउँछ ?
सुख खोजी जहाँ आएँ त्यही ठाउँ दुख्न थाल्यो
फर्कूँ फर्कूँ लाग्न थाल्यो आज गाउँ दुख्न थाल्यो
झेलिएछ बैँसभरि कदमकदम ठेसहरु
अब झेल्न सकिएन र त घाउ दुख्न थाल्यो
विसङ्गत जिन्दगीमा मन कता तन कता
गाउँघर याद आयो तर पाउ दुख्न थाल्यो
आमा, तिम्रो छोरो आउन्न अब, लासबनी ढलेको छ,
फाट्यो चोलि, बुबाको टोपी,गाह्रो घरको गलेको छ।।
कसुर के नै थियो र मेरो, देश छोड्छु भन्नु बाहेक,
जसलाई पाल्न म जन्छु, उसैको बन्दुक चलेको छ।।
कमाउन होइन जिउँदो फर्किन पनि सकिन साथि,
मेरी आमालाई बुझाईदे, पीरले मन जलेको छ।।
मनकाे रहर भुलाई हिड्दै छु आज भाेलि
आफ्नै शहर जमाई हिड्दै छु आज भोलि
हरपल थियाै बसेकाे मनमा तिमी सँगै म
लाखौं पहर समाई हिड्दै छु आज भाेलि
के भन्न सक्छु मनकाे पीडा सहेर प्रिय
मनकाे कहर बनाई हिड्दै छु आज भाेलि
तिमी रूने म रुने आखिर ठाउँ एउटै हो।
तिमी जाने म जाने आखिर गाउँ एउटै हो।
भन्छौ बाटो अलग भयो गोरोटोमा पुगेपछि,
जसले जता हिंडे पनि टेक्ने पाउ एउटै हो।
आँफै सँग भागेर नि कता जान्छ्यौ कुन्नी,
तिमलाई काट्ने मलाई काट्ने दाउ एउटै हो।
छाेराकाे बाटाे हेर्छिन, आमा छाेराे आएन
सधै खबर ल्याउने काैवाले खबर ल्याएन
बुढी आमा भेट्न पक्का आउँछु भन्थ्याे
खै घर आउने कतै बिदा,छुट्टी नै पाे पाएन
बर्षा लागिसक्यो यसपालि पनि घरकाे
चुहिने थियाे खरकाे छानाे किन छाएन
देखाएर सपना गयौ किन?
आफ्नो बनि पराया भयौ किन?
एकछीनको खुशी अनि आँशु
बनेर हृदयमा रह्यौ किन?
सोध्नु छ निर्दयी ती दैवलाई
दिएर उसलाई लयौ किन?
आँधी हुरीले जस्तै गरी स्यानी
उजाडि वस्ति मेरो बह्यौ किन?
जीन्दगी यो बेकार , मेरो मात्रै हो त ?
बिग्रीएको घरबार , मेरो मात्रै हो त ?
चन्द्रमुखी छन कोहि, सुर्यमुखी कोहि ,
कुरुप यो अनुहार , मेरै मात्र हो त ?
देख्दैछु खुशियाली, चारैतिर छाएको,
उजाड यो संसार , मेरै मात्र हो त ?
समस्या नाचिरहेछ वरिपरि, समाधान देउ भन्दै ।।
समाधान हकार्दै धमास दिन्छ, नआउ छेउ भन्दै ।।
..
म दर्गुछु हातार हतार, समयाको पछि पछि
तर समय बोल्छ चिच्याएर, ढिला गरेउ भन्दै ।।
...
उस्ले पनि लत्याएर, गयो आज फेरी मलाई
टिपी फूलहरु बाँकि रहेका, काँडा लेउ भन्दै ।।
कति दिन्छौ सजाए ए जिन्दगी ।।
धर्तिमा किन आए ए जिन्दगी ।।
ऎनाको तस्वीर मात्रै राम्रो लाग्थ्यो;
प्रेम अरु संग लाए ए जिन्दगी ।।
शरीरलाई त आत्माले साथ छोड्छ;
त्यसै मन सताए ए जिन्दगी ।।
सास चलेकै छ दिन रात देखेकै छु;
किन झन् हरेस् खाए ए जिन्दगी ।।
तिम्रै कुममा मेरो कुम जोड्न पाइयोस
पानी पर्दा एउटै छाता ओढ्न पाइयोस
बाटो भरीका सयौं आँखा छिचोलेर तिमीलाइ
तिम्रै घरको आँगन सम्म छोड्न पाइयोस
सङ्ग सङ्गै बिहानीमा फुलको थाली बोकि हिन्दै
हरेक मन्दिर मुर्तिहरु ढोग्न पाइयोस
यो मौनता यो शुन्यता यो आभास किन छ
कुवा यही छ, पानी यही छ प्यास किन छ
एउटा जीवन बिती सक्यो उनी हाँसेर बोलेको
सँगै हुँदा नि कती न्यास्रो यो बनबास किन छ
ठिकै छ जे छ मन बुझाई दिउला कसै गरी
तर कसरी बुझौँला त्यही मान्छे खास किन छ
नजर नजरमा मेला लाग्न थाल्छ
अचेल बगरमा मेला लाग्न थाल्छ
तिम्रो दर्शनको खातिर तिम्रा श्रदालुको
तिम्रो शहरमा मेला लाग्न थाल्छ
यहाँ कति रहेछन तिम्रा प्यासी मन
वाफ्रे !!घरघरमा मेला लाग्न थाल्छ
तिमि आउने हल्ला सुनिन्छ जब त्याँ
खालि नगरमा मेला लाग्न थाल्छ
मान्छेले यन्त्र होइन यन्त्रले मान्छे चलाउँछ अचेल।
बुढा बुढिको झगडा नि मिडियामा आउँछ अचेल।
हलमा चल्दैन नेपाली चलचित्र राम्रो हुन्न भन्छन्,
त्यहि हलमा विदेशी फिल्म सयौँ सो पाउँछ अचेल।
आफ्नो गोपनीयता एक रत्ति छैन हाम्रो समाजमा,
दिसा पिसाब गरेको पनि समाचार बताउँछ अचेल।
साहित्य छेत्र विभिन्न विधा मन छुन्छ साथी ।
आनन्द हुने हुनाले मन खुसी चुन्छ साथी ।
भावना फुर्दा लेखिन्छ ढिलो नगरी पहिले
कहिले हिज्जे समस्या केही दोष हुन्छ साथी।
जिज्ञासुलाई जान्नेले भनौं नजान्नेले सिकौं
समान रुचि एउटै बाटो कुरा सुन्छ साथी ।
साचो प्रेम गरी तिम्लाई, गल्ती गरे मैले..!!
सोझों मनलाई विश्वास दिलाई, गल्ती गरे मैले..!!
निष्ठुरीको घाॅतले मूटु, जलेकै थ्यो पहीले....,
त्यसै माथी घ्यु-तेल मिलाई, गल्ती गरे मैले..!!
रूखा-रूखा शब्द वाणले, दिलमा ड़्स्दा खेरी..,
विष मार्नलाई अमृत पिलाई, गल्ती गरे मैले..!!
शाशन सत्ता कम्जोर छ जग हल्लाएर हेर
साम्राज्य'नि अन्त्य हुन्छ इतिहास पल्टाएर हेर
दु: ख , कुण्ठाले यदि कोठा गरे जीवनमा
हलुको हुन्छ लोचनको झरीले नुहाएर हेर
मान्छु फोहोर छ दिलको सतह पोखरी झैँ
तिम्रै तस्विर छ हातले पन्छाएर हेर
तिमि घाम भए म शान्त जुन बनौला
शित लहर छल्ने न्यानो ऊन बनौला ।
केही कसै गरी तिम्रो मन दुख्यो भने
पिर भुलाउन सारङ्गिको धुन बनौला ।
यात्रामा तिम्रा पाईला लम्किएका बेला
तिम्रो बाटाेमा म शुभ सगुन बनौला ।
दुखाई देउ मेरो मन केही फरक पर्दैन
तिम्रो गल्तिमा माफ दिई गुण बनौला ।
नाता सम्बन्धहरु जोडिन्छन् तोडिनकै लागि
आउछौ मिल्न किन तिमी बिछोडिनकै लागि
आ-आफ्नै चाह:हुन्छ कँहा कता पुग्ने नपुग्ने
हिंड्ने बाटोहरु फेरिदै गर्छन् मोडिनकै लागी
बढी रहन्छन् माथि ति वृक्षहरु तल नहेरिकन
बन्माराहरु उम्रिरहन्छन् किन गोडिनकै लागी
आखिरमा प्रेम यहाँ व्यापार भएछ
साँचो माया गर्नेको यहाँ हार भएछ
संसारमा मलाई बुझ्नै एउटै थिइन्
दुख यो छ ऊ पनि समझ्दार भएछ
सुन्दरताकी खानी जून झैं मेरी स्यानी
लौ किस्मत पनि झुकि अपार भएछ
हिजो सम्म दिलको राजा तिमी हौ भन्थिन्
आज प्रतिगामीको सरकार भएछ
भन्छ नारी पुरुष हाराहारी छ ।।
त्यसैले दुबै थरी बल्तकारी छ ।।
कानुनले किन महिलालाई सुन्छ;
विचारणिय कुरा खवरदारी छ ।।
यो कलि युग हो भ्रममा न सोच्नु;
भाको छैन विहे कुमार कुमारी छ ।।
विधिको विधाताहरु नै सब उस्तै;
काण्ड मच��चाई राख्ने कर्मचारी छ ।।
न कसैको उदाहरण न मुना न मदन हुनुपर्छ ।
यो मेरो कहानी हो हर हालमा मिलन हुनुपर्छ ।।
यो कुनै मितेरी साईनो हैन तिमी सँग मैले ।
प्रेम गरेको हुँ प्रेम, प्रेममा पागल पन हुनुपर्छ ।।
प्रेम एक युद्धक्षेत्र हो लड्नु पर्छ लड्न परे ।
हत्केलामा जीवन सीरमा कफन हुनुपर्छ ।।
सुरुवात उसको दमदार थियो।।
सफरमा तुफानी,रफ्तार थियो।।
बाधाहरूलाई किनार लगाईरह्यो
नदीलाई सागर,भेट्न हतार थियो।।
सुख साट्नेले दुख किन साट्दैन
मनमनै कुरा,काट्न बेकार थियो।।
प्रदेशमा छोरा थर्थरी काँप्न थाल्यो
घरमा 'बा" मरेको समाचार थियो।।
सायद,समयसँग निकै बफादार थियो।।
प्रेमिले प्रेमिकालाई दिल पेश गर्यो
अनी आफ्नै हुनुपर्ने दलिल पेश गर्यो
मन्त्रिको खर्च सरकारले दिने भएपछी
श्रीमतीको साडीको बिल पेश गर्यो
सक्नेले फेरी सुनको थालि थपेछन्
गरीबलाई समयले मुस्किल पेश गर्यो
गजल बाहेक केही थिएन गजलकार सँग
त्यसैले सम्मानमा महफिल पेश गर्यो
सजाई मनैमा बसायौ तिमीले
गरी बात मीठा फसायौ तिमीले
बनाएर आफ्नो मनैको दिवाना
खुलाएर सारा हसायौ तिमीले
मिलाएर चाख्ने बनाई ईरादा
पुर्याएर धोका रसायौ तिमीले
छ तिम्रै नयनमा निशाना बनेको
हटाएर पर्दा टसायौ तिमीले
`शिशिर´ याम सारा थियौ घामछायाँ
बनाएर प्यासी धसायौ तिमीले
हरामी अय्यासी मजा गर्छ बुझ्नुस
सुधो साधु शूली उपर पर्छ बुझ्नुस
तिघ्रोको अगाडि कसको जोर चल्ला
तिघ्रो सामु निर्घो हजुर मर्छ बुझ्नुस
गरिबले त न्यानो तब पो भेट्छ मित्र
चिता माथि आगो जसै झर्छ बुझ्नुस
पुजारी छ मस्त भिखारी छ अस्त
पत्थर पूज्ने कस्ले गर्ने गर्छ बुझ्नुस
गजल,,,
दुश्मनले घेरा हाले आमा मलाई वारपार बाट
झ्यालबाट आएको खुशी निस्कियो द्वार बाट
अर्काको घरसम्म भाड्छन हेर्नू पैसाका लागि
गरिबको लागि बोल्छन के आश पत्रकार बाट
घमण्ड केलाइ गर्छौ देखावटी धनसम्पतिको
थाछ एकदिन सबै बिदा हुनु पर्छ संसार बाट
अन्धकार भुमरीमा नमज्जाले फसेको छु।
हारेको छुईन अझै पनि थाकेर बसेको छु।
के के तन्त्र आछ देशमा देख्या होइन मैले,
एउटा पेट पाल्न पनि खाडिमा पसेको छु।
जिउदो आईन भने पनि पीर नमान प्रिया,
सबैलाई उठाउँछु भन्थे आँफै खसेको छु।
आज म टन्न पिएर आए।
अब नफर्कने बाचा दिएर आए।।
सङ्गै जिउने सङ्गै मर्ने कसम तोडि।
धुजाधुजा यो मुटु सिएर आए।।
जे थियो त्यो सबै लुटाएर आफै।
आफू आफैमा सम्हाल्लिएर आए।।
उस्को त्यो आवाज सुन्दै नसुनी।
नसाको तालमा उछिट्टिएर आए।।
रातै राम्रो रोदीमा मादल हुँदाखेरी
तिमी राम्री आँखामा गाजल हुँदाखेरी
तिमीलाई यसरी भेट्दा नाँचूँ लाग्छ
बनकी चरी रमाउँछे काफल हुँदाखेरी
मनमा छौ र भेट हुने आशा छ है यस्तो
जस्तो आशा पानीको बादल हुँदाखेरी
एक्लै बोल्छु एक्लै नै हाँस्छु रम्छु म त
मज्जा हुन्छ प्रेममा पागल हुँदाखेरी
नाता सम्बन्धहरु जोडिन्छन् तोडिनकै लागि
आउछौ मिल्न किन तिमी बिछोडिनकै लागि
आ-आफ्नै चाह:हुन्छ कँहा कता पुग्ने नपुग्ने
हिंड्ने बाटोहरु फेरिदै गर्छन् मोडिनकै लागी
बढी रहन्छन् माथि ति वृक्षहरु तल नहेरिकन
बन्माराहरु उम्रिरहन्छन् किन गोडिनकै लागी
आकाशमा अलग अलग सिताराझैं हामीहरु ।।
भएकाछौं नबुझिनै इशाराझैं हामीहरु ।।
....
तिम्रो पनि बाटो उही, मेरो पनि बाटो उही
तर किन नदीका ती किनारझैं हामीहरु ।।
....
आत्मीय छ यति साह्रै सम्बन्ध यो हाम्रो तर
फेरि किन गन्तब्यमा तगाराझैं हामीहरु ।।
कतै मातम कतै मस्ती चलेकै छ
गरिबको झोप्डीमा आगो बलेकै छ ।
निसासेको कसैले म नसोच्नुहोस्
अझै हल्का यहाँ पत्ता हलेकै छ ।
यहाँ फुर्सत कसलाई होला कसको लागि
पीडा बोक्दै हरेक जीवन डुलेकै छ ।
धरातल यहि हो मेरो दबाब छ जिन्दगीको
उद्धत मन मात्र एकल नबाब छ जिन्दगीको
के कति लाई प्रगति मान्दछन् यो दुनियाले
मलाई त केवल अभावै अभाव छ जिन्दगीको
मेरो उद्देश्यले गन्तव्य भेटेको छैन आजसम्म
प्रत्येक वचनको हिसाब र जवाफ छ जिन्दगीको
फूल फुल्याे ओईली झर्याे भमरालाई दाेष किन
जानै थियाे गयाै प्रिया लगाउनु चाहिँ खाेट किन
पर पुगि फर्कि फर्कि कर्के नजर लगाई गयाै
तिम्रै हुँ म मेराे राजा भन्दै चुम्नु पर्ने ओठ किन
बाँच्नु भन्दा मर्नै बेस भन्दै थियौं अरेँ मलाई
जे-जे भयाे मेराे भयाे उस्लाई चाहिँ बाेझ किन
पहिले मरेकाको डर थ्यो, अहिले बाँचेकाको डर छ।
पहिले नेपालमा घर थ्यो, अहिले खै कुन प्रदेशमा पर्छ।
तरुल दुई ढुङ्गाविचमा नकिचिइ रहेको थियो
पहिले सिमाना स्थिर थ्यो, अहिले नेपालतिर सर्छ।
अब सकिन्न भनि हारेपछि मैले बाटो मोडेको हुँ,
तपाईंको पुरा गर्न मैले आफ्नो लक्ष्य तोडेको हुँ।
सहि गलत कति भन्ने थाह पाउनु थियो मलाई,
आफन्त चिन्न मैले अपमानको घुम्टो ओडेको हुँ।
तपाईं शैक्षिक गुणस्तरको कुरा गर्नुहुन्छ महोदय,
मैले स्कुलको फिई तिर्न नसकेर पढ्न छोडेको हुँ।
ठिक छ मेरो हारमा मुस्कुराउछौ भने पनि
म खेलाउन भईसके अब खेलाउछौ भने पनि
आँधीहुरी तूफान धेरै देखे ज़िन्दगीमा
केही हुनेवाला छैन मलाई सताउछौ भने पनि
मलाई मृत्यु देखी कुनै डर छैन अब
यदि तर्साउनलाई तिमी चट्टान पठाऊछौ भने पनि
मनको कुरा खोल्न पाए स्वर्ग तेही हुने थियो।
तिमी सँग बोल्न पाए स्वर्ग तेही हुने थियो।
सिरानीको तिम्रो तस्वीर् नछोई निद आउँदैन।
झनै पाउ मोल्न पाए स्वर्ग तेही हुने थियो।
ईमेलमा जिस्क्याउँदा तिमी आँशु चुहाउँछ्यौ।
साथमानै पिरोल्न पाए स्वर्ग तेही हुने थियो।।
के सम्झाउ कुरा चपाउने लाई
बुझ्दा बुझ्दै बुझ पचाउने लाई
के भनु घरि ��रि सताउने लाई
मै माथिनै दु:ख बिसाउने लाई
किन तर्की हिड्छौ लुकीछिपी
सोध्न मन लाग्यो हराउने लाई
बिश्वासघात भनिन्छ यसलाई
प्रेम रोपेर घृणा फलाउने लाई
अंगालोमा बाध्नेलाई के सम्झु
पछाडिबाट छुरा चलाउने लाई
,,मैले सपनाका दस्तावेजहरु मेटेर आएको थिएँ
तिम्रो अहंमलाई प्रगति बुझि भेटेर आएको थिएँ
ऐश्वर्य अनि सौन्दर्य तिम्रो नियत र नजरमा थियो
म तिमीलाई फुल दिन काँडा टेकेर आएको थिएँ
मेरो अफवाह सुन्नेले म भित्रको स्वरुप बुझ्न चाहेन,
,,यो प्रेम फुल्ने प्रमिल तनलाई रेटेर आएको थिएँ
अन्धकार हटाउने दिप,बाल्ने बन्नु तिमी
निरन्तर प्रगतिका ,पाइला चाल्ने बन्नु तिमी।
छन् बेथिति कुसंस्कार ,उस्तै आज समाजमा
सहासी भई जरैदेखि, टिपी फाल्ने बन्नु तिमी।
सोची अवसर छैन देशमा ,नलागेस् है भीडको पछि
यही माटोमा शीतल छानो ,हाल्ने बन्नु तिमी।
छैन मेरो बसमा म, छैन कोहि कसैको
म न मेरो न तिम्रो ,हुँदैन कोहि कसैको
तिम्रो मर्जीले चल्छ, न रोकिन्छ कोहि
भन्छौ त्यो मेरो तर!हैन कोहि कसैको
स्वयं सँग खुशी नै छैन दिन्छौ कसरी
चोरी लिन मिल्दैन,चैन कोहि कसैको
न हिन्दुले जितेकोछ न मुसलमानले
जित्ने त केवल उहीँ हजुर शैतानले ।
जिउँदो हुदा मज्जा के पेलिइ रहेका छौ
मरेपछि मजा आन्नद देला चिहानले ।
चिल्ला चिल्ला कुरा गर्छन् अघिपछि लागेर
मौका ताकी पछाडि हान्छन् खुब धसानले ।
जो आफुनै विचित्रको छ उ सुन्दर चित्रको कुरा गर्छ
यत्र तत्र नांगिन तयार हुने चरित्रको कुरा गर्छ
क्षमा पुजा लगाई राख्नु पर्दैन सतधर्मको बाटो हिडे
सकरात्मक् शिक्षाले के भो चोरदुला भित्रको कुरा गर्छ
गरेको थिँए कुनै दिन प्रस्ताव भुलिछौ क्यारे ।।
बिर्सेर कि नजानेर दिन जवाफ भुलिछौ क्यारे ।।
मलाइ काँडाले घोच्दा दुख्थ्यो तिम्लाइ पनि ।
तिम्रै लागि चुँडेको त्यो गुलाफ भुलिछौ क्यारे ।।
अझै पनि उपहार दिन तयार भइ रह्यो यो मन ।
मैले पुर्याइदेका तिम्रा अभाव भुलिछौ क्यारे ।।
सङ्गीहरुको हुलमै हुदा मलाई उस्ले डाकेपछि
के गरुँ म रातो गुलाफ मेरै सामु राखेपछि
उम्कनलाई प्रयास मैले नगरेको होईन
कति गरुँ अस्वीकार गर्दा गर्दै थाकेपछि
उसका पछि लाग्ने पनि थिए होलान कति कति
गल्दै गएँ नजरबाणले मलाई मात्र ताकेपछि
शुभ दिन रात शुभ साँझ बिहान बनाउनु पर्छ
आँफैले आआफ्नो मान सम्मान बनाउनु पर्छ
नरभक्षीहरु सबैको एकै चिहान बनाउनु पर्छ
मान्छेहरु मार्न नपाउने संबिधान बनाउनु पर्छ
नलत्रने नअल्झिने नझुक्ने सधैं अटल रहने
हो! चन्द्र सुर्यको जङ्गी निशान बनाउनु पर्छ
नदेखिएको स्वर्ग पुग्न हिंडेका यात्रिहरु
देखिएको नर्कमै अलपत्र पर्दछन् भित्र भित्रै
जहर वा अमृत जे पिलाउ तिमीले मलाई
पीईदिन्छु तर असरहरु त सर्दछ्न भित्र भित्रै
गुलाबको फूल भित्र माया दिउला नि
आज गर्ने कबुल भित्र माया दिउला नि
मन अनि मुटु भरी तिम्रै नाम लेखी
मैले टाङ्ने तुल भित्र माया दिउला नि
केही पनि नलुकाई आज तिमीलाई नै
करोडौको हुल भित्र माया दिउला नि
चोखो तिम्रो माया पाउदा आफै बगिदिने
आँशुको यो मुल भित्र माया दिउला नि
उनको नजरले यो दिलमा घात हुनु पर्दछ
दिनको दश पल्ट फोनमा बात हुनु पर्दछ ।
जाल झेल छलछाम जस्तो चलोस् तर पनि
जिन्दगीमा उनको मेरो एक साथ हुनु पर्दछ ।
उनले इच्छा गरे तारा झारी दिउला बरु हजुर
तर सधै उनको लात मल्ने मेरो हात हुनु पर्दछ ।
गजल,चारु,राग,बिराग जेजे भने पनि भनिदेऊ
आखिर शब्दहरुकाे राम्रो मिलाप गरि बाँधिदेऊ
शेरमा काफिया,मतला मलाई के ? थाह हजुर
मेराे सृजना हाे तिम्राे मनमा गजल सम्झिदेऊ
बहर के हाे ? छन्द के हाे सुनाई दिनु पर्ने भयाे
साहित्यकाे अग्रजलाई ,यहीँ सन्देश लगिदेऊ
दु:खी रहन्छ घाउ कता कता जिन्दगीको
बूझ्नै सकिएन किन यथार्तता जिन्दगिको
नबगे पछी उमंगको लहर उता जिन्दगीको
परिबेश बनेको छ बगर यता जिन्दगीको
कथा भित्रको ब्यथा जस्तो पन्नामै सिमित
कस्ले बुझ्छ कस्को बिबशता जिन्दगीको
के यस्तो पठायौ शहरमा
राखेन कसैले नजरमा
नझुक्ने म पनि उस्तै हो
के दिउ नयाँ यो खबरमा
फूल हो नफूली जाँदैन
राखेता पनि यो बगरमा
उस्लाई गर्दै छौ के प्रश्न
नबोल्ने म नै हो उत्तरमा
राखेर जानु भो ठीकै छ
हजुरले यो कुरा कदरमा
गर्छु म कामना खुसीको
फर्किनु हजुरले सफरमा
जब मुटु कसैको घर बन्छ ।
भएको खुसि झन् दोब्बर बन्छ ।
काँडा टेकेर कतै फूल टेकेर
हिँड्नु पर्ने पनि सफर बन्छ ।
सोच्छु घर चलाउन गाह्रो छ
यो छोरा कसरी डाक्टर बन्छ ।
लगेर राख्नु मंन्दिर भित्र
बाटोको ढुंगा इश्वर बन्छ
अन्तिम पल्ट ब्यावहार हेर्नुछ
मान्छे बन्छ या बाँदर बन्छ ।
जीवनलाई ऊर्जा दिन्छ र त प्रेम जरुरी लाग्छ।
तहसनहस पारेर छाड्छ अनि घृणा हुरी लाग्छ।
हुँदैन कुनै जोस जागर अनि उत्साह हौसला नि
तिल जत्रो किन नहोस् दुःख चाहिँ मुरी लाग्छ।
बाड्दा दोब्बर खुसी साथै दुःख आधा भनिन्छ नै
मन्त्रमुग्ध पार्ने धुनझैं बोली वचन बाँसुरी लाग्छ।
देखाई बाटो मिलेर अघि बढौं मिलिजुली
अक्षर शब्द वाक्य र माला राम्रो बुन्छ साथी।
रचना राम्रो पढेर बस्छु प्रफुल्ल भएर
यथार्थ लाग्ने भनाइ कति छिटो रुन्छ साथी ।
दुई हात दुई खुट्टा घोटिदा मरिन्छ र ?
खिईदै जाला तैपनि कँहा झरिन्छ र ?
सुन्नेहरु भए सुनाउनेले मौका छोप्छन्,
कुरै कुराले क-कसको पेट भरिन्छ र?
मुरि मुरि दु:ख को भकारी भरेर हजुर,
सुखको माना पाथी बाड्ने गरिन्छ र ?
सुखि मात्र देख्छ सरकार, जनताहरू पीरमा हुन्छ
शाकहरुको बास दरबार, जन्ता ओडार भीरमा हुन्छ
पवित्र त्यो गंगा पनि अधुरो, र अपूर्णौ होला अन्यथा,
पानी केवल बगिरहन्छ, अस्तित्व चाहिँ तिरमा हुन्छ
कहिले सरकार कहिले सडक, टुंगो छैन आफ्नै त,
लोकतान्त्रिक सरकार त, पहाड जस्तै थिरमा हुन्छ
छत्ति र पिठ्यु दुबै तिर छुरा प्रहार भएको छ
अगाडि ,पछाडि बाट बारम्बार भएको छ
खत्तम बर्बाद छ त्यसैले तिरस्कार भएको छ
बाहिर सुन्न मात्र दमदार खबरदार भएको छ
म ब्यापारी हुँ किन्छौ ? मन बेचिदिन्छु ।
नाफा हुने भए झन जीवन बेचिदिन्छु ।।
प्रेमिल आँखाले जब माया किन्न सक्दैन ।
तर म भने क्षितिज र गगन बेचिदिन्छु ।।
तिमी त काटेको घाउलाई मल्हम किन्छौ ।
म मन निको पार्ने धड्कन बेचिदिन्छु ।।
थोपा2 गरेर भरिएको तलाउ बिर्सन्छ मान्छे ।
पैसा महंगो भा'को हो या मान्छे भा'को सस्तो
पहिले अमर शहीद बन्थ्यो, अहिले बिनाकारण मर्छ।
बन जंगल फडानी भो, जीवजन्तु बसाई सरे
पहिले बाघ भालु डुल्थे,अहिले त्यहाँ बाख्रा चर्छ
दिन दाहाडै सडकमा निर्दोष विचरा कुटिँदा
पहिले मद्दत गर्न जान्थे, अहिले भाग्नुपर्ने कर छ
कमिलाको ताँतिबाट पनि केहि सिक्नुपर्छ
अन्धकार रातीबाट पनि केहि सिक्नुपर्छ
किन सोच्नुहुन्छ तपाँई आफै मात्र बुझकार
अलिकति साथीबाट पनिकेहि सिक्नुपर्छ
सबै हुन्न् पक्कै सफल प्रेम गर्दा पनि
बिश्वासको घातिबाट पनिकेहि सिक्नुपर्छ
धोका खाएर पनि अझै प्यार गरेको छ
लाग्छ जिन्दगीले झन्झट बेकार गरेको छ
बाटो हेर्दै टोलाउदै छन् परेली आजभोलि
फर्किदैन थाहा छ मनले इन्तजार गरेको छ
बिर्सन खोज्छु अन-आसै सताइ रहन्छ
यादले पनि मनमा ठुलो भ्रष्टाचार गरेको छ